Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मधेस पुगेर बाबुरामले दिए चेतावनी – ‘सबै नेपाली अखण्ड नेपालको पक्षमा छन् , पृथकताबादी हर्कत कसैले नगरोस ’

\"Baburamरौतहट । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले हिमाल, पहाड र मधेसलाई नयाँ शक्तिले मात्र जोड्न सक्ने बताएका छन् । हिमाल, पहाड र मधेसलाई अब केवल नयाँ शक्तिले मात्र जोड्न सक्छ,’ मधेस जागरण अभियानको क्रममा रौतहटको तेजा पाखर पुगेका संयोजक भट्टराईले भने , ‘राज्य संरचनामा तीन वटै क्लस्टरहरुको सन्तुलित सहभागितामा मात्रै राष्ट्रियता बलियो बनाउन सकिन्छ ।’ एक फरक प्रसंगमा उनले सहिद र बेपत्ता परिवारको जिम्मा नयाँ शक्तिले लिने बताए । सहिद र बेपत्ताको योगदानले मुलुकमा अहिलेको परिवर्तन भएको भन्दै उहाँहरुको योगदानलाई सम्मान गर्दै सहिद र बेपत्ता परिवारको जिम्मा नयाँ शक्तिले लिने बताएका हुन । यहाँ अहिले सहिदहरुको पोस्टर देखाएर राजनीति गर्ने काम भइरहेको छ,’ सहिदहरु सबैको साझा भएको भन्दै उनले भने, ‘हामी सहिद र बेपत्ताहरुको सपनाको बाटोमा छौं, त्यो भनेको मुलुकमा समृद्धि र सबै जनताले महसुस गर्न सक्ने गरी परिवर्तन हो ।’ उनले इतिहासको ब्याज खाएर राजनीति गर्ने दिन गएको भन्दै अबको राजनीति मुलुक र जनताको सुखी र खुसीको लागि हुनुपर्नेमा जोड दिए । संयोजक भट्टराईले पहिचान र अधिकारले मात्र पेट नभरिने भएकोले आर्थिक समृद्धिमा लाग्न मधेसी जनतासँग आग्रह गरे । ‘सीमामा नाका बन्द गर्दा जनताले दुःख पाए र मुलुक धेरै पछाडि धकेलियो,’ उनले मधेसी दलहरुलाई आग्रह गर्दै भने, ‘आन्दोलन मात्र गरेर केही हुनेवाला छैन, अब मुलुकको समृद्धिको लागि हातेमालो गर्न आवश्यक छ ।’ आफू प्रत्यक्ष मधेस भ्रमणमा रहेको र जनताको भावना बुझेको भन्दै संयोजक भट्टराईले अखण्ड नेपाल जनताको चाहना भएको बताए । ‘म सबै नेपालीसँग प्रत्यक्ष भेटघाट र सम्पर्कमा छु, सबैको कुरा सुनेको छु,’ सिके राउतप्रति संकेत गर्दै उनले भने , ‘सबै नेपाली अखण्ड नेपालको पक्षमा छन्, पृथकतावादी हर्कत नगर्न म चेतावनी दिन चाहन्छु ।’ कार्यक्रममा एमाले, कांग्रेस, माओवादी, मधेसवादी र स्वतन्त्रबाट १०० भन्दा धेरै कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेका थिए । यसैबीच मंगलबार साँझ सर्लाहीको हरिवन १० टाइवन पुगेका भट्टराईले १ सय ५७ जना विभिन्न पार्टीका नेता कार्यकर्तालाई नयाँ शक्तिमा प्रवेश गराएका थिए । उनले मधेस नयाँ शक्तिमय बनिरहेको भन्दै समृद्धि र विकासको नयाँ अध्यायको नेतृत्व नयाँ शक्तिले गर्ने बताए । संयोजक भट्टराई रौतहटको आजै रौतहटको गौरमा भेटघाट र अन्तरक्रिया कार्यक्रम रहेको छ । रौतहटपछि उहाँ बारा, पर्सालगायतका जिल्लामा सञ्चालित जागरण सभामा सहभागी हुन जाने कार्यक्रम रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending