काठमाडाैं । स्वस्थबर्धक गुणका कारण अण्डा आममानिसबीच निकै लोकप्रिय छ । ब्रेकफास्टमा अण्डा मानिसहरुको पहिलो प्राथमिकता बन्नेगर्छ । अमेरिकी एग बोर्डका अनुसार एक व्यक्तिले वर्षमा २५५ वटा अण्डा खाने गर्छ ।
यसमा पाइने कोलस्टेरोल मुटुका लागि स्वस्थकर नभएपनि ४० भन्दा बढी अनुसन्धानबाट अण्डा स्वस्थकर खाना भएको पुष्टि भैसकेको छ । यसमा भिटामिन ए, डी, बी १२ का साथै रिबाफ्लेबिन, फस्फोरस तथा आँखालाई फाइदाजनक हुने तत्व पाइन्छन् ।
यस्तै, मानिसको तौल सन्तुलित राख्न पनि अण्डा लाभदायी हुन्छ । अण्डा खानाले भोक मर्छ र बढी खाना खानबाट बच्न सकिन्छ । एउटा अण्डामा ७० क्यालोरी र ६ ग्राम प्रोटिन हुन्छ । यसकारण यसलाई न्यून क्यालोरीवाला खाना पनि भन्न सकिन्छ ।
अण्डामा हुने सेतो भागमा अल्बुमिन नामक प्रोटिन भरपूर मात्रामा पाइन्छ । बिहानको समयमा शरीरलाई यस्तो प्रोटिन आवश्यक हुन्छ । यसले दिनभर मानिसलाई उर्जावान राख्न मद्दत गर्छ । यसमा क्याल्सियमका साथै भिटामिन डि पनि पाइने भएकाले हड्डीलाई पनि मजबूत पार्छ । हाम्रो शरीरलाई भिटामिन डि सूर्यको किरण र केही खानाबाट मिल्छ, त्यसमध्ये अण्डापनि एक हो ।विश्वमा विभिन्न पंक्षीका विभिन्न थरि र रंगका अण्डा पाइन्छन् । फाइदाजनकका हिसाबले रंगले कुनै असर पार्दैन । सबै खालमा समान रुपमा पोषक तत्व पाइन्छन् । एउटा ठुलो खालको अण्डामा १ दशमलव ५ ग्राम स्याचुरेटेड फ्याट, १ दशमलव ८ ग्राम मोनोस्याचुरेटेड फ्याट र एक ग्राम पोलिस्याचुरेटेड फ्याट पाइन्छ ।
यसका अलावा १८५ मिलिग्राम कोलेस्टेरोल हुन्छ । सन् २०१० को डाइटरी गाइडलाइन एडभाइजरी संस्थाले जनाएअनुसार मानिसको शरीरलाई नियमित तरिकाले ३०० मिलिग्राम कोलेस्टेरोल आवश्यक पर्छ, योभन्दा बढी कोलेस्टेरोलले मुटुको समस्या निम्त्याउने डर हुन्छ ।
यदि दैनिक एउटा अण्डा खानुहुन्छ भने थप कोलेस्टेरोलको पनि जरुरत पर्दैन, मुटुको समस्या पनि निम्तदैंन । तर, फार्मबाट निकालिएको ३ साताभित्र प्रयोग गरिएको अण्डामात्र फाइदाजनक हुन्छ भन्ने कुरालाई भने बिर्सनुहुँदैंन । यदि लामो समयसम्म अण्डालाई बाहिरी तापमानमा राखिन्छ भने अण्डाको पौष्टिकता नष्ट हुन्छ । यसकारण अण्डा ताजै खानुपर्छ ।अण्डा खानाले हुने फाइदाहरु
आइरनको कमीको समस्या हटाउँछः धेरै मानिसहरुलाई आइरनको समस्या हुने गरेको छ। यसले गर्दा थकाई लाग्ने, कमजोरी हुने, टाउको दुख्ने जस्ता समस्याहरु आउँछन्। आइरनले अक्सिजनसँग मिलेर शरीरको प्रतिरोधात्मक प्रणालीलाई ठीक राख्छ। यसले मेटाबोलिज्म स्तरलाई पनि नियन्त्रण गर्छ। अण्डाको पहेँलो भाग जसमा फ्याट हुन्छ भनी धेरैले रुचाउँदैनन् वास्तवमा त्यसमा एकदमै धेरै आइरन हुनाले यो खानु उपयूक्त हुन्छ।
आँखाको ज्योतीमा सहयोगीः दिनहुँ अण्डा, पालुङ्गो र ब्रोकाउली खानाले आँखा सम्बन्धी थुप्रै समस्याहरुको समाधान हुन्छ। अण्डामा भएको एन्टी–अक्सिडेन्ट, ल्यूटिन र जिजेन्थिन तत्वहरु आँखा स्वस्थ राख्न आवश्यक तत्वहरु हुन्। मोतीबिन्दु, आँखा रातो हुने, सुख्खा हुने, पानी आउने जस्ता समस्याका लागि अण्डा फाइदाजनक छ।
स्वस्थ कपाल र नङका लागिः अण्डामा भएको प्रोटिन, भिटामिन र अन्य पोषक तत्वले कपाल र नङलाई बलियो बनाउन मद्दत पुर्याउँछ। एमिनो एसिड, सल्फर र जींक हुनाले यसले शरीरका साथै छाला र कपाललाई समेत स्वस्थ बनाउँछ।
हड्डीहरु बलियो बनाउँछः अण्डा भिटामिन डी को प्रमुख श्रोत मानिन्छ। यसले क्याल्सियमलाई सोसेर हड्डीहरु बलियो बनाउँछ। दूध, दही जस्ता डेरी उत्पादनका साथमा अण्डा खानाले उमेर बढ्दै जाँदा आउने हड्डीका समस्याहरु हटाउन मद्धत गर्छ।
शरीरमा शक्ति प्रदान गर्छः अण्डाको सेतो भागमा ३ दशमलव ६ ग्राम र पहेलो भागमा २ दशमलव ७ ग्राम गरी ६ दशमलव ३० ग्राम प्रोटिन र अरु पोषक तत्वहरु पाइन्छ। यसले गर्दा अण्डा खानाले शरीरमा दिनभरि शक्ति प्राप्त हुन्छ। यसमा शरीरलाई आवश्यक एमिनो एसिड पनि हुन्छ। साथै अण्डाले कोषहरु बिग्रिनबाट रोक्छ र दिमागलाई पनि चालू राख्छ।
पोषणको कमी पुरा गर्छः अण्डामा शरीरलाई आवश्यक पर्ने धेरैजसो पोषक तत्वहरु पाइने हुनाले चिकित्सकहरुले पनि अण्डाको खान जोड दिन्छन्। यसमा भिटामिन ए, ई का साथमा बी १२ पनि पाइन्छ।
दिमागलाई स्वस्थ राख्छः अण्डामा पाइने कोलीन पोषण दिमागको विकासका लागि फाइदाजनक हुन्छ। यसले दिमागलाई चालू राख्छ र लामो समयसम्म सम्झने शक्तिमा पनि बृद्धि गर्छ। गर्भवती महिलाले अण्डा खानाले गर्भमा रहेको बच्चाको विकासमा पनि सहायता पुर्याउँछ।
मोटोपन कम गर्नमा सहयोगीः बिहानको खाजामा १ वा २ वटा अण्डा खानाले शरीरलाई चाहिने पोषणको पूर्ति हुन्छ। त्यसैले अण्डा खाएर मोटाइन्छ भन्नेहरुले दिनमा हलुका केही खान सकिने र ओभर डाइटिङबाट पनि बच्न सकिने विशेषज्ञहरु बताउँछन्।
-एजेन्सी
प्रतिकृया लेख्नुहोस्: