Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

लेस्टरलाई दुई खेल बाँकी छदैँ उपाधि हात पार्न रोक्यो युनाईटेडले

\"unaited_lechester\"काठमाडौं । प्रिमियर लिगको अंक तालिकामा अबिश्वनियरुपमा शिर्ष स्थानमा रहेको लिचेष्टर शिटीलाई खराब लयमा रहेको म्यानेचेष्टर युनाईटेडले १–१ को बराबरीमा रोक्दा २ खेल अगाबै उपाधी हात पार्ने सिटीको लक्ष्यमा धक्का लागेको छ । युनाईटेडको मैदानमा आईतबार राति भएको खेलमा पहिलो हापको ७ औं मिनेटमै युनाईटेडका युवा स्ट्राइगर एन्थोनी मार्टियलले एन्थोनी भ्यालेन्सीयाको पासमा सटिक गोल गरी अग्रता दिलाएका थिए । तर युनाईटेडको अग्रता १० मिनेटको फरकमा नै तोडियो र खेल १–१ को बराबरीमा गयो । सिटीका कप्तान मार्गनले पहिलो हापको १७ औं मिनेटमा गोग गरेका हुन् । दुई खेल अगाबै उपाधि हत्याउने दाउमा युनाईटेडसँग भिडेको सिटी बराबरमा चित्त बुझाएर फर्कन मात्रै वाध्य भएन खेलको ८७ औं मिनेटमा ड्यानी ड्रिकवाटरलाई समेत बाँकी दुई खेलका लागी गुमायो र १० खेलाडीमा सिमित भयो । ड्यानी पहिलो हापमै चेतावनीसहित पहिलो पहेँलो कार्ड पाएका थिए भने ८७ औं मिनेटमा सोझै रातो कार्ड बेहोरेका हुन् । सिटीका स्ट्राइगर भार्डी रातो कार्डकै कारण खेलमा सहभागी हुन बन्चित थिए । उपाधिका लागी अब सिटीलाई केबल २ अंक आवश्यक छ ।   अंक तालिकाको दोस्रो स्थानमा रहेको टोटनहम (स्पर्स) १ खेल कम खेलेर ६९ अंक जोडेको छ भने १ खेल बढी खेलेको सिटीको ७७ अंक छ । अब सिटीले २ खेल खेल्न बाँकी छ । सिटीले २ खेल नै हारेर टोटनहमले बाँकी ३ खेल नै जित्यो भने मात्रै सिटीको उपाधि सपना तुहिने छ नत्र करिबकरिब सिटीको उपाधि यात्रा तय जस्तै छ । म्यानेचेष्टर सिटी साउथहप्टनसँग स्तब्ध \"liver_swansa\"अंक तालिकाको चौंथो स्थानमा रहनका लागी सघर्ष गरिरहेको म्यानेचेष्टर सिटी आईतबार राति नै भएको खेलमा साउहप्टनसँग फराकिलो गोल अन्तरमा पारजित भएको छ । पहिलो हापको २५ औं मिनेटमा साउहप्टनका लङको गोलबाट अग्रता बनाएको साउथहप्टनले २८ औं मिनेटमा एस मनेको गोलबाट २–०को अग्रता बनाएको थियो । ४४ औं मिनेटमा सिटीका के एनाचोले १ गोल गरेपनि ५७ र ६८ औं मिनेटमा एस मनेले २ गोल गरेका थिए । मनेले ह्याट्रिक गरेपछि कमजोर देखिएको सिटीले ७८ औं मिनेटमा खेलमा फर्कन कोशिष गर्दै के एनाचोले अर्को गोल थपे तर खेलमा बाँकी गोल हुन सकेन । र सिटी ४–२ गोल अन्त्रमा परास्त हुन पुग्यो । यसैगरी आईतबार राति नै भएको अर्को खेलमा स्वायन्सा सिटीसँग लिभरपुल ३–१ ले परास्त भयो । सिटीका लागी २० र ६७ औं मिनेटमा ए अवेले दुई गोल गरेका थिए भने ३३ औं मिनेटमा जे कर्कले १ गोल गरेका थिए । लिभरपुलका लागी ६५ औं मिनेटमा बेन्टेकेले गरेको १ गोल सान्त्वना गोलमा सिमित रह्यो । चौथों स्थानका लागी सघर्ष गरिरहेको म्यानेचेष्टर सिटीभन्दा ४ अंकले पछि रहेको म्यानेचेष्टर युनाईटेडले १ खेल कम खेलेर ३५ खेलबाट ६० अंक जोडेको छ भने ३६ खेल खेलेको सिटीको ६४ अंक छ । सिटीका बाँकी दुई खेलमा शतप्रतिशत जित निकालेन र युनाईटेडले बाँकी तिन खेल नै जित्यो भने सिटी अर्को सिजन च्याम्पियन्स लिगमा हुने छैन । सिटीले बाँकी दुई खेल तेस्रो स्थानमा रहेको आर्सनल र स्वयन्सा सिटीसँग प्रतिस्पर्धा गर्नेछ । यता आर्सनल सिटीका लागी घातक हुनसक्छ भने उता युनाईटेडका लागी वेष्टह्याम घातक हुनसक्छ । तर खराब लयमा रहेको म्यानेचेष्टर युनाईटेडले नर्विच सिटी, वेष्टह्याम युनाईटेड र वार्यनमाउथसँग जित हात पार्ने सम्भावनाबारे यसै भन्न सकिन्न ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending