Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

भूकम्प र नाकाबन्दीले चलचित्र क्षेत्र धारासायी, थोरै मात्र सफलता

\"dhurmus-suntali-earthquake\"काठमाडौं । “पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाऊ न अनि घामले तिमीलाई सताउला, काली तिमीलाई बनाउला तिमीलाई पिरतीको छाता ओढाउला ...”, यो एउटा नेपाली चलचित्रको अति नै चर्चित गीत हो । गत वैशाखमा नयाँ वर्ष सुरु हुन अघि नेपाली चलचित्र ‘रेशम फिलिली’को यो गीत जनजनको कानमा गुञ्जिएको थियो । यो गीत यति लोकप्रिय भयो कि यसको आधिकारिक भिडियो बजारमा नआउँदै देश विदेशका दर्शक र श्रोताले कैयौं नृत्यका दृश्य छायाँङ्कन गरेर यु ट्युबमा राखे । कतिपयले त यो गीतमा नेता÷नेत्री र चर्चित व्यक्तिहरू नाचेको व्यङ्ग्यचित्र बनाए । अन्ततः धेरै प्रतिक्षापछि वैशाख ११ गते चलचित्र ‘रेशम फिलिली’ प्रदर्शनमा आयो र पहिलो दिन दर्शकको उत्साहजनक सहभागिता रह्यो । तर दोस्रो दिन अर्थात वैशाख १२ गते देशमा ठूलो भूकम्प गयो । भूकम्पका कारण देशको धेरै क्षेत्रमा क्षति पुग्यो । चलचित्र क्षेत्र पनि अछूतो रहेन । त्यसमा पनि धेरै क्षति त ‘रेशम फिलिली’लाई भयो । धेरै व्यापार गर्ने आश गरिएको चलचित्रको प्रदर्शंन रोकियो । त्ससपछि हलमा दुई महिनाभन्दा बढी समयसम्म कुनै चलचित्र चलेनन् । नायक विनय श्रेष्ठले निर्माण गरेको तथा प्रणव जोशीले निर्देशन गरेको ‘रेशम फिलिली’ भदौ ५ गते पुनः प्रदर्शनमा आयो । यसले औसतभन्दा राम्रै व्यापार ग¥यो तर ‘पिरतीको छाता ओढाउँला’ गीत जस्तै लोकप्रिय र राम्रो नभएको समीक्षा आयो । त्यसो त यसै वर्ष देशले भोगेका विनाशकारी भूकम्प, संविधान निर्माणसँगै भएको मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दी जस्ता समस्याले करिव आधा वर्ष सबै क्षेत्र ठप्प रहँदा त्यसको मार चलचित्र क्षेत्रले पनि भोग्नुप¥यो । यति हुँदाहुँदै पनि ‘रेशम फिलिली’सँगै ‘होस्टेल रिटन्र्स’, ‘भैरब’, ‘वडा नं ६’, ‘परदेशी’, ‘लुटेरा’, ‘कबड्डी कबड्डी’, ‘प्रेमगीत’, ‘क्लासिक’, ‘ड्रिम्स’लगायत करिब एक दर्जन चलचित्र सफल भए । नेपाली चलचित्र उद्योगकी प्रथम महिला निर्देशक सुचित्रा श्रेष्ठ भूकम्पलगायतका विविध समस्या रहे पनि केही चलचित्र सफल हुनुलाई नराम्रो सङ्केत मान्दिनन् । उनी भन्छिन्, “भूकम्पपछि ५/६ महिना चलचित्रसम्बन्धी केही काम भएन । तर पनि यस क्षेत्रमा मिश्रित फल आयो, यो सकारात्मक हो ।” भूकम्पपछिको कथालाई आधार बनाएर निर्माण गरिएको ‘पशुपतिप्रसाद’ र वैदेशिक रोजगारीमा जाने युवाको कथा समेटिएको ‘राहदानी’ले उत्कृष्ट कथा भएका चलचिलको दर्जा पाए । रङ्ग पत्रकार विदुर गिरी यस्ता चलचित्रलाई नै अब मूलधारका चलचित्र मान्ने परिपाटीको विकास गर्नुपर्ने तर्क गर्छन । उनी भन्छन्, “यहाँ अलिकति राम्रो कथाका चलचित्र बने भने बेग्लै धार भन्ने चलन छ तर अहिले जे चलिरहेको छ, दर्शकले जे रुचाउँछन् त्यही नै मूलधार हो ।” ‘फागु द कलर्स अफ द लाइफ’, ‘बागमती’, ‘चकलेट’, ‘फूलै फूलको मौसम तिमीलाई’ जस्ता चलचित्रले धेरै प्रचारप्रसार गरेपनि सफलता पाएनन् । यो वर्ष बनेका कतिपय चलचित्र कहिले आए, कहिले प्रदर्शन भए र कहिले गए भन्ने नै पत्ता भएन । त्यसैले, चलचित्र समीक्षक प्रकाश साय्मी यो वर्ष नेपाली चलचित्र बढी हल्लामा चलेको आरोप लगाउनुहुन्छ । उनी भन्छन्, “यो वर्षका प्रायः चलचित्र पहिलाको तुलनामा गम्भिर विषयवस्तुका छैनन् । पुरानै धार छ, मात्र अभिनय शैलीमा थोरै फरक ल्याएको हो ।” यो वर्ष ‘भैरब’ चलचित्रको निर्माण र निर्देशन गर्दै करिव ५ वर्षपछि फर्किएका निखिल उप्रेती सफल रहे । त्यस्तै, आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, र अनमोल केसी सफल नायकमा गनिए भने प्रियङ्का कार्की, निशा अधिकारी, नम्रता श्रेष्ठ, ऋचा शर्मा, पूजा शर्मा जस्ता नायिकाको अभिनय मन पराइयो । त्यस्तै, नवप्रवेशी नायक प्रदीप खड्का, आमेश भण्डारी, पल शाह र नायिका साम्राज्ञी शाह, आँचल शर्मा, वर्षा राउतलाई सम्भावना बोकेका कलाकारको दर्जा दिइयो । सदाबहार नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको चर्चा भएपनि राजेशले खेलेको ‘बागमती’ र करिश्माले बनाएको ‘फागु द कलर्स अफ द लाइफ’ले दर्शकको मन जित्न सकेनन् । कतिपय चलचित्र सफल भएपनि नायक÷नायिका सफल भएनन् भने कतिपय चलचित्र नचलेपनि केही कलाकारले चर्चा पाए । चलचित्र विकास बोर्डमा यो आर्थिक वर्षको नौ महिनाको अवधिमा ९० वटा चलचित्र दर्ता भए । त्यसमा केही चलचित्र गुरुङ, थारु र भोजपुरीजस्ता भाषाभाषीका पनि छन् । त्यसमध्ये हाल प्रदर्शनमा रहेको चलचित्र ‘नाइ नभन्नु ल –४’ र ‘रामप्यारी’ समेतगरी ६५ वटा चलचित्र मात्र २०७२ साल भरमा प्रदर्शनमा आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: