Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

दातृ निकाय नेपाललाई क्रिडास्थल बनाउन चाहन्छन

काठमाडौं, नेपाल सरकारका मुख्यसचिव लिलामणी पौडेलले विदेशी दातृ निकायहरु नेपाललाई क्रिडास्थल बनाउन प्रत्यक्ष लगानी गर्न चाहने गरेको बताएका छन् । शनिबार खबर डबलीसँग कुरा गर्दै पौडेलले अमेरिका, जापान, नर्वे, बेलायत, चीन तथा भारत नेपाललाई आफ्नो सुरक्षीत क्रिडास्थल बनाउन नेपाल सरकार मार्फत लगानी भित्राउनुको सट्टा गैरसरकारी संस्था मार्फत लगानी भित्राउँन चाहने गरेको बताए । ‘यो त स्पष्ट नै छ नी, विभिन्न दातृ निकायहरु नेपाललाई क्रिडास्थल बनाउन आफ्नो लगानी नेपाल सरकार मार्फत नभएर एनजीओ मार्फत जान चाहन्छन् ।’– पौडलेले भने । लामो समयदेखि नेपाल सरकार दातृ निकायको लगानी राज्यको निगरानीमा भित्राउनु पर्ने बताइ रहेको छ भने अन्य गैरसरकारी संस्था तथा विचौलियाहरु विकास जस्तो काममा सरकारले हस्तक्षेप गर्न नहुने बताउँदै आएका छन् । विभिन्न मुलुक आफ्नो सुरक्षीत क्रिडास्थल निर्माणमा एनजीओलाई कसरी प्रयोग गर्छन त ? भन्ने प्रश्नमा उनले भने– ‘यो यति सजिलो हुदैन तर यसको मुल कुरा चाहीँ, राज्यलाई किन्न सजिलो हुदैन तर एनजीओ मार्फत मानिसहरुलाई किन्न र काम गराउन सहज हुन्छ । राज्यका आफ्ना नेसनल इन्ट्रेस्टहरु हुन्छन तर व्यक्तिका व्यक्तिगत इन्टे«स्ट हुन्छन् ।’ पौडलेले नेपाल सरकार आफ्नो अडानमा टिक्न नसकेका कारण यस्तो हुन गएको बताउँछन् । उनले भारतले पनि विकासको नाममा प्रत्यक्ष लगानी गरी आफ्नो स्वार्थ पुर्ति गरी रहेको समेत बताए । ‘भारतले पनि वेलफेयरको काम भन्दै एनजीओ मार्फत नेपालमा लगानी गरी रहेको छ तर, त्यसको अनुगमन गर्ने निकाय नै छैन जसको प्रत्यक्ष फाइदा उसले आफ्नो स्वार्थपूर्तिमा गरी रहेको छ ।’– पौडेलको कथन थियो । उनले चीन जस्तो मुलुकले सरकार मार्फत विकासका तथा अन्य काम अघि बढाउने गरेकोमा हालका दिनहरुमा त्यसमा पनि फेरबदल देखा परेको बताए । ‘अहिले चीन समेत एनजीओ मार्फत आफ्नो काम अघि बढाउँन खोज्दैछ ।’– उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: