फाल्गुन ३० गते, २०७१ शनिवार 14th March, 2015 Sat१४:४६:०५ मा प्रकाशित
काठमाडौं, नेपाल सरकारका मुख्यसचिव लिलामणी पौडेलले विदेशी दातृ निकायहरु नेपाललाई क्रिडास्थल बनाउन प्रत्यक्ष लगानी गर्न चाहने गरेको बताएका छन् ।
शनिबार खबर डबलीसँग कुरा गर्दै पौडेलले अमेरिका, जापान, नर्वे, बेलायत, चीन तथा भारत नेपाललाई आफ्नो सुरक्षीत क्रिडास्थल बनाउन नेपाल सरकार मार्फत लगानी भित्राउनुको सट्टा गैरसरकारी संस्था मार्फत लगानी भित्राउँन चाहने गरेको बताए ।
‘यो त स्पष्ट नै छ नी, विभिन्न दातृ निकायहरु नेपाललाई क्रिडास्थल बनाउन आफ्नो लगानी नेपाल सरकार मार्फत नभएर एनजीओ मार्फत जान चाहन्छन् ।’– पौडलेले भने ।
लामो समयदेखि नेपाल सरकार दातृ निकायको लगानी राज्यको निगरानीमा भित्राउनु पर्ने बताइ रहेको छ भने अन्य गैरसरकारी संस्था तथा विचौलियाहरु विकास जस्तो काममा सरकारले हस्तक्षेप गर्न नहुने बताउँदै आएका छन् ।
विभिन्न मुलुक आफ्नो सुरक्षीत क्रिडास्थल निर्माणमा एनजीओलाई कसरी प्रयोग गर्छन त ? भन्ने प्रश्नमा उनले भने– ‘यो यति सजिलो हुदैन तर यसको मुल कुरा चाहीँ, राज्यलाई किन्न सजिलो हुदैन तर एनजीओ मार्फत मानिसहरुलाई किन्न र काम गराउन सहज हुन्छ । राज्यका आफ्ना नेसनल इन्ट्रेस्टहरु हुन्छन तर व्यक्तिका व्यक्तिगत इन्टे«स्ट हुन्छन् ।’
पौडलेले नेपाल सरकार आफ्नो अडानमा टिक्न नसकेका कारण यस्तो हुन गएको बताउँछन् । उनले भारतले पनि विकासको नाममा प्रत्यक्ष लगानी गरी आफ्नो स्वार्थ पुर्ति गरी रहेको समेत बताए ।
‘भारतले पनि वेलफेयरको काम भन्दै एनजीओ मार्फत नेपालमा लगानी गरी रहेको छ तर, त्यसको अनुगमन गर्ने निकाय नै छैन जसको प्रत्यक्ष फाइदा उसले आफ्नो स्वार्थपूर्तिमा गरी रहेको छ ।’– पौडेलको कथन थियो ।
उनले चीन जस्तो मुलुकले सरकार मार्फत विकासका तथा अन्य काम अघि बढाउने गरेकोमा हालका दिनहरुमा त्यसमा पनि फेरबदल देखा परेको बताए । ‘अहिले चीन समेत एनजीओ मार्फत आफ्नो काम अघि बढाउँन खोज्दैछ ।’– उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: