Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

अबको प्राथमिकता आर्थिक विकास –प्रम ओली

\"kp-oli1\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधान जारी भइसकेको अवस्थामा त्यसको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनेतर्फ सरकार केन्द्रित भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङको ५०औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको आज उद्घाटन गर्दै उनले आर्थिक विकासका लागि जनसङ्ख्याको हिसाबले करिब ७० प्रतिशत अर्थात् दुई तिहाइ कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यापारीकरण गर्नुपर्ने र कृषिमा आधारित उद्योग सञ्चालन गर्नुपर्ने बताए । ‘हामीले संविधानमा सबैका अधिकार सुनिश्चित गरेका छौँ, त्यसैले अबको सङ्घर्ष राजनीतिक अधिकार प्राप्तिका लागि होइन, आर्थिक, उन्नति, विकास वा आर्थिक समृद्धिको चरणमा अगाडि बढ्नुपर्छ’ –प्रधानमन्त्री ओलीले भने । उद्योग व्यवसायको सन्दर्भमा बनेका पुराना ऐन÷कानुनले आजको आवश्यकता पूर्ति गर्न नसक्ने भन्दै उनले त्यसलाई परिमार्जन गर्नुपर्ने बताए । ऐन÷कानुन परिमार्जनका लागि सरकारले काम अगाडि बढाइसकेको र स्वस्थ समाज निर्माणका लागि भ्रष्टचार अन्त्यमा सहयोग गर्नसमेत प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘भारत भ्रमण वा चीन भ्रमण होस् नेपालको औद्योगिकीकरण, व्यापारीकरण, व्यवसायीकरण वा आधुनिकीकरण गर्ने जस्ता कुरालाई अगाडि बढाउने प्रसङ्गमा केही काम गरेका छौँ, आधार तयार भएको छ’–उनले भने । महासङ्घका अध्यक्ष पशुपति मुरारकाले सरकारले कानुन उल्लङ्घनको नाममा उद्योगी– व्यवसायीलाई नियन्त्रणमा लिनुअगाडि उनीहरूलाई पर्याप्त स्पष्टीकरणको मौका दिइनुपर्ने माग गरे । ‘मुलुकमा अहिले पनि लगभग ६ दशकअगाडि बनेको अत्यन्त नियन्त्रणमुखी कालोबजारी ऐनलाई अगाडि सारेर सरकारले उद्योगी–व्यवसायीमाथि कारबाही गरिरहेको छ ’ उनले भने । विसं २०२२ मा स्थापना भएको महासङ्घले पाँचधर उद्योग वाणिज्य सङ्घ, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, कालीकोट उद्योग वाणिज्य सङ्घ र सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रूपन्देही, उद्योग सङ्गठन मोरङलगायत करिब तीन दर्जन सङ्घसंस्थालाई सम्मान गरेको छ । त्यसैगरी महासङ्घले नेपाल आर्थिक पत्रकार समाज ९सेजन०लाई नगद पुरस्कारसहित सम्मान गरेको छ । ५०औँ प्रवेश गरेको अवसरमा महासङ्घले नयाँ वर्ष २०७३ सालको वर्षैभरि विविध कार्यक्रम गरी मनाउने समेत घोषणा गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending