Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

अत्यासै अत्यासमा गुज्रिएको वर्ष ०७२ का मुख्य नौ घटना

\"2072\"   काठमाडौं । वर्ष २०७२ साल पार गरी बुधबारदेखि नयाँ वर्ष २०७३ प्रवेश गर्दैछ । जसरी वर्ष २०७२ वित्यो, त्यसरी नयाँ वर्ष नबितोस् भन्ने सबैको कामना छ । नयाँ वर्षको आगमनसँगै वर्ष २०७२ लाई फर्केर हेर्दा यो वर्ष निकै पीडादायी, दुःखद वर्षको रुपमा रहेको देखिन्छ । तर पनि वर्ष २०७२ मा नेपालको इतिहासमा नै पहिलोपल्ट संविधानसभा नयाँ संविधान जारी भयो । त्यसबाहेक वर्ष २०७२ अफापको वर्ष बन्न पुग्यो । घटना नम्बर १ वर्ष २०७२ प्रवेश भएको क्षणमा नयाँ वर्षको खुशीयाली साट्दै गर्दा वैशाख २ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता सूर्यबहादुर थापाको निधन भयो । विरामी भइ उपचारार्थ भारत लगिएका उनको भारतको मेदान्त अस्तालमा नै मृत्यु भयो । घटना नम्बर २ ब्रिष्ठ नेता थापाको निधन भएको १३ दिन नबित्दै मुलुकले अर्को भयानक कहालीलाग्दो घटनाको सामना गर्नुपर्यो । वैशाख १२ गते विनाशकारी भूकम्प गयो । ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र भएर ७.८ रेक्टर स्केलको भूकम्पले ८ हजार भन्दा बढी नागरिकको ज्यान गयो । सरकारी तथ्यांकअनुसार भूकम्पले ८ हजार ८ सय ५६ जनाको ज्यान भयो भने भने २२ हजारभन्दा बढी घाइते भए । भूकम्पले घरहरु भत्किँदा लाखौं घरबारविहिन भए । ऐतिहासिक तथा पुरातात्विक महत्वका संरचनाहरु भग्वावशेषमा परिणत भए । भूकम्पबाट ६.७ खर्ब रूपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान छ । वैशाख १२ को भूकम्पपछि बारम्बार आएका परकम्पनले गर्दा आम नागरिकले घर छाडेर खुलाचौरमा कैयौं रात बिताए । वैशाख १३ मा ठूलो परकम्पन र त्यसपछि केही सहज अनुभूति गर्दै गर्दा बैशाख २९ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर अर्को शक्तिशाली परकम्पनले अर्को उठिबास गरायो । भूकम्पपीडितको उद्धारका लागि विभिन्न देशबाट उद्धारटोली आयो । भूकम्पपछिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका निम्ति अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले काठमाडौँमा ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ कै आयोजना गर्नुपर्यो । करिब साढे चार खर्ब रुपैयाँ सहयोगको दातृ राष्ट्रहरुले प्रतिबद्धता जनाए । तर बिडम्बना अहिलेसम्म पुनःनिर्माणको काम अगाडि बढ्न सकेको छैन । घटना नम्बर ३ कहालीलाग्दो भूकम्पको पीडाकाबीच नेपालको विग्रिएको राजनीतिमा भने केही सुधार देखियो । भूकम्पको पीडा बिर्साउन र पुनर्निर्माणमा लाग्न नयाँ संविधान आवश्यक भएको भन्दै सबै दल एक भएर संविधान निर्माणको काम तीब्र पारियो । प्रदेश सीमांकनमा मधेसवादी दलहरुको विरोधका बाबजुद असोज ३ गते नयाँ संविधान जारी गरियो । घटना नम्बर ४ संविधानसभाबाट पहिलो पटक नयाँ संविधान जारी गरिएसँगै खुशीसँगै असन्तुष्टी पनि पैदा भए । मधेसवादी दलहरुले अनिश्चितकालिन मधेस हड्तालको घोषणा गरे । मधेस हड्तालसँगै काठमाडौंमा संकट उत्पन्न गर्ने भन्दै सीमा नाकामा धर्ना दिने काम गरे । संविधानमै असन्तुष्टी जनाउँदै भारतले पनि अघोषित रुपमा नाकाबन्दी गरिदियो । भूकम्पपछिको अर्को पीडा मधेस आन्दोलन र नाकाबन्दीले पैदा गर्यो । मधेस आन्दोलनका क्रममा ५५ जना भन्दा बढीको मृत्यु भयो । नाकाबन्दीको संकटका कारण अहिलेसम्म पनि खाना पकाउने ग्यास सहज हुन सकेको छैन । घटना नम्बर ५ नयाँ संविधान जारी भएसँगै जनताले नयाँ राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख पाए भने एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भयो । मुलुकले पहिलो पटक महिला राष्ट्रपति र महिला सभामुख प्राप्त गर्यो । तर भूकम्पपछि एक भएका दलहरु पुनः नयाँ संविधान निर्माण प्रक्रियापछि विभाजित बन्न पुगे । देशकै प्रमुख दल नेपाली कांग्रेस प्रतिपक्षमा रहन पुुग्यो । दोस्रो, तेस्रो र चौथो ठूला दलहरु मिलेर सरकार बनाए । घटना नम्बर ६ नयाँ संविधान जारी गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका तत्कालिन प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति सुशील कोइरालाको पनि वर्ष २०७२ मै निधन हुन पुग्यो । कोइरालाको ७६ वर्षको उमेरमा आफ्नै निवास महाराजगन्जमा निधन भयो । कांग्रेसको १३ औं महाधिवेशनको तयारी भइरहँदा कोइरालाको निधन भएपछि कांग्रेस महाधिवेशन शोकमा सम्पन्न भयो र शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । घटना नम्बर ७ भूकम्पपछिको पीडा भोगिरहेका नेपालीहरुलाई भारतले दिएको नाकाबन्दीको पीडा कायमै रहेको अवस्थामा नागरिकहरुले भारतको विकल्प खोज्न सुझाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग नै सम्बन्ध सुधार गर्न भन्दै फागुन ७ गते प्रधानमन्त्री भएपछि पहिलो पटक भारतको राजकीय भ्रमण गरे । त्यसको एक महिनापछि चैत ७ मा उनले चीनको भ्रमण गरे । घटना नम्बर ८ वर्ष २०७२ अफापै अफापको वर्ष भइरहँदा नेपाली फुटबलका राष्ट्रिय खेलाडीहरु खेल मिलेमतो अर्थात फिक्सिङमा मुछिए । खेल क्षेत्रको यो दुशा भोगिरहँदा बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटवल जिताएर नेपाली खेल क्षेत्रलाई एक कदम माथि पुर्याए भने दक्षिण एशियाली खेलकुद सागमा पनि फुटवलमा श्वर्ण हात पार्दै खेल क्षेत्रमा उल्लेखनीय फड्को मार्ने काम गर्यो । यो भने वर्ष वर्ष २०७२ को दोस्रो सकारात्मक कार्य हु पुग्यो । घटना नम्बर ९ वर्षको पूर्वाद्धमा भएको अकल्पनीय घटनाहरुपछि वर्षको उत्तराद्र्ध पनि सुखद हुन सकेन । फागुन १२ मा अर्को दुखद घटना घट्यो । पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान म्याग्दीमा दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको निधन भयो । त्यसको केही दिनपछि पुनः कालीकोटमा काष्ठमाण्डप विमान दुर्घट्ना भयो । काष्ठमाण्डप विमानका चालक दलका दुई सदस्यको त निधन भयो तर उनीहरु आफू मरेर पनि विमानका अन्य सबै नौ यात्रुलाई बचाए । वर्ष २०७२ विर्सनै नसकिने केही सुखद र धेरै दुखद घटनाहरुसँगै मंगलबार विदा हुँदैछ । मंगलबार बिदा भएर बुधबारबाट शुरु हुने नयाँ वर्ष २०७३ नयाँ सुखद इतिहास बनेर अघि बढोस् हाम्रो पनि शुभकामना ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy