Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्रचण्डले प्रधानमन्त्रीलाई भने आन्दोलनमा जान्छौ

काठमाडाैं, प्रधानमन्त्री सुशील कोइराला र ३० दलीय मोर्चाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल विना निष्कर्ष टुंगिएको छ । शनिबार दलबीच कुरा नमिलेपछि आइतबारलाई दुई नेताले मात्रै सहमतिका लागि प्रयास गर्नेभन्दै बैठक बोलाइए पनि कुनै सहमति नभएको हो । छलफलका लागि प्रचण्ड बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । करिब एक घण्टा चलेको छलफलमा दुई नेताबीच कुनै सहमति नभएको प्रचण्डको स्वकीय सचिवालयले जानकारी दियो । छलफल सकारात्मक भए पनि प्रधानमन्त्रीबाट सहमतिका लागि कुनै प्रभावकारी प्रस्ताव नआएको प्रचण्ड सचिवालयको भनाई छ । प्रधानमन्त्री आपसी संवाद,सहकार्य,एकता,मेलमिलापका माध्यमबाट सहमति कायम गर्न सकिने बताएका थिए । केही समयदेखि चलिरहेको वार्ता प्रकृयालाई निरन्तरता दिनु पर्ने कुरामा प्रधानमन्त्रीले जोड दिएको उनका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए । ‘सम्माननीय प्रधानमन्त्री कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्ड बीच सम्पन्न आजको भेटवार्तामा दुवै नेताहरुले वार्ता र संवादद्वारा नै संविधान निर्माणका विषयमा सहमतिमा पुग्न सकिन्छ भन्ने आधार र विश्वास बलियो बन्दै गएको विचार व्यक्त गर्नुभएको थियो ।’ दुई नेताका भेटपछि जारी गरिएको विज्ञप्तीमा भनिएको छ । प्रधानमन्त्रीले वार्ताबाट विचलित नहुन पनि प्रचण्डलाई आग्रह गरेका छन् । ‘वार्ताको क्रममा हुने उतार चढाबबाट विचलित नभई संवादको प्रकृयालाई निरन्तरता दिएर संविधान निर्माणको प्रकृयालाई टुंगोमा पु¥याउन आग्रह गर्नु भएको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: