हामीसँगै सपना देख्न सुरु गरेकाहरुले स्वप्नलोकको उचाईबाट हाम्रा सपनाहरू गिज्याईरहेको सत्यलाई हामीले बढो लाचार भएर स्वीकार गर्नुपरेको छ ।यो मुद्दाको उचित ब्यावस्थापन पछि हाम्रा सपनाहरुलाई उडान भर्ने स्वतन्त्रता र उर्जा प्राप्त हुन्छ । त्यसपछि हामी हाम्रा संभावना र बिडम्बनाहरुको छिनोफानो गर्न सक्षम हुन्छौं । हो, पुर्खाको रगतले संचित एउटा हराभारा भबिस्य बोकेको संभावनायुक्त देशका नागरिक हौं हामी । तर कठोर बर्तमान उतिनै बिडम्बनापुर्ण गरि बिपरित उभिएको छ । हेरौं हाम्रा दाजुभाइ तथा दिदिबहिनीहरुलाई ,कोहि मलेसियामा दाउरा काट्दै छन । कोहि साउदीमा बालुवा चाल्दै छन । कोहि कतारमा ढुंगा फ़ुटाउदै छन् त कोहि कोरियामा खेत जोत्दै छन । एट्लान्टाको वारिपारी अनिश्चित भबिष्य लिएर भौतारी रहेकाहरु समेत जोड्दा हामी मध्ये तीस लाख जना केवल र केवल हातमुख जोर्नको निम्ति प्रबासमा जिन्दगी बिताई रहेका छौं । यता हाम्रो प्रचुर संभावना पौरखी सपनाद्रष्टको अभाबमा त्यसै त्यसै खेर गईरहेको छ । प्रायः दिनभरको थकानले केहिपल सुस्ताउने मौका पाउँदा म आफैलाई प्रश्न गर्ने गर्छु । के हाम्रो अन्तिम गन्तव्य यही र यति मात्रै हो त रु हाम्रा पुर्खाले आफ्नो ज्यान उत्सर्ग गरेर हामीलाई एउटा देश दिएका छन । के त्यो देश केवल एउटा मृगतृष्णा मात्रै हो त रु के हामी आफ्नो मेहनतले आफ्नो भुमीमा आफ्नो भबिस्य कोर्न नसक्ने गरि नपुंसक भएकै हौं रु के अब मेरो जन्मभुमि मेरा सन्तानका निम्ति एकादेश भएरै जाने हो त ? यीनै संभावना र बिडम्बनाका बिच , अघोरै निरासाका बीच पनि आशावादी हुँदै मैले एउटा सपना देख्ने गरेको छु मेरो एउटा सपना छ र त्यो सपना भित्र एउटा सिंगो देश छ । जहाँ चद्र सुर्य अंकित झन्डा फरफराएको छ । मेरो एउटा सपना छ जहाँ मेरो देश फेरी आफ्नो खुट्टामा उभिने छ । हाम्रा पुर्खाले जुन वैभवसाली बाटो देखाएका छन्, त्यो बाटोमा तीन करोड नेपाली हातेमालो गरेर संगै हिड्ने छन । त्यो सपना छ जहाँ , हिमाल, पहाड र तराइ एकजुट हुनेछ । जातीय र क्षेत्रीय संकिणता त्यागेर राष्ट्र निर्माणको साझा सपना देख्ने छ । त्यही एकताको बिस्वासले तराईमा शितलहर चल्दा पहाडले न्यानो कपडा र ओढ्ने पठाओस । पहाडमा भोकमरी लाग्दा तराइले खाद्याना पठाओस । तराइमा संकट आई पर्दा हिमाल र पहाड एक साथ तराइको सुरक्षा कवच बनेर उभिदा सहादत भएपनि पछुतो नमानोस । त्यस्तो अखण्ड भुमी जसको नागरिक हुनुको गर्व र अभिमानले सबैको छाती एक समानले फुल्न सकोस । सबैका भागमा अधिकार र सबैका भागमा कर्तव्य बराबरले अंश लाग्न सकोस ।
जहाँ चद्र सुर्य अंकित झन्डा फरफराएको छ । मेरो एउटा सपना छ जहाँ मेरो देश फेरी आफ्नो खुट्टामा उभिने छ । हाम्रा पुर्खाले जुन वैभवसाली बाटो देखाएका छन्, त्यो बाटोमा तीन करोड नेपाली हातेमालो गरेर संगै हिड्ने छन ।मेरो एउटा सपना छ र त्यो सपना भित्र सबै जात र सबै बर्णको एउटा साझा फुलबारी छ । जहाँ पुर्ब मेचीको बच्चा देखि पश्चिम महाकालीको बच्चा स्वतन्त्र र निर्भय पुर्बक दौडिरहेका र खेलीरहेका देख्न पाईयोस । तिनको पबित्र बाल चेतना जातीयरक्षेत्रीय र धार्मिक संकिणताको बिषाक्त भाबनाले संक्रमित नहोस ।यो नेपाल नामको फूलबारीमा तराईबासी, पहाडबासी र हिमालबासी नेपालीहरु संगै मिलेर बसेको देख्ने मेरो सानो र साधारण सपना छ । एक अर्कालाई क्षेत्रीय र जातीय आँखाले हैन एउटा मानबिय नेपाली आँखाले हेरेको देख्ने मसिनो सपना छ ।
तराइमा संकट आई पर्दा हिमाल र पहाड एक साथ तराइको सुरक्षा कवच बनेर उभिदा सहादत भएपनि पछुतो नमानोस । त्यस्तो अखण्ड भुमी जसको नागरिक हुनुको गर्व र अभिमानले सबैको छाती एक समानले फुल्न सकोस । सबैका भागमा अधिकार र सबैका भागमा कर्तव्य बराबरले अंश लाग्न सकोस ।स्वप्नलोकको त्यो बगैचा भित्र बस्ने एउटा नेपालीले अर्को नेपालीलाइ जात , भूगोल र भाषाको आधारमा फरक देख्ने छैन , बरु धेरै रंगहरु मिलेर बनेको सुन्दर इन्द्रेणीको झझल्को दिनेछ । मेरो एउटा सपना छ, जुन सपना भित्र कर्णाली , काठमाडौँ र सर्लाहीका महिलाहरु मुस्कुराईरहेका हुनेछन । मेरो एउटा सपना छ, त्यो सपना भित्र एउटा देश छ । जहाँ हिमालको तामांगको बच्चा , पहाडको छेत्रीको बच्चा , मदेशको मुसहरको बच्चा हात समातेर संगै बिद्यालय जानेछन र संगै मिलेर सुनौलो भबिस्यको आधार बनाउनेछन । मैले यस्तो देशको सपना देखेको छु, जहाँ दुई छाक खान नपुग्ने गरिको गरिबी हुने छैन । कानुन भन्दा माथी भ्रस्टाचार हुने छैन । महिलाहरु खुलेआम बलात्कृत हुने छैनन र कालोबजारी र गुण्डाराज राजनीतिको अंशियार हुने छैन । अशिक्षाको कालो युग समाप्त हुने छ र बेरोजगारी हुने छैन । अन्याय हुने छैन । अभाब र विभेद हुने छैन । मैले यस्तो देसको सपना देखेको छु, जहाँ सगरमाथाको शिरमा न्यायको ध्वजा फहराउने छ । पहाडका नदिहरुमा सम्मुनत र स्वतन्त्रता बहने छ । तराईका फाँटहरुमा समानताका आवाजहरु गुन्जिने छन । मेरो एउटा सपना छ । त्यो सपना भित्र एउटा देश छ । त्यो देश भित्र हिमाल पहाड र तराइ शान्त , समुन्नत र समृद्ध नेपाल निर्माणको लागि एक जुट भएर काँधमा काँध मिलाएर उभिएका हुनेछन ्र मेरो एउटा सपना छ , अनि त्यो सपना भित्र एउटा सिंगो देश छ । लेखकः राष्ट्र निर्माण शक्ति अभियानका प्रमुख अभियन्ता हुन् ।
प्रतिकृया लेख्नुहोस्: