Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

राज्यले उपेक्षा गर्दा थाङ्का कला लोप हुँदै

\"thanka\"काठमाडौं । नेपाल ललितकला पत्रकार समाज र तारागाउँ म्यूजियमको आयोजनामा हरेक महिनाको दोस्रो बुधबार हुने कलाका कुरामा यसपटक थाङ्का कलाका वरिष्ठ साधक मान बहादुर दोङसँग सम्वाद गर्यो । बेथान ७, रामेछापमा २०१४ सालमा जन्मिएका दोङले सानै उमेरबाट थाङ्कामा लागेको बताए । गाउँमा रहेको गुम्बाका भित्तामा रहेको चित्रबाट प्रभावित भएर गुरु डुप्चेन लामासँग थाङ्का सिकेको उनी बताउँछन् । नेपालमा थाङ्का कलाको संभावना प्रचुर मात्रामा रहेपनि यसको विकासमा राज्य र प्रतिष्ठानले खासै काम गर्न नसकेको उनले जनाए । नेपालको मौलिक कलाको रुपमा परिचित यो कलामा २० हजारभन्दा बढी मानिस आबद्ध भएपनि राज्यले यसको समुचित नीति बनाउन नसक्दा व्यवस्थित ढंगले अगाडि बढ्न नसकेको उनको गुनासो थियो । खासगरी सञ्चार र राज्यले उपेक्षा गरेकोमा उनले चित्त दुखाए । थांका कलाको विकासमा लागि शैक्षिक रुपमा नै राज्यले विकास गर्नुपर्नेमा उनको जोड थियो । कलाको प्राज्ञिक विकासका लागि काम गर्न स्थापना भएको प्रतिष्ठानमा समेत विज्ञभन्दा पनि चाकडी चाप्लुसी गर्ने मानसिकता भएका मानिसको हावी भएको र त्यसले कलाको सही अनुसन्धान तथा अन्य प्रभावकारी काम गर्न नसकेको उनले बताए । थाङ्का कलामा नेपालमा हजारौं कलाकारले काम गरेपनि प्रतिष्ठानले आयोजना गर्ने राष्टिय कला प्रदर्शनीमा मुस्किलले २०–३० जनामात्रै सहभागी हुनुले पनि यस क्षेत्रमा प्रतिष्ठानले के काम गर्यो भन्ने प्रश्न खडा भएको छ । किन कलाकारहरु राष्टिय कला प्रदर्शनीमा सहभागी हुने जाँगर देखाउदैनन् ? यसको जवाफ प्रतिष्ठानले खोज्न सकेको छैन । प्रतिष्ठानलाई प्रभावकारी बनाउन कला अनुसन्धान, गोष्ठी, कार्यशाला तथा विद्धत्तवृत्ति जस्ता कार्यक्रम गरी त्यसको प्रभावकारी अनुगमन गर्नुपर्दछ । तर हामी कहाँ यस्तो काम हुन नसक्नुका पछाडि विज्ञता भन्दा पनि प्राज्ञिक तथा प्रशासनिक ज्ञान नै नभएका व्यक्तिका कारण हो । राज्यले प्रतिष्ठानको गरिमा राख्न सक्ने व्यक्तिलाई उचित सम्मान दिन सके मात्रै नेपाली कलाको विकासमा केही काम हुन सक्ने उनको भनाई थियो । थांकालाई तिब्बेतियन कला भनेर व्यापारीले व्यापार गरेर यसको मौलिक मर्ममाथि प्रहार गरेको समेत उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending