Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

जानीराखौ गाँजर खानुका यी बहुउपयोगी फाइदा

\"carrot-1\"गाँजर शरिरका लागि एकदमै उपयोगि हुन्छ । कतिपय मानिसहरु यसको प्रयोग सलादको रुपमा गर्छन । जसरी खाएपनि यसमा पाइने खनिज र भिटामिन ‘ए’ ले मानिसको छाला , अनुहार तथा आँखाका लागि एकदमै राम्रो मानिन्छ । यसका साथसाथै , यसबाट प्राप्त हुने खनिज र भिटामिन ‘ए’ ले अनुहार , छाला तथा आँखाको ज्योतिका लागि पनि एकदमै फाइदाजनक छ । यसबाट प्राप्त हुने भिटामिन ‘बी’ क्याल्सियम तथा फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन । साथै , दैनिक गाँजरको प्रयोगले रुघाखोकीको समस्याबाट पनि टाढा राख्दछ , यस्तै गाजरको प्रयोगले प्रतिरक्षा प्रणाली पनि राम्रो बनाउँछ । जानीराखौ गाजर खादा हुने फाइदाहरु – गाजरमा प्रशस्त मात्रमा क्याल्सियम हुने हुनाले हडहरुको विकास र मजबुुतीमा राम्रो भुमिका खेल्दछ । – गाजर आँखाको लागि पनि एकदमै फाइदाजनक छ । यो भिटामिन ‘ए’ को भण्डार हो । नियमित रुपमा यसको सेवनले चस्माको समस्याबाट छुटकारा पाउन सकिन्छ । – यसलाई राम्रो माउथवासको रुपमा पनि लिन सकिन्छ । यसमा हुने क्याल्सियमले दाँत सफा र मजबुत बनाउँछ । यसका साथसथै यसले गिँजाबाट रगत आउन दिँदैन । – जोर्नी दुखाईको पिडाबाट पनि यसको प्रयोगबाट मुक्त हुन सकिन्छ । गाँजरको प्रयोग दैनिक रुपमा गर्ने हो भने यसले शरीरमा क्यल्सियमको मात्रा पूर्ति गरि जोर्नी दुखाई जस्ता हाडसम्बन्धी समस्याबाट मुक्त रहन मद्धत गर्दछ । – यसमा भिटामिन ‘सी’ पनि पाउन सकिन्छ । यो एउटा राम्रो एन्टीअक्सिडेन्ट हो जसका कारण यसले शरीरको प्रतिरक्षा प्रणाली चुस्त र दुरुस्त राख्दछ । – मधुमेहका विरामीको रक्तचाप नियन्त्रणको लागि यसको प्रयोग अधिक फाइदाजनक हुन्छ । गाजरको केरीटेनाइड पाउन सकिन्छ । जुन तत्वले शरीरुमा चिनीको मात्रालाई नियन्त्रण गरि राख्दछ । – गाजरमा प्रचुर मात्रमा फाइबर हुन्छ जसले पेटको कव्जियत भगाउन राम्रो भूमिका खेल्दछ । गाँजर अलिबेर चपाएर खाने हो भने पोटको कव्जियत भगाउन मद्धत गर्दछ । – – यो अनुहार चमकदार बनाउन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ यसले छाला अनुहार , नङ आदिलाई राम्रो बनाइराख्दछ । मिटामिन ‘ए’ प्रशस्त हुने भएकाले यस्ता समस्याबाट मुक्ति दिलाउँछ । यसका साथसथै सूयका किरणहरुबाट पनि शरीरलाई बचाउँछ । – गाँजरमा भिटामिन ‘बी’ पनि राम्रो मात्रामा हुन्छ जसले पाचन प्रणालीमा राम्रो भूमिका निर्वाह गर्दछ । खाना खानु भन्दा २० मिनेट अगाडि गाजरको जुस पिउने महो भने पाचनतन्त्र तन्दुरुस्त हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: