Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

‘पत्नी हिंसाविरोधी’ अभियानका पतिको बयान

एजेन्सी, सामान्य पारिवारिक घरझगडामा एक महिलाले आफ्ना पतिमाथि उम्लिँदै गरेको पानी खन्याइदिइन् । पति नराम्रोगरी घाइते भए, त्यसपछि ‘घरेलु हिंसाको शिकार भएका पुरुषहरुको पक्षमा’ उनले आवाज उठाउने निधो गरे । पतिमाथि पानी खन्याउने यो घटना इङ्ग्ल्याण्डको पीटरब्रा सहरमा गतवर्ष मार्चमा भएको हो, जसमा ६५ वर्षका केन ग्रेगरी गम्भीर घाइते भएका थिए । त्यस घटनाले उनलाई घरेलु हिंसाबाट पीडित पुरुषहरुका घटना सार्वजनिक गर्न तथा त्यसका विरुद्ध उनीहरुको स्वर मुखरित गर्न प्रेरणा प्राप्त भयो । ग्रेगरी भन्छन्– ‘कुनै महिलाले कुनै पुरुषमाथि हमला गर्छे भने यस्तो होइन कि उसले आफूलाई अममानित महशुस गरेकी छ ।’ हाल ग्रेगरीले आफुमाथि भएको हमलाका विरुद्ध न्यायालयमा दिएको रिटका कारण उनकी पुर्व पत्नी टेरेसाले उनलाई जरिमाना तिर्नु प¥यो भने दुबैले त्यसपछि छोडपत्र गरे । उनीहरु दुवैको भेट सात बर्ष अघि भएको थियो । त्यसबेला ग्रेगरीकी प्रथम श्रीमतीको मृत्यु भैसकेको थियो । ग्रेगरीमाथी जुन दिन तातो पानी खन्याइयो त्यस दिन उनी प्रथम श्रीमतीको चिहानमा फुल चढाउँन जाँदै थिए र संयोगले त्यसै दिन उनकी दोस्री श्रीमतीको जन्मदिन थियो । दोस्री श्रीमतीले घर बस्न भन्ने तथा उनले एक पटक फुल चढाउन जाने भन्ने विषयमा कुरा नमिले पछि उनकी दोस्री श्रीमती टेरेसाले उनीमाथि तातो पानी खन्याएकी थिइन । पुरानो घटना सम्झिदै ग्रेगरी भन्छन्– ‘मैले त्यस दिन खप्नै नसक्ने दुखाईको अनुभूति गरे किनकी मैले त्यस अघि त्यस्तो कहिलै पनि बेहोरेको थिइन ।’ उलने त्यस घटनापछि आफुमाथि भएको घरेलु हिंसाका बारे सवैलाई भन्ने निधो गरे किनकी यसबाट अन्य लुकेर बसेका घटनाहरु पनि सार्वजनिक गर्न सजिलो हुन्थ्यो । उनले भने– ‘एउटा सामान्य धारणा छ, उमेर पुगेका पाका पुरुषहरु माथि घरेलु हिंसा हुदैन भन्ने तर, आम मानिसहरु जसरी महिलाहरुको विषयमा सोच्ने गर्दछन त्यसै गरी पुरुषहरुका विषयमा पनि सोचिनु पर्छ ।’ त्यस घटना देखि आजपर्यान्त ग्रेगरीले त्यस्ता सबै पुरुषहरुको स्वरलाई मुखरित गर्न तर्फ लागे जो पत्नीहरुबाट पीडित थिए । - बीबीसीबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies