Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

सरकार परिवर्तनबारे एमाओवादी नेतृत्वलाई केही सुझाव

[caption id=\"attachment_66300\" align=\"alignleft\" width=\"150\"]\"लेखक\" लेखक[/caption] अहिले सरकार परिवर्तनको हल्लाले  नेपाली राजनीतिक माहोल खुब तातेको छ | नेपाली कांग्रेस एमाले नेतृत्वको सरकार जसरि पनि ढाल्ने दाउपेचमा छ भने एमाले जसरि पनि सरकार टिकाउने र बजेट ल्याईछाड्ने कसरतमा छ ! सतहमा जे सुकै देखिए पनि यी दुवै पार्टी निकट भविष्यमा हुन गैरहेको स्थानीय निकायको चुनावलाई केन्द्रमा राखेर सरकार टिकाउने र ढाल्ने खेलमा पनि छन् ! सरकारमा बस्दा मात्रै  भोलि हुने स्थानीय निकायको चुनावमा मनोमानी गर्ने बाटो खुल्ने भएरै जसरिपनि सरकार नछोड्ने र नढाली नछाड्ने खेलमा एमाले र कांग्रेस लागिपरिरहेका छन् ! यसका अलावा आ आफ्ना सत्ता स्वार्थ त छदै छन् ! तर वर्तमान सरकार टिकाउने वा ढालेर नया सरकार बनाउने खेलमा निर्णायकका रुपमा एमाओवादी निर्णायक शक्ति रहेको छ ! यो अवस्थामा एमाओबादीले जे चाह्यो त्यहि हुने स्थिति छ ! यस्तो स्थितिमा एमाओबादीले के गर्नु उपयुक्त होला त ? छोटो विश्लेषण | वर्तमान सरकारमा एमाओबादीलाई सम्मानजनक स्थान प्राप्त छ र सरकारको साचो कमरेड प्रचण्डको हातमै छ ! नेपाली कांग्रेसले अफर गरेजस्तो प्रधानमन्त्री नै पाए पनि त्यो अवस्थामा अहिले जसरि मन्त्रालयहरु पाउने सम्भावना न्युन रहने छ ! किनभने त्यस्तो सरकार अहिलेको ओली नेतृत्वको सरकार भन्दा गन्जागोल भद्रगोल हुने छ ! त्यस्तो सरकारमा सबै(कांग्रेस, राप्रपा नेपाल, अधिकांस मधेशी दल, राप्रपा लगाएत अरु स-साना दल )को चित्त बुझाउन र सरकार टिकाउन सम्भवत ५० बढी मन्त्रीहरु बनाउनु पर्ने हुनेछ ! र अहिले सम्मकै सब भन्दा ठुलो मन्त्रिपरिषद बन्ने सम्भावना हुनेछ ! प्रचण्ड प्रधान मन्त्रि बन्नु भए पनि आफ्नो हातमा केहि रहने छैन र आफ्नै मन्त्रिहरुले टेर पुच्चर नलगाउने स्थिति पनि आउन सक्छ ! प्रतिपक्षी एमालेले पनि प्रसस्तै अवरोध गर्ने छ ! त्यस्तो सरकारको प्रधानमन्त्री पेन्डुलम प्रधानमन्त्री हुने छ ! पछिल्लो अवस्थामा नेपाली कांग्रेस भित्र संघियता धर्मनिरिपेक्षता लगाएत मुद्दा हरुलाई हेर्ने दृष्‍टिकोणमा क्रमश पश्चगामी प्रबृत्ति हावी हुदै गैरहेको देखिन्छ ! कांग्रेस महान्त्री सशांक कोइराला स्वयम् ले  पटक पटक बेबी किङ्ग र हिन्दु राष्ट्र पुनस्थापना गर्नु पर्ने जस्ता कुरा सार्वजनिक रुपमै बोलिसकेका छन् ! कांग्रेस भित्रका कट्टर हिन्दुवादीहरु खुमबहादुर खड्काको नेतृत्वमा टिमबद्ध पहिले देखीनै छन् ! यस्तो अवस्था र यस्ता व्यक्तिहरु लाइ समेटेर प्रचण्ड प्रधानमन्त्री बन्नु आफ्नै लागि घातक हुने निश्चित छ ! प्रचण्ड पहिलोचोटी प्रधानमन्त्री बन्दा भन्दा अहिले जनतामा बढी आशा अनि प्रसस्त आक्रोश छ ! बढ्दो महँगी कालाबजारी भ्रस्टाचार अभाबलाई चिर्न नया बन्ने सरकार सफल हुने छैन ! किन भने त्यो सरकारमा तिनै कालाबजारी भ्रस्टचारी हरुलाई हिजो देखिनै संरक्षण गर्दै आएका हरुको बोलवाला हुने छ ! भुकम्पले गर्दा घरबार बिहिन भएका हरुलाई व्यवस्थापन गर्नु छुट्टै चुनौती छ ! कांग्रेस आफै सरकारको नेतृत्वमा रहदा त नगरेको काम प्रचण्ड वा माओबादीको अरु कोहि प्रधानमन्त्री बन्दा सिधा तरिकाले काम गर्न दिन्छ भन्ने ग्यारेन्टी पनि छैन ! भुकम्प पीडितले पाउनु पर्ने जस्तापाता खाद्यान्न लगाएत अरु जिन्सी समान समेत कांग्रेसकै मन्त्रि र संसदहरुले लुकाएको बेचेको कुरा सबैले सुने देखेकै हो ! यस्तो अवस्थामा जनआक्रोश झनै बढ्ने र बिस्तारै उठ्दै गरेको माओबादीका संगठनहरुमा समेत नकारात्मक असर पुग्ने छ ! नेपालमा अहिले बन्दै गरेको बामपन्थी ध्रुविकरणलाई रोक्न तोड्न ठुलै शक्ति लागिपरिरहेको छ ! वर्तमान गठबन्धन सरकार फुटाउन भारतीय पक्ष्य अझ धुरन्धुर लागिपरेको छ ! किनभने जब सम्म नेपालमा एमाले - एमाओबादी गठबन्धन सरकार रहिरहन्छ नेपालमा भारतको प्रभाव त्यतिनै खस्किदै जाने निश्चित छ ! के पी ओली सरकार भारतको सहयोग समर्थन वा चाहनामा  बनेको सरकार पनि होइन ! त्यसैले भारत कुनै हालतमा एमाले एमाओबादी गठबन्धन टुटेको हेर्न चाहन्छ ! त्यसकालागि उसले भर्खर शेरबहादुर देउबालाई दिल्ली बोलाई दिनु पर्ने जति निर्देशन दिईसकेको छ  र कांग्रेस अब सरकार फेर्नु पर्छ भनेर निर्देशन मुताविक लागिसकेको छ ! त्यसको लागि सब भन्दा पहिले प्रचण्डलाई मनाउनु आवश्यक हुन्छ ! किन भने प्रचण्डले नचाहदा सम्म ओली नेतृत्वको सरकार टस को मस हुने छैन ! तर प्रचण्ड त्यतिकै मान्ने छैनन् ! त्यसका लागि प्रधानमन्त्री पदको भारतमा बनेको ललिपप कांग्रेसले प्रचण्डलाई देखाउदै छ ! निष्कर्ष: भारतले आफ्नो डिजाइनमा बनाएर कांग्रेस मार्फत देखाएको प्रधानमन्त्री रुपी बिष हालेको मिठाई देखेर सपना बुन्न थाल्नु कुनै कोणबाट एमाओबादीका लागि राम्रो छैन ! भारत नेपालको राजनीतिक वृत्तमा प्रतक्ष रुपमा चलखेल गर्न नपाउँदाको पिडामा छ ! सुशील कोइरालालाई पुन प्रधानमन्त्री बनाउने खेल बाट रिङ्ग आउट भएको भारत आहिले सम्म खेलमा राम्रो संग फर्कन सकेको छैन ! मधेसी देखि बाबुराम सम्मको कार्ड खेल्दा पनि नसके पछि बल्ल पार्टीमा शक्तिशाली भएर उदाएका आफ्ना विश्वास पात्र देउबा कार्ड चलाखी पूर्ण तरिकाले खेल्ने प्रपंचमा भारत रहेको छ ! यस्तो संगिन घडीमा एमाओबादीले गम्भीरता पुर्वक निर्णय लिनु आवश्यक छ ! यहि सरकारमा जति लड्नु छ जति झगडा गर्नु छ गर्दा हुन्छ ! यहाँ आफ्नो कुरा बाध्य भएर पनि सुनिनु पर्ने हुन्छ ! आफ्ना मन्त्रीहरुले काम गर्न नसकेको हो भने काम गर्न सक्ने लाइ पठाउनु उचित हुन्छ ! होइन काम गर्न नदीईएको हो भने त्यस बिषयमा बहस आगाडी लैजान सक्नु पर्छ ! तुलनात्मक रुपमा यो सरकार अलि प्रगतिशील र भारतीय दादागिरीको सामना गर्न सफल पनि छ ! प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै मिडियाकै सामु भारतीय दादागिरी बिरुद्द बोलेका पनि छन् ! यो सकारात्मक कुरा हो ! यो सरकार ढल्नु भनेको नेपाली राजनीतिमा फेरी अस्थिर दिनहरुको सुरुवात हुनु पनि हो ! अब बन्ने सरकारहरु २/५ महिना भन्दा धेरै टिक्ने गरि कुनै हालतमा बन्ने छैनन् ! सरकार बनाउने र ढाल्ने खेलमै पार्टीहरु रुमल्लिरहदा जनताका समस्याहरु दिनानुदिन बढ्दै जाने पक्का छ ! सब भन्दा ठुलो समस्या भुकम्प पिडित जनतामा पर्ने छ ! पुनर्निर्माण अलपत्र पर्ने छ ! यो कुरा एमाओबादी नेतृत्वले सायद बुझेको पनि होला ! तर क्षणिक सत्ता स्वादले अन्धो नबनाउला भन्न पनि सकिन्न ! यदि त्यस्तो भयो भने एमाओबादीको अर्को महभुल हुने छ !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies