अतीतमा जैविक विकासको यो प्रश्न पनि पृथ्वीको आयुको प्रश्नको समान नै धेरै तीखो विवादको विषय रहेको छ ।अतीतमा जैविक विकासको यो प्रश्न पनि पृथ्वीको आयुको प्रश्नको समान नै धेरै तीखो विवादको विषय रहेको छ । एक जमाना थियो जबकि जैविक विकासको सिद्धान्तमा विश्वासलाई अस्पष्ट कारणहरुले इसाई, यहूदी तथा मुस्लिम धर्म–सिद्धान्तहरुबाट असंगत मानिन्थ्यो । त्यो जमाना अब गईसक्यो र अब रुढीवादी क्याथोलिक, प्रोटेस्टेन्ट, यहूदी तथा मुस्लिम विश्वासका मानिसहरु समस्त जीव–जगतको कुनै एकै मूलबाट प्रार्दुभाव हुने अपेक्षाकृत नयाँ एवम् व्यापक सिद्धान्तलाई स्वीकार गर्नको लागि स्वतन्त्र छन् । पृथ्वीमा जीव अचानक पैदा हुन गए यस्तो लाग्दैन । जीवहरुको विकास भएको छ र सदैव हुन्छ । युगपछि युग वित्दै तथा समय–समयमा जल–सहित एवम् जल–रहित भइरहने जमेको माटोमा मात्र गतिशिलबाट जीवनको विकास स्वतन्त्रता, शक्ति र चेतनाको दिशामा भइरहेको छ । जीव–जगत एक–एक अलग–अलग जीवहरुबाट बनेको हुन्छ । यी जीव सुनिश्चित गुण भएका हुन्छन्, ती पदार्थको थुप्रो या समूहको जस्तै हुन्दैनन् र न ती निर्जीव पदार्थको सीमारहित र गतिहीन सानो टुक्रा हुन्छन् । तिनको दुई विशिष्टताहरु हुन्छन्, जुन कि निर्जीव पदार्थहरुमा पाइदैन । ती अन्य पदार्थहरुलाई आत्मसात गरी तिनलाई आफ्नो शरीरको हिस्सा बनाउँदछन् तथा ती स्वयमलाई पुनरुत्पादित गर्न सक्दछन् । ती भोजन ग्रहण गर्न सक्छन् । ती स्वयम् आफ्नो समान जीवहरुलाई उत्पन्न गर्न सक्दछन्, तर हमेशा तिनमा स्वयम् भन्दा थोरै अन्तर पनि हुन्छ । र, यसको साथसाथै प्रत्येक जननकर्ता र त्यसबाट जनित प्रत्येक जीवमा व्यक्तिगत असमानता पनि हुन्छ । यो कुरा प्रत्येक प्रजातिको लागि तथा जीवनको प्रत्येक चरणको लागि सत्य हो ।
अहिले वैज्ञानिक हामीलाइ यो बताउँनमा सक्षम छैनन् कि प्रत्येक नयाँ जन्मेका जीव आफ्नो पूर्वज जननकर्ता (आमा–बुवा) सँग समान र भिन्न किन हुन्छन् ।अहिले वैज्ञानिक हामीलाइ यो बताउँनमा सक्षम छैनन् कि प्रत्येक नयाँ जन्मेका जीव आफ्नो पूर्वज जननकर्ता (आमा–बुवा) सँग समान र भिन्न किन हुन्छन् । तर यस तत्थलाई हेर्दा कि जनित जीव एकै साथ समानता तथा भिन्नता दुबै ग्रहढा गर्दछन्, यो वैज्ञानिक ज्ञानको तुलनामा सामान्य ज्ञानको मामला धेरै छ, यदि ती स्थितिहरु, जसमा प्रजातिहरु रहन्छन् बदलिन्छ भने, प्रजातिहरुमा त्यसको प्रभावले केही परिवर्तन हुनजान्छ । प्रजातिहरुको कुनै पनि पीढीमा यस्ता प्राणी अवश्य हुन्छन् जुन की स्वयम्मा आएको परिवर्तनको कारण परिस्थितिहरुसँगै धेरै राम्रो तालमेल बनाउँदछन् र यस्ता पनि प्राणी हुन्छन् जसको लागि अनुकुल आशावादीता कठिन हुन्छ। र, कुल मिलाएर पछिका प्राणीहरुभन्दा पहिलो श्रेणीका प्राणिहरु धेरै दिनसम्म जिउँदो रहनेछन् र तथा धेरै संख्यामा आफ्नो प्रजातिलाई वृद्धि गर्नेछन् र यसप्रकार पीढी–दर–पीढी गरी औसत दर्जाको प्रजातिहरु अनुकुल दिशामा परिवर्तित हुनेजानेछन् । प्राकृतिक वरण भनिने यो प्रक्रिया त्यति कुनै वैज्ञानिक सिद्धान्त होइन, जति कि पुनरुत्पादन र व्यक्तिगत अन्तरको तथ्यबाट उत्पन्न हुने नियमित या अनुमानित सिद्धान्त । प्रजातिहरुलाई भिन्न बनाउने, नष्ट गर्ने, तथा सुरक्षित राख्ने धेरै शक्तिहरु सक्रिय हुन सक्छन् जसको विषयमा विज्ञानले अहिले पनि जान्न पाएको छैन अथवा सुनिश्चित हुन पाएको छैन, तर जो व्यक्ति प्रारम्भदेखि नै जीव–जगतमा कार्यरत प्राकृतिक वरणको सिद्धान्तलाई स्वीकार गर्नबाट इन्कार गर्न सक्दछ, त्यो या त जीवनको आधारभूत तथ्यहरुबाट नै अनभिज्ञ छ अथवा साधारण सोच–विचार गर्न एवम् बुझाई प्राप्त गर्नमा नै असमर्थ छ । वैज्ञानिकहरुले जीवको प्रथम उत्पतिको विषयमा चिन्तन गर्ने एवम् अनुमान लाउने प्रयास गरेका छन् तिनको अनमान प्रायः धेरै महत्वपूर्ण छ । तर वास्तवमा जीवहरुको प्रथम उत्पति कुन तरिकाले भयो यसको अहिले पनि न त सुनिश्चित ज्ञान छ न कुनै सुस्पष्ट अनुमान नै । तर, लगभग सबै वैज्ञानिकहरुको बीचमा यस कुरामा सहमति छ की जीवनको प्रथम उत्पति माटो अथवा बालुवामा तातो, सूर्य किरणबाट प्रकाशित, कम गहिरो र नूनिलो पानीमा भयो र त्यहाँबाट यसको प्रसार किनारतिर, कहिले पानीसहित तथा कहिले पानी विहीन हुने क्षेत्रहरु त्था गहिरो समुन्द्रमा भयो । [caption id=\"attachment_68101\" align=\"alignleft\" width=\"322\"] लेखक[/caption] दुनियाँ आफ्नो प्रारम्भिक कालमा जोडदार ज्वार–भाटाहरु तथा धारहरु भएको दुनियाँ थियो । संभवतः जीवहरुको किनाराहरुतर्फ बग्ने तथा सुक्ने अथवा तिनको गहिरो समुन्द्रतिर बग्ने तथा हावा र घामबाट टाढा हुने काण निरन्तर विनाश भइर¥यो होला । प्रारम्भिक परिस्थिति जीवहरुद्धारा जरो पक्रने तथा पक्रिरहने र भू–ग्रस्त हुन गएका प्राणीलाई तुरुन्त सुक्नबाट बजाउनको लागि बाह्य आवरण र खोल बनाउन सबै प्रवृत्तिहरुको लागि अनुकूल र साहायक थियो । प्रारम्भ देखि नै स्वादप्रति संवेदनशिल हुने थोरै पनि प्रवृत्तिले प्राणीलाई खानाको दिशामा घुमाईदिन्थ्यो तथा प्रकाशप्रति थोरै पनि संवेदनशिलताले तिनलाई समुन्द्रको गहिराई र गुफाजस्तो स्थितिको अन्धकारबाट बाहिर निक्लिनको लागि संघर्ष गर्ने अथवा थोरै पानीमा सूर्यको अत्याधिक प्रकाशबाट बच्नकोलागि घिस्रिएर पछाडि हट्नमा मद्दत गर्दथ्यो । प्राणीहरुको कवज जस्तै प्रथम बाह्य आवरण संभवतः कुनै शत्रुबाट रक्षा गर्नको सट्टा सुक्ने प्रवृत्तिबाट बच्न नै प्रेरित थियो । तर, हाम्रो पृथ्वीको इतिहासमा दाँत पन्जा धेरै छिटै आउँदछन् ।
एक नयाँ किसिमको प्राणी देखिन्छ, जुन आँखा र दाँतयुक्त छ तथा पूर्ण रुपले पौडने शक्ति र क्षमता भएका छन् ।प्रारम्भिक जल–विच्छुहरुलाईको आकारको विषयमा हामीले पहिले नै जानिसकेका छौं । लामो युगसम्म यस प्रकारका प्राणी जीव–जगतकाे मालिक रहेका छन् । तत्पश्चात पुराजैविक चट्टानहरुको सिलुरियन नामले ज्ञात खण्डमा जसलार्य धेरै भू–गर्भशास्त्री ४० करोड वर्ष पुरानो मान्दछन् । एक नयाँ किसिमको प्राणी देखिन्छ, जुन आँखा र दाँतयुक्त छ तथा पूर्ण रुपले पौडने शक्ति र क्षमता भएका छन् । यी ढाडको हाड भएका प्रथम ज्ञात प्राणी प्रारम्भिक माछाहरु अर्थात प्रथम ज्ञात कशेरुकी या मेरुदण्डयुक्त प्राणी थिए । यी पुराजैविक चट्टानहरुको डिवोनियान व्यवस्थाको नामले ज्ञात अघिल्लो खण्डमा यी माछाहरुको मात्रा अत्याधिक बढ्न जान्छ । यी माछाहरु यस युगमा यति व्यापक हुन्छन् की चट्टानी रेकर्डहरुको यस युगको माछाहरुको नाम दिइएको छ । ती माछाहरु, जुन अब समाप्त भइसकेका छन् जुन आजको शर्क एवम् स्थर्सियससँग मिल्दा–जुल्दो थिए । ती समुन्द्रमा तीव्रतापूर्वक दौडन्थे, पौडन्थे, हावामा उफ्रन्थे, समुन्द्री शैवालहरुको बीच पर्दथे र भ्रमण गर्दथे, एक–अर्कोको पीछा र शिकार गर्दथे, यस प्रकार धर्तीको समुन्द्रममा एक नयाँ प्रकारको जीवन्तताको सृजन गर्दथे । हाम्रो वर्तमान मानकहरुको अनुसार यी मध्ये कुनै पनि अत्याधिक ठूलो थिएन । तीमध्ये केही दुई वा ती फिटभन्दा लामो थिए, तर केही यसको अपवाद पनि थिए, जुन की २० फिट लामा हुन्थे ।
प्रथम उपज दाँत रक्षाको लागि हुन्थे न की खानको लागि ।भू–गर्भशास्त्रबाट यी माछाहरुको पूर्वजहरुको विषयमा हामीलाई केही पनि थाहा छैन । यी आफूभन्दा पहिले पाइने माछाहरुसँग सम्बन्धितजस्तै देखिदैनन् । यीनको वंशाणुक्रमको बारेमा जीव–वैज्ञानिकहरुको विचार सर्वाधिक रुचिकर छ तर यस ज्ञानलाई ती तीनको आज पनि जीवित वंशजहरुको अन्डहरुको विकासको अध्ययन गरी तथा केही अन्य माध्यमहरुबाट प्राप्त पर्दछन् । प्रतीयमानतः मेरुदण्डधारी प्राणीहरुका पूर्वज काेमल शरीर भएका तथा धेरै साना पौडने जीव थिए) जुन दाँतजस्तै कठोर भागलाई विकसित गर्ने प्रथम प्राणी थिए । तर ती दाँत छ तिनको मुख मा थिएनन् । स्केट अथवा डगफिसको दाँत यिनको मुखमाथि तथा तल्लो भागहरुलाई घेरेका हुन्छन् तथा यिनको ओठसम्म यी चेष्टा एवम् दाँतजस्तै तहसम्म पुगेको हुन्छ जुन तिनको पूरा शरीरमा एक खोल जसरी फैलिएको हुन्छ । प्रथम उपज दाँत रक्षाको लागि हुन्थे न की खानको लागि । यिनको प्रकट हुनुसँगै माछाहरु, रेकर्डमा दृश्य ढाड भएका प्राणी, बन्द अन्धकारबाट बाहिर पौडेर प्रकाशमा आउन जान्छन् ।
प्रतिकृया लेख्नुहोस्: