Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

हरेक शनिबार यसरी वित्थ्यो लेनिनको दिन

\"lenin मार्क्सवादको प्रयोग गरि विशाल सोभियत संघमा समाजवादी सत्ता स्थापना गर्ने महान् व्यक्ति हुन् लेनिन । उनको पुरा नाम भ्लादिमिर इलिच लेनिन हो । उनी मजदुरलाई असाध्यै माया गर्थे । तीनै मजदुरको बलमा उनले विशाल रसियामा मार्क्सवादको सफल प्रयोग गरेका थिए । रसियाका कम्युनिस्टहरु श्रमलाई उच्च सम्मान गर्थे । उनीहरुले राष्ट्रलाई श्रमदान दिने भनेर पार्टी केन्द्रिय समितिमै निर्णय गर्थे । उनीहरुले हरेक शनिबार श्रमदान दिने निर्णय गरे । निर्णय कार्यान्यवन गर्न शिर्ष नेता नै पहिले लागि पर्थे । १९२० मा भएको पार्टी निर्णयलाई व्यवहारिक रुप दिन लेनिन स्वयम् श्रममा सहभागि भएका थिए । उक्त समयमा लेनिनसँगै सहभागी हुने एकजना सोभियत कम्युनिष्ट पार्टीका सदस्य इ. बोरीसोवको भनाई हामीले यहाँ प्रस्तुत गरेका छौं । \"lenin १ मेई १९२० मा रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) को केन्द्रिय समितिले हप्ताको एकदिन शनिबार देशका लागि श्रमदान गर्ने भनेर निणर्य ग¥यो । (त्यसलाई रुसमा ‘सुब्बोतनिक’ भनिन्थ्यो) । पार्टीले निणर्य गरेपछि लेनिन स्वयम् सोभियत संघको ‘क्रेमलिन’ भन्ने चौकमा काम गर्न खटिएका थिए । उक्त चौकमा काम गर्न पार्टीका स्थानीय कमरेडको नेतृत्व थियो । त्यसबेला क्रेमलिन चौक तहसनहस र निमार्ण सामग्रीहरुको थुप्रोले भरिएको थियो । लेनिन पुरै मजदुरको भेषमा पुरानो सुट र पुरानो जुत्ता लगाएर फिल्ड कमाण्डरको आदेशको प्रतिक्षा गरिरहेका थिए । फिल्ड कमाण्डरले लेनिनलाई हलुका सजिलो काम गरुन् भन्ने चाहाना राखेका थिए । तर उनको सोँच विपरित लेनिन बडो स्फूर्तिका साथ अप्ठेरा र गाह्रो कामहरुमा सहभागि भएका थिए । उनले फिल्ड कमाण्डरलाई ‘मैले के गर्नु पर्छ ? भनि पटक पटक सोधेका समेत थिए । त्यसपछि फिल्ड कमाण्डरले उनलाई काम लगाउँथे । लेनिन खुरुखुरु काम गर्थे । हामीले एउटा ठूलो काठ उठाउन थाल्यौं । हामी चाहान्थ्यौं की लेनिन यो काममा लागि नआउन् । तर हाम्रो सोँच विपरित लेनिन सबैभन्दा गह्रौं भाग काँधमा उठाएर बोक्न पो थाले ।’ अनि मैले भने, तपाई ५० वर्षको हुनुहुन्छ, म २८ वर्षको छु । म बोक्छु यहाँ । तर उनले ठिक छ भनेर ठाउँ छाडेनन् । [caption id=\"attachment_71242\" align=\"aligncenter\" width=\"750\"]\" आजको क्रेमलिन सहर[/caption] लेनिनले ढिलो होइन निकै छिटो छिटो अझ राम्रोसँग काम गरे । उनले हरेक काम छिटो र राम्रोसँग गर्नुपर्छ भनेर समेत देखाए । सँगै काम गरेका साथीहरु कयौं थाकेर बसे । तर लेनिन भने काम गरिरहेका थिए । चर्को घाम लागिरहेको थियो । सबैजना केही बेर आराम गर्न बसे । एकजना कमरेडले लेनिनलाई सिगरेट अघि बढाए । तर लेनिनले धन्यवाद भन्दै आफूले पिउने नगरेको बताए । त्यसदिन लेनिनले चार घण्टा काम गरे । त्यो चार घन्टा जुन मैले लेनिनको साथ काम गर्ने अवसर पाए, यो मेरो स्मृतिमा सदा रहिरहने छ । \"lenin सुब्बोतनिकः सोभियत संघमा छुट्टीदिन एक घण्टा अथवा शनिबारका दिन देशलाई श्रमदान गर्नेलाई सुब्बोतनिक भनिन्छ । सुब्बोतनिको अर्थ शनिबार भन्ने हुन्छ । यो काम सोभियत संघमा १० मेई १९१९ मा शनिबारकै दिन एक रेल मजदुरहरुबाट सुरु भएको थियो । सोभियत संघमा देशभक्तिपूर्ण युद्धको दौरान सुब्बोतनिकले निकै व्यापक रुप ग्रहण गरेको थियो । लेनिन सहित सबै कम्युनिस्ट नेताहरु यसमा सक्रिय सहभागी भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy