Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

सरकार ! बास हैन पहिले पानी देऊ’

\"gulmi-khabar-1-750\" काभ्रे । सुनमाया तामाङ उमेरले ६७ वर्षको भइन् । उमेरका हिसाबले आराम गर्ने समयमा उनी दैनिक तीन घन्टा हिँड्दै परिवारका लागि पानीको जोहो गर्छिन् । उनी त्यति लामो बाटोमा २० लिटर पानी बोक्छिन् । फुलेको घुङ्ग्री कपाल, मुजा परेको अनुहार, पुर्पुरोमा हात लगाएर आफ्ना दुःखका कथा सुनाउँदै छिन् । काभ्रे जिल्लाको चन्डनी–८ की सुनमाया । बुढेसकालमा दिनहँु पानी बोक्नु उनको दैनिकी बनेको छ । ‘बुढेसकाल भनेर के गर्नु, जीवन बचाउनै प¥यो, वस्तुभाउलाई पनि खुवाउनु नै प¥यो,”–सुनमायाले भनिन् । यति कष्टकासाथ पानी बोकेर भएपनि सातजनाको तामाङ परिवारले एक हल गोरु, एक भैँसी र १० वटा बाख्रा पालेका छन् । टहराको कष्टकर जीवन बिताइरहे पनि उनीहरुलाई बासभन्दा पानीको नै अपरिहार्यता छ । गतबर्ष वैशाख १२ को भूकम्पले गाउँका पानीका मुहान सुकेपछि चन्डेनी र आसपासका गाविसमा खानेपानीको हाहाकार भएको छ । यी गाउँका मानिसले एक जर्किन पानीका लागि पूरै दिन बिताउनुपर्ने बाध्यता छ । गाउँका प्रत्येक घरबाट तीनदेखि पाँच जनासम्म पानी बोक्न जान्छन् । पानीकै कारण अन्य काम भने गर्न पाउँदैनन् । “खानेपानी नजिक भए अरू काम भ्याइन्थ्यो, पानी ल्याउँदैमा दिन बित्छ । पहिला यस्तो समस्या थिएन, भूकम्पपछि पानीको हाहाकारै भएको छ”, सुनमायाले थपिन् । भूकम्पले घर भत्काएपछि अहिले टहराको बास, गर्मीमा पोल्ने, हावाहुरीले सताउने बालबच्चालाई जोगाउन मुस्किल । यो समस्या गाउँको नियति नै बनिरहेको छ । चन्डेनी–९ का ६७ वर्षीय भक्तबहादुर श्रेष्ठको पीडा पनि सुनमायाको भन्दा कम छैन । एकातिर खानेपानीको समस्या छँदैछ, अर्कोतर्फ बासको समस्या उत्तिकै छ । हिउँदको जाडो त जसोतसो कट्यो । बर्खायाम सुरु हुनैलाग्दा भक्तबहादुरलाई कसरी परिवारलाई सुरक्षित गर्ने भन्ने चिन्ताले सताएको छ । “हावाहुरी चल्छ, टहरामा पानी चुहिन्छ, अब बर्खा लाग्न लाग्यो, कता भाग्नुपर्ने हो,” पाँच जनाका अभिभावक श्रेष्ठले भने । पानीकै समस्याका कारण दुहुना गाई बेच्नुभएका श्रेष्ठले अहिले आफूसहित बालबालिकालाई पनि पानीको समस्या भएको बताए । चन्डेनीको माथिल्लो भेगका जनताले छिमेकी जैसीथोक–५ भाटपोल भन्ने स्थानबाट पानी बोक्ने गरेका छन् । गाउँमा एउटै मात्र पानीको धारो छ, सानो पानी आउँछ, घन्टौँ हिँडेर पानी भर्न गएकाहरु धारोमा पनि पानी भर्न उत्तिकै लामो समय कुर्नुपर्छ । स्थानीयवासी सुन्तली तामाङले तीनघन्टा हिँडेर धारोसम्म पुगेपनि पानी भर्न डेढदेखि दुई घन्टा लाइन बस्नुपरेको सुनाए । सातजनाको परिवार र वस्तुभाउ धान्दै आएकी उनी दिनमा मुस्किलले दुईपटक पानी ल्याउछन् । अरू सबै काम छोडेर पानी बोक्दैमा दिन बिताउनुपरेको उनले दुखेसो पोखे । गाउँमा पानी बोक्न छोरा मान्छे जाँदैनन्, महिला नै जानुपर्ने बाध्यता छ । अधिकांश गाउँलेले गाडीमा बोकेर ल्याएको पानी प्रतिलिटर दुईका दरले किनेर बस्तुभाउलाई खुवाउने गरेका छन् । चन्डेनी–९ की सङ्गीता श्रेष्ठले एक गाग्री पानीका लागि राति १ बजे पनि जानुपर्ने र चारदेखि पाँच घन्टामा घरआइपुग्ने गरेको बताइन् । वातावरणविद् एकराज सिक्देलले गाविसमा पानीको हाहाकारलाई मध्यनजर गरी स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत पोभर्टी इन्भाइरन्मेन्ट इनिसिएसन ९पिइए० कार्यक्रम सुरु गरिएको बताए । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम ९युनेप० र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० को सहयोगमा चन्डेनीमा खानेपानी परियोजना सुरु गरिएको छ । कार्यक्रमअन्तर्गत करिब ३० लाखको लागतमा गाविसको तल्लोभेगमा पर्ने जरुवा पानीको रिजर्भ ट्याङ्की बनाई माथि पानी तानेर वितरण गर्ने कार्यक्रम छ । युनेपका परामर्शदाता समेत रहेका वातावरणविद् पूर्णचन्द्रलाल राजभण्डारीले गरिबी निवारण र वातावरण संरक्षणमा उत्प्रेरणा जगाउन कार्यक्रम सञ्चालन गरिएको बताए । गाउँमा पानीको हाहाकार भएपछि अधिकांशले दुहुना वस्तुभाउ, हलगोरु बेचिसकेका छन् । पानीकै कारण गोरु पाल्न समस्या भएपछि चन्डेनी–५ का लोकनाथ नेपालले हल गोरु बेचे । अहिले बारी जोत्न समस्या छ । भूकम्पले चन्डेनी मण्डनमा ३७ जनाको मृत्यु भएको थियो भने कुल ८७१ घरधुरीमा शतप्रतिशत घर भत्किएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy