Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

विप्लव माओवादीनिकट कर्मचारी आन्दोलनमा

काठमाडौँ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट राष्ट्रिय कर्मचारी महासङ्घ आन्दोनलमा उत्रने भएको छ । राजधानीमा हालै सम्पन्न महासङ्घको प्रथम राष्ट्रिय भेलाले लिएका निर्णय सार्वजननिक गर्न शनिबार संवाद डबलीमा आयोजित आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो । डीभी र पीआर तथा विदेशी नागरिकता स्वीकार गर्ने कर्मचारीविरूद्ध आन्दोलन गर्ने महासंघले जनाएको छ । पत्रकार सम्मेलनमा महासंघका नवनिर्वाचित अध्यक्ष महादीप पोखरेलले कर्मचारीतन्त्रमा देखापरेका भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, चाकडी, दाललीजस्ता विकृति र विसंगतिका विरूद्ध भण्डाफोर अभियान चलाउने उल्लेख गर्दै महासंघले सर्वसुलभ, गुणस्तरीय र प्रभवकारी जनसेवा प्रवाह गर्न संगठन परिचालन गर्नेे बताए । ‘कर्मचारीतन्त्रभित्रको सामन्ती शैली, यथास्थितिवादी सोच, चिन्तन र प्रवृत्तिका विरूद्ध संघर्ष गर्दै प्रशासन संयन्त्रमा आमूल परिवर्तन गर्न अभियानात्मक कार्यक्रम गर्दै जानेछौं’– अध्यक्ष पोखरेलले भने । कार्यक्रममा बोल्दै महासंघका महासचिव गोपालसिंह धामीले व्यापारीकरण, निजीकरण, कालोबजारी र तस्करीजस्ता छद्म राष्ट्रघाती र जनघाती निर्णयका विरूद्ध आन्दोलन गर्ने बताए । त्यस्ता राष्ट्रघाती र जनविरोधी निर्णय नगर्न कर्मचारीमा दबाब सिर्जना गरिने समेत उनले उल्लेख गरे । विदेशी राष्ट्रसँग गरिने सन्धि–सम्झौतामा सहभागी हुने उच्चस्तरका कर्मचारीलाई नेपाली राष्ट्रियतालाई ध्यानमा राख्न आह्वान गर्ने र राष्ट्रहितविरोधी गतिविधिमा संलग्न कर्मचारीको भन्डाफोर आभियान सञ्चालन गर्ने निर्णय महासङ्घले लिएको छ । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञाप्तिमा उल्लेख गरिएअनुसार सत्तासीन पार्टीहरूको भागभन्डामा मुख्य सचिव र सचिवहरुको नियक्ति गर्दा इमानदार कर्मचारी मर्कामा पर्नेगरेकाले त्यसका विरूद्ध भन्डाफोर अभियान सञ्चालन गरिने उल्लेख छ । विज्ञप्तिमा भनिएको छ– ‘कार्यदक्षताको खोल ओढाएर आन्तरिक ढङ्गले सत्तासीन पार्टीहरूको भागभन्डा मिलेपछि मुख्यसचिव र सचिवहरूको नियुक्ति गरिने जानेमानेको संस्कारका विरूद्ध अभियान सञ्चालन गर्न हाम्रो महासङ्घ हिच्किचाउने छैन ।’ भेलाले महादीप पोखरेलको नेतृत्वमा ७१ सदस्यीय महासमिति निर्वाचित गरेको छ, जसअनुसार वरिष्ठ उपाध्यक्षमा अग्रबहादुर विष्ट, उपाध्यक्षहरूमा राजेन्द्र रेग्मी, दानबहादुर केसी, शिल पोखरेल, माधव सिलवाल र सिताराम थापा तथा महासचिवमा गोपालसिंह धामी, उपमहासचिवमा रमेश धानुक एवम् सचिवहरूमा घनेन्द्र अधिकारी, टोपबहादुर बानियाँ, अमर ओली, सरस्वती ओली र जितबहादुर ज्ञवाली रहेका छन् । त्यसैगरी रामबहादुर रावल कोषध्यक्ष र रामबहादुर नेगी सहकोषध्यक्ष चयन भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: