Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

भूकम्प र नाकाबन्दीले चलचित्र क्षेत्र धारासायी, थोरै मात्र सफलता

\"dhurmus-suntali-earthquake\"काठमाडौं । “पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाऊ न अनि घामले तिमीलाई सताउला, काली तिमीलाई बनाउला तिमीलाई पिरतीको छाता ओढाउला ...”, यो एउटा नेपाली चलचित्रको अति नै चर्चित गीत हो । गत वैशाखमा नयाँ वर्ष सुरु हुन अघि नेपाली चलचित्र ‘रेशम फिलिली’को यो गीत जनजनको कानमा गुञ्जिएको थियो । यो गीत यति लोकप्रिय भयो कि यसको आधिकारिक भिडियो बजारमा नआउँदै देश विदेशका दर्शक र श्रोताले कैयौं नृत्यका दृश्य छायाँङ्कन गरेर यु ट्युबमा राखे । कतिपयले त यो गीतमा नेता÷नेत्री र चर्चित व्यक्तिहरू नाचेको व्यङ्ग्यचित्र बनाए । अन्ततः धेरै प्रतिक्षापछि वैशाख ११ गते चलचित्र ‘रेशम फिलिली’ प्रदर्शनमा आयो र पहिलो दिन दर्शकको उत्साहजनक सहभागिता रह्यो । तर दोस्रो दिन अर्थात वैशाख १२ गते देशमा ठूलो भूकम्प गयो । भूकम्पका कारण देशको धेरै क्षेत्रमा क्षति पुग्यो । चलचित्र क्षेत्र पनि अछूतो रहेन । त्यसमा पनि धेरै क्षति त ‘रेशम फिलिली’लाई भयो । धेरै व्यापार गर्ने आश गरिएको चलचित्रको प्रदर्शंन रोकियो । त्ससपछि हलमा दुई महिनाभन्दा बढी समयसम्म कुनै चलचित्र चलेनन् । नायक विनय श्रेष्ठले निर्माण गरेको तथा प्रणव जोशीले निर्देशन गरेको ‘रेशम फिलिली’ भदौ ५ गते पुनः प्रदर्शनमा आयो । यसले औसतभन्दा राम्रै व्यापार ग¥यो तर ‘पिरतीको छाता ओढाउँला’ गीत जस्तै लोकप्रिय र राम्रो नभएको समीक्षा आयो । त्यसो त यसै वर्ष देशले भोगेका विनाशकारी भूकम्प, संविधान निर्माणसँगै भएको मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दी जस्ता समस्याले करिव आधा वर्ष सबै क्षेत्र ठप्प रहँदा त्यसको मार चलचित्र क्षेत्रले पनि भोग्नुप¥यो । यति हुँदाहुँदै पनि ‘रेशम फिलिली’सँगै ‘होस्टेल रिटन्र्स’, ‘भैरब’, ‘वडा नं ६’, ‘परदेशी’, ‘लुटेरा’, ‘कबड्डी कबड्डी’, ‘प्रेमगीत’, ‘क्लासिक’, ‘ड्रिम्स’लगायत करिब एक दर्जन चलचित्र सफल भए । नेपाली चलचित्र उद्योगकी प्रथम महिला निर्देशक सुचित्रा श्रेष्ठ भूकम्पलगायतका विविध समस्या रहे पनि केही चलचित्र सफल हुनुलाई नराम्रो सङ्केत मान्दिनन् । उनी भन्छिन्, “भूकम्पपछि ५/६ महिना चलचित्रसम्बन्धी केही काम भएन । तर पनि यस क्षेत्रमा मिश्रित फल आयो, यो सकारात्मक हो ।” भूकम्पपछिको कथालाई आधार बनाएर निर्माण गरिएको ‘पशुपतिप्रसाद’ र वैदेशिक रोजगारीमा जाने युवाको कथा समेटिएको ‘राहदानी’ले उत्कृष्ट कथा भएका चलचिलको दर्जा पाए । रङ्ग पत्रकार विदुर गिरी यस्ता चलचित्रलाई नै अब मूलधारका चलचित्र मान्ने परिपाटीको विकास गर्नुपर्ने तर्क गर्छन । उनी भन्छन्, “यहाँ अलिकति राम्रो कथाका चलचित्र बने भने बेग्लै धार भन्ने चलन छ तर अहिले जे चलिरहेको छ, दर्शकले जे रुचाउँछन् त्यही नै मूलधार हो ।” ‘फागु द कलर्स अफ द लाइफ’, ‘बागमती’, ‘चकलेट’, ‘फूलै फूलको मौसम तिमीलाई’ जस्ता चलचित्रले धेरै प्रचारप्रसार गरेपनि सफलता पाएनन् । यो वर्ष बनेका कतिपय चलचित्र कहिले आए, कहिले प्रदर्शन भए र कहिले गए भन्ने नै पत्ता भएन । त्यसैले, चलचित्र समीक्षक प्रकाश साय्मी यो वर्ष नेपाली चलचित्र बढी हल्लामा चलेको आरोप लगाउनुहुन्छ । उनी भन्छन्, “यो वर्षका प्रायः चलचित्र पहिलाको तुलनामा गम्भिर विषयवस्तुका छैनन् । पुरानै धार छ, मात्र अभिनय शैलीमा थोरै फरक ल्याएको हो ।” यो वर्ष ‘भैरब’ चलचित्रको निर्माण र निर्देशन गर्दै करिव ५ वर्षपछि फर्किएका निखिल उप्रेती सफल रहे । त्यस्तै, आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, र अनमोल केसी सफल नायकमा गनिए भने प्रियङ्का कार्की, निशा अधिकारी, नम्रता श्रेष्ठ, ऋचा शर्मा, पूजा शर्मा जस्ता नायिकाको अभिनय मन पराइयो । त्यस्तै, नवप्रवेशी नायक प्रदीप खड्का, आमेश भण्डारी, पल शाह र नायिका साम्राज्ञी शाह, आँचल शर्मा, वर्षा राउतलाई सम्भावना बोकेका कलाकारको दर्जा दिइयो । सदाबहार नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको चर्चा भएपनि राजेशले खेलेको ‘बागमती’ र करिश्माले बनाएको ‘फागु द कलर्स अफ द लाइफ’ले दर्शकको मन जित्न सकेनन् । कतिपय चलचित्र सफल भएपनि नायक÷नायिका सफल भएनन् भने कतिपय चलचित्र नचलेपनि केही कलाकारले चर्चा पाए । चलचित्र विकास बोर्डमा यो आर्थिक वर्षको नौ महिनाको अवधिमा ९० वटा चलचित्र दर्ता भए । त्यसमा केही चलचित्र गुरुङ, थारु र भोजपुरीजस्ता भाषाभाषीका पनि छन् । त्यसमध्ये हाल प्रदर्शनमा रहेको चलचित्र ‘नाइ नभन्नु ल –४’ र ‘रामप्यारी’ समेतगरी ६५ वटा चलचित्र मात्र २०७२ साल भरमा प्रदर्शनमा आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending