Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

राजनीतिक अाँखाबाट वर्ष २०७२ लाई फर्केर हेर्दा

\"Sambidhan-signature-political काठमाडौं । वर्ष २०७२ मंगलबारबाट विदा हुँदैछ । तर वर्ष २०७२ भने नेपाली जनताको मानसपटलमा कहिल्यै नर्बिसने वर्ष भएर विदा हुँदैछ । वि.सं. २०७२ सालको प्रारम्भमै वैशाख १२ गते विनाशकारी भूकम्प गयो । भूकम्पले आठ हजार भन्दा बढीको ज्यान गयो भने हजारौं अगंभग भए, लाखौं घरहरु भत्किए । ऐतिहासिक संरचनाहरु भग्नावशेषमा परिणत भए । भूकम्पले आम नेपालीलाई पीडा दिए पनि नेपाली राजनीतिलाई भने जोड्ने काम गरिदियो । बैशाख १२ को भूकम्पअघि संविधानसभामै कुर्ची हानाहान गर्नेदेखि एकअर्को नेतामाथि मानसिक सन्तुलन गुमाएको जस्ता आरोपहरु लगाएका थिए । मध्यरातमा संविधानसभाभित्र कुर्ची हानाहान गरेको एकीकृत नेकपा माओवादी संविधानसभामै भाग नलिएको शक्तिहरुलाई समेत लिएर सडक आन्दोलनमा होमिएको थियो । जतिबेला अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्तिलाई लिएर एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले मानसिक सन्तुलन गुमाएको नेता भन्दै उपचारका लागि लैजानुपर्ने लिखित निर्णय नै गरेको थियो । नयाँ संविधान जारी होला भन्दा झनै विग्रदै गएको नेपाली राजनीतिमा वैशाख १२ को भूकम्प कोशेढुंगा बनिदियो । जसरी करोडपतिदेखि रोडपतिसम्म खुलाचौरमा एउटै परिवार भएर बसे, त्यसैगरी राजनीतिक दलहरुमा एकता पैदा भयो । अब नयाँ संविधान जारी गरेर पुनर्निर्माणमा लाग्नुपर्छ भनेर प्रमुख राजनीतिक दलहरुले सामुहिक प्रतिवद्धता जनाए । त्यहि अठोका साथ मधेसी जनाधिकार फोरम लोकतान्त्रिकसहितका प्रमुख राजनीतिक दलहरुले सीमांकनको विवादलाई ६ प्रदेशमा टुंग्याए । सीमांकनले दलहरुमा दरार जब प्रमुख चार दलले ६ प्रदेशको सीमांकनमा सहमति जनाए, तब मधेसवादी दलहरु रुष्ट भए । मधेसवादी दलहरु संविधानसभा बहिष्कार गर्दै मधेस आन्दोलनमा होमिए । सुदूरपश्चिम अखण्डवादीहरुले आन्दोलन चर्काए भने थारु तथा मधेसवादी दलहरुले तराई–मधेसमा आन्दोलन चर्काए । मधेसमा अनिश्चितकालिन आम हड्ताको घोषणा गर्दै राँको बालियो । भड्किएको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलायो । विभिन्न ठाउँमा आन्दोलनकारीहरु मारिए । उत्कर्षमा पुगेको सीमांकनको असन्तुष्टी मेटाउन भन्दै प्रमुख दलहरुले ६ प्रदेशको सीमांकनलाई सच्याउँदै सात प्रदेश बनाए । सात प्रदेशमा सहमति गरेपछि फेरि चार दलमध्येकै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार टेँढिए । गच्छदारले सात प्रदेशमा असन्तुष्टी जनाए तर पनि नयाँ संविधान जारी गर्ने प्रक्रियामा भने सहयोगी बने । असोज ३ गते मधेसको असन्तुष्टीकै बाबजुद नयाँ संविधानसभाबाट नयाँ संविधान जारी गरियो । दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन नयाँ संविधान जारी भएपछि पनि तराई–मधेसको आन्दोलन रोकिएन । कैलालीको टिकापुरमा प्रहरीमाथि नै थारु आन्दोलनकारीहरुबाट हमला भयो । झडपमा प्रहरी उपरीक्षक तथा दुई बालकसहित नौ जना मारिए । टिकापुर घटनापछि आन्दोलन नियन्त्रण गर्न दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गरियो । सेना परिचालन गरी थारु आन्दोलन दबाइएपछि मधेसवादीहरुको आन्दोलन रोकिएन । तीन दलको एकता पनि चुँडियो तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको कार्यकालमा नयाँ संविधान जारी गरियो । तर नयाँ संविधान जारी गरिएपछि नयाँ सरकार निर्माण प्रक्रियामा आइपुग्दा प्रमुख तीन दलमा पनि दरार पैदा भयो । भूकम्पपछि एक भएका तीन दलमध्येको प्रमृुख दल नेपाली कांग्रेसले पनि सरकारको नेतृत्व दाबी गरेपछि कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच प्रधानमन्त्रीका लागि निर्वाचन भयो । संविधान जारी हुनुको जस लिँदै नयाँ सरकारको नेतृत्व चाहेको कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रह्यो । मधेस आन्दोलन जारी नै रहँदा प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भए । उनी प्रधानमन्त्री भएपछि मुलुकको संकट झनै चर्कियो । संविधानमा असन्तुष्टी जनाउँदै भारतले अघोषित नाकाबन्दी गर्यो । मधेसवादी दलहरुले ६ महिना भन्दा बढी मधेसमा आन्दोलन चर्काए । सीमांकनमा असन्तुष्टी जनाउँदै भएको तराई–मधेसको आन्दोलनको क्रममा ५५ जनाभन्दा बढीको मृत्यु भयो । मधेसको असन्तुष्टी भने अझै समाप्त भएको छैन । नयाँ वर्ष २०७३ मा लाग्दै गर्दा वैशाखदेखि फेरि आन्दोलन चर्काउने बताएका छन् । राजनीतिक कडीलाई जोड्ने काम गरेको भूकम्पको पीडा भने अझै उस्तै छ । भूकम्पको एक वर्ष हुन लाग्दा पनि भूकम्पपीडितको ब्यवस्थापन अझै हुन सकेको छैन । पुनःनिर्माणको काम अधुरै छ । राजनीतिक असझदारी अझै उस्तै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies