Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

पर्यटनका लागि सकसपूर्ण वर्ष २०७२

\"nepal_trekking\"काठमाडौं । मुलुकको अर्थतन्त्रको मूल आधार मानिने पर्यटन क्षेत्र २०७२ का लागि सकसपूर्ण बन्यो । गत वैशाख १२ को ‘गोरखा भूकम्प’ र असोजमा संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका कारण मुलुकको पर्यटन क्षेत्र थला प¥यो । आर्थिक समृद्धिको दरिलो आधार पर्यटन क्षेत्रको दयनीय अवस्थाले समग्र व्यवसायी मात्र नभई देशलाई नै असर पुग्यो । साहसिक पर्यटन पर्वतारोहण र पदयात्रा पर्यटनका लागि उपयुक्त मौसम मानिने वसन्त ऋतुको आवागमनसँगै प्राकृतिक विपत्तिलगायतले पर्यटन उद्योगलाई नराम्रो धक्का लाग्यो । प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक सम्पदाको अनुपम विविधताले भरिपूर्ण नेपाल पर्यटनका लागि विश्वमा आकर्षण मानिन्छ । साहसिक पर्यटन पर्वतारोहण र पदयात्रा तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्न उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । भूकम्पले सर्वोच्च शिखर सगरमाथासहित सम्पूर्ण हिमालको आरोहण रोकियो भने, मनास्लु,अन्नपुर्णलगायतका पदमार्गहरु पनि अवरुद्ध हुन पुगे । पर्यटन क्षेत्रबाट सबैभन्दा बढी राजस्व उठ्ने पर्वतारोहण नै रोकिएपछि अन्य पर्यटकीय गतिविधि पनि कमजोर बन्दै गयो । पर्वतारोहण अवरुद्धले राज्यले करोडौँ राजस्व गुमायो । भूकम्पको त्रास ताजै रहेका बेला संविधान निर्माणप्रति असहमति जनाउँदै भारतले गरेको अघोषित नाकाबन्दीले झनै पर्यटन क्षेत्र चौपट हुन पुग्यो । नाकाबन्दीले पर्यटन व्यवसायलाई मात्र नभई देशको समग्र अर्थतन्त्रलाई नै जाममा पा¥यो । त्यसो त, अघिल्लो वर्ष ९२०७१० पनि सगरमाथाको आधार शिविरमा आएको हिम पहिरो र ‘हुदहुद’ सामुद्रीक आँधीका कारण विश्व चर्चित पदमार्ग राउण्ड अन्नपूर्णमा भौतिक तथा मानवीय क्षति पुग्यो । जसका कारण मुलुकको पर्यटनले ठूलो क्षति बेहोर्नु प¥यो । ती दुवै घटनामा धेरै पर्यटक तथा पदयात्रीको मृत्यु भएको थियो । यद्यपि भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटनमा वर्षको उत्तरार्धमा सकारात्मक सङ्केत देखा परेको छ । पछिल्लो पटक बेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेबिड ९ह्यारी० को नेपाल भ्रमणले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ । भूकम्पपछि नेपालबारे विश्वभर फैलिएको भ्रम चिर्न ह्यारीको भ्रमणबाट सकारात्मक सन्देश प्रवाह भएको छ । पर्यटकको चहलपहल बाक्लिएको छ । उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक यतिखेर नेपालका पर्यटकीय गन्तव्यमा छन् । ती गन्तव्यका होटलको अकुपेन्सी बढेको छ । सरकारले अघिल्लो वर्ष सगरमाथालगायतका हिमाल आरोहणका लागि अनुमति लिइ आरोहण गर्न नपाएका आरोहीका लागि आगामी दुई वर्ष सम्म पुनं आरोहण गर्न दिने निर्णयले पनि पर्यटनमा सकारात्मक प्रभाव परेको छ । अहिले ठूलो सङ्ख्यामा विभिन्न मुलुकका आरोहीहरु नेपाल आउने क्रममा छन् । अर्कोतर्फ विश्वमै सबैभन्दा बढी पर्यटक पठाउने मुलुक चीनबाट पर्यटक आकर्षण गर्न सरकारले जनवरी १ देखि सुरु गरेको निःशुल्क प्रवेशाज्ञाको प्रावधानले पनि चिनियाँ पर्यटक बढाउन भूमिका खेलिरहेको छ । संयुक्त राष्ट्रसङ्घीय पर्यटन सङ्घका अनुसार एक करोड २० लाख चिनियाँ पर्यटक विश्वमा पुग्ने गरेका छन् । त्यसको केही प्रतिशत मात्र नेपाल भित्र्याउन सके नेपालको पर्यटनले उचाइ लिने निश्चित छ । त्यसैले मित्रराष्ट्र चीन, भारतलगायत अन्य मुलुबाट बढी पर्यटक आकर्षण गर्न सरकारले विशेष पर्यटकीय प्याकेज तथा पूर्वाधार विकासमा जोड दिन जरुरी छ । नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१३ मा सात लाख ९७ हजार ६१६ र सन् २०१४ मा सात लाख ९० हजार ११८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अध्यागमन विभागको विवरणअनुसार सन् २०१५ मा अघिल्लो सन् २०१३ र २०१४ को तुलनामा २९।७ प्रतिशतले गिरावट आई जम्मा पाँच लाख ५४ हजार ७४७ विदेशी पर्यटकले नेपाल भ्रमया गरेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies