Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

नेपालमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष सहभागिता हुने

\"buddha-400\"चीन । यसवर्षको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष एवम् उच्चस्तरीय सहभागिता हुने भएको छ । भगवान गौतम बुद्धको जन्मदिन वैशाख शुक्ल पूर्णिमा ९बुद्ध पूर्णिमा० लाई नेपालले अन्तर्राष्ट्रिय बुद्धजयन्ती एवम् बौद्ध सम्मेलनका रुपमा मनाउने घोषणा गरेको छ । यसवर्ष आगामी जेठ ८ गते परेको यस जयन्तीका क्रममा नेपाल सरकारले जेठ ६ गतेदेखि काठमाडौं र लुम्बिनीमा तीन दिनसम्म सम्मेलनका विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ । चीनबाट ठूलो सङ्ख्यामा बौद्धमार्गी, विद्धान विदुषी तथा बौद्ध भिक्षु र बौद्ध दर्शनका अद्येताहरुका साथै चीन सरकारका तर्फबाट ठूलो सहभागिता हुने भएको बताइएको छ । सोही सम्मेलनका क्रममा लुम्बिनीमा चिनियाँ भिक्षु सुआन चाङको मूर्ति पनि राख्ने तय भएको छ । चाङ्ले नै नेपालबाट बुद्ध धर्म चीन लगेर प्रचारप्रसार गरेका थिए । यस सम्मेलनमा चीनको सान्सी प्रान्तका प्रमुख उपमन्त्री याओ यिनलिङ नेपाल आउने र उहाँकै उपस्थितिमा लुम्बिनीमा चाङ्का मूर्तिको अनावरण गरिने कार्यक्रम रहेको छ । त्यस्तै हेनान प्रान्तका बौद्धगुम्बा विभागका प्रमुख पनि सो सम्मेलनमा सहभागी हुने निश्चित भएको छ । चिनियाँ सान्सी प्रान्तको सियानमा अवस्थित सियान विश्वविद्यालयका प्राध्यापक डा। राजिवकुमार झाले केही महिनादेखि सान्सी, हेनान, सिचुवान प्रान्तका साथै राजधानी बेइजिङ्मा यस विषयमा व्यापक प्रचार गरेका छन् । उनले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको जानकारी पत्रपत्रिकामा विज्ञापन, लेख रचना तथा स्थानीय सञ्चारमाध्यमहरुमा अन्तरवार्ता मार्फत गराएका छन् । प्रा डा। झाले यस सम्मेलनमा बढीभन्दा बढी चिनियाँ भिक्षु तथा दार्शनिक र अद्येताहरुको सहभागिताका लागि यहाँका बौद्ध अध्ययन केन्द्र, विद्यालय एवम् विश्वविद्यालय, बौद्ध गुम्बा र अरु सम्बन्धित स्थानमा आपूm नै पुगेर वा प्रतिनिधि मार्फत सम्मेलनको प्रचार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गत महिना भएको चीन भ्रमणका क्रममा सिचुवान प्रान्तीय सरकारले प्रा डा।झालाई नेपाल र चीनको सिचुवान प्रान्तबीचको मैत्री सम्बन्ध प्रवद्र्धन गर्ने सद्भावना दूतका रुपमा नियुक्त गरेको हो । सिचुवान नेपालको सिस्टर सिटी ९भगिनी सहर० का रुपमा रहेकाले आफूले सिचुवान सहर तथा समग्र चीनसँगकै सम्बन्धका लागि विशेष भूमिका निर्वाह गर्ने जानकारी उनले दिए । नेपालमा मनाउन लागिएको सो अन्तर्राष्ट्रिय सम्मेलनमा बौद्ध दर्शनका अगुवा, यस क्षेत्रका विद्धान र भिक्षुहरुलाई सहभागी गराउन सकिएमा उनीहरुले चीनमा ल्याउने सन्देशले धेरै ठूलो अर्थ दिने र यसले नेपालमा चिनियाँ धार्मिक पर्यटकको सङ्ख्या ह्वात्तै बढ्ने उनले बताए । उनले भने – मैले अहिले नै नाम त दिन सक्दिन तर चीन सरकार, यहाँको कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेता तथा बौद्ध अध्ययनका विशिष्ट व्यक्तिसँग पनि कुराकानी गरिरहेकाले यस पटकको बुद्धजयन्तीमा चीनको उच्चस्तरीय सहभागिता हुनेछ । चीनका उच्च सरकारी अधिकारीसँग नै सहभागिताका लागि कुराकानी भइरहेको तर अहिलेसम्म व्यक्ति को भन्ने बारेमा भने निश्चित नभएको उनले जानकारी दिए । प्राध्यापक झाले नेपाल चीन सम्बन्धको विस्तारका लागि चीनमा बुद्धसम्बन्धी दर्शनको विस्तार र प्रचार पनि एक महत्वपूर्ण कार्य भएकोले आफूले यस पटकको अन्तर्राष्ट्रिय बुद्धजयन्तीमा बढी भन्दा बढी चिनियाँको सहभागिताका लागि काम गरिरहेको जानकारी दिए । गौतम बुद्धको २५६० औँ जयन्तीका अवसरमा मनाइने यस सम्मेलनमा ४० देशका भिक्षुलाई आमन्त्रण गरिएको र अहिलेसम्ममा २२ देशको सहभागिता निश्चित भएको जानकारी सरकारले दिएको छ । सम्मेलनमा ४०० प्रतिनिधिको सहभागिता हुने बताइएको छ । संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले यस पटकको सो सम्मेलनमा विश्वका कैयौँ देशको प्रतिनिधित्व हुने हँुदा यसले नेपालमा धार्मिक पर्यटनको आगमनमा ठूलो सहयोग पुग्ने धारणा राखे । लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले सम्मेलन यसअघिको तुलनामा सहभागी एवम् अन्य हिसाबले पनि विशेष हुने बताए । सम्मेलनमा बौद्ध दर्शन र धर्ममा आधारित बहस, यससम्बन्धी कार्यपत्र प्रस्तुत गरिनुका साथै बौद्ध दर्शनको विस्तारका बारेमा गोष्ठीहरु गरिने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies