Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

एमाओवादी र वैद्य माओवादीबीच सुरु भयाे एकता प्रक्रिया (संयुक्त विज्ञप्तिसहित)

काठमाडौं, प्रचण्ड नेतृत्वको एकीकृत नेकपा (माओवादी) र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादीबीच पार्टी एकता हुने पक्का भएको छ । आइतबार प्रचण्डनिवास लाजिम्पाटमा बसेको दुई दलका शीर्ष नेताहरूको संयुक्त बैठकले वर्तमान सरकारलाई \'प्रतिगामी\' भन्दै आन्दोलनमा जाने समेत निर्णय लिएका छन् । प्रचण्ड र किरणलगायतका नेताहरुले शनिबार गोप्य छलफल गरेपछि एकताका लागि आइतबारै संयुक्त अपिल जारी गर्ने सहमति भएको थियो । लामो समयदेखि दुबै दलका दोस्रो तहका नेताहरुले माओवादी आन्दोलन कमजोर भएको भन्दै त्यसलाई मजबुत तुल्याउनका लागि एकता गर्न पहल गर्दै आइरहेका थिए । आइतबार बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले यसलाई मूर्त रुप दिएको छ । यसैबीच दुई माओवादी घटकहरुले बैठकलगत्तै संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ– ‘आज मिति २०७१ चैत १ गते एकीकृत नेकपा (माओवादी) का क. पुष्पकमल दाहाल ‘प्रचण्ड’, क. बाबुराम भट्टराई, क. नारायणकाजी श्रेष्ठ, क. कृष्णबहादुर महरा र नेकपा–माओवादीका क. मोहन वैद्य ‘किरण’, क. रामबहादुर थापा ‘बादल’, क. देव गुरुङको उपस्थितिमा दुई पक्षबीच वार्ता गरी निम्न सहमति गरियो– १. मुलुकको विद्यमान अवस्थालाई ध्यानमा राखी सबै माओवादी एवम् सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुका बीचमा पार्टी एकताको आवश्यकतालाई अनुभूत गरेर सिद्धान्तनिष्ठ पार्टी एकताका लागि नयाँ उचाइमा वैचारिक–राजनीतिक प्रश्नहरुमा साझा निष्कर्ष कायम गर्न दुवै पक्षबीच निम्न कमरेडहरु रहनुभएको वार्ता समिति गठन गरिएको छ । वार्ता समितिमा एकीकृत नेकपा (माओवादी) का तर्फबाट क. पुष्पकमल दाहाल ‘प्रचण्ड’, क. बाबुराम भट्टराई, क. नारायणकाजी श्रेष्ठ, क. कृष्णबहादुर महरा र क. टोपबहादुर रायमाझी रहनुभएको छ भने नेकपा–माओवादीका तर्फबाट क. मोहन वैद्य ‘किरण’, क. सीपी गजुरेल, क. रामबहादुर थापा ‘बादल’ र क. देव गुरुङ रहनुभएको छ । २. सिद्धान्तनिष्ठ पार्टी एकताका लागि गरिएको यस अभियानमा सबै माओवादी एवम् सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई योगदान पु¥याउन हार्दिक अपिल गर्ने निश्चित गरिएको छ । ३. मुलुकमा बढ्दै गइरहेको प्रतिगमन, जनघात, राष्ट्रघात र जनजीविकाका विषयहरुलाई लिएर संयुक्त आन्दोलन उठाउन जोड दिने निश्चित गरिएको छ । ४. तत्काल सत्यनिरुपण, मेलमिलाप तथा बेपत्ता छानबिनसम्बन्धी विषयलगायत शान्ति प्रक्रियासँग जोडिएका विषयहरुमा राज्य पक्षबाट भइरहेका प्रतिगमनकारी कदमहरुका विरुद्धमा संयुक्त आन्दोलनका कार्यक्रमहरु दिने निश्चित गरिएको छ । मोहन वैद्य ‘किरण’                                                       पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष                                                                           अध्यक्ष नेकपा–माओवादी                                                           एकीकृत नेकपा (माओवादी)                                                     मिति : २०७१ चैत १’ छलफलमा एमाओवादीबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा तथा नेकपा–माओवादीका तर्फबाट अध्यक्ष किरण, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा ‘बादल’ र सचिव देव गुरुङ सहभागी थिए । बैठकपछि दुबै दलका अध्यक्षहरूको हस्ताक्षरसहित संयुक्त अपिल जारी गरिएको छ । त्यस्तै, पार्टी एकताको प्रक्रियामा राजनीतिक, सैद्धान्तिक, सांगठानिक र सांस्कृतिक पक्षमा बहस चलाउन दुवै माओवादी सहमत भएको जानकारी बैठकपछि एमाओवादी महासचिव महराले सञ्चारमाध्यमलाई दिए । \"img010\"यसअघि शनिबार एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा–माओवादीका अध्यक्ष किरणबीच पार्टी एकताको सवालमा गम्भीर वार्ता भएको नेताहरुले बताएका छन् । स्रोतका अनुसार शनिबारको छलफलमा नेताहरुले लाजिम्पाटमा नै बिहानको खाना खाएका थिए । सो छलफलमा नेत्रविक्रम चन्द ‘विप्लव’ को माओवादी पार्टीसँग समेत एकीकरण गर्ने सहितका विषयमा कुराकानी भएको थियो । बानेश्वरस्थित एक समर्थकको घरमा भएको दुई माओवादीका अध्यक्षबीचको बैठकमा एमाओवादीका महासचिव कृष्णबहादुर महरा र नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ को समेत सहभागिता थियो । स्रोतका अनुसार माओवादी आन्दोलनको पुनर्गठनको अभियान थालेका एमाओवादी, किरण नेतृत्वको नेकपा–माओवादी र विप्लव नेतृत्वको नेकपा माओवादीका दोस्रो पुस्ताका नेताहरुको समेत पहलमा माओवादी एकताको अभियान अगाडि बढेको हो । माओवादी आन्दोलनका युवानेताहरु जनार्दन शर्मा, हितमान शाक्य र धर्मेन्द्र बास्तोलाले आ–आफ्ना शीर्ष नेताहरुलाई सार्वजनिक रुपमै एकताको पहल गर्न दबाव दिँदै आइरहेका थिए । युवानेताहरुको संयुक्त पहलमा सोमबार राजधानीस्थित प्रज्ञा भवनमा सोमबार दिउँसो १ बजे एक बृहत् अन्तर्क्रिया कार्यक्रम समेतको आयोजना गरिएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies