Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

एथलेटिको म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

\"Amadrid\"काठमाडौं । पछिल्लो समय क्लब फुटबलमा ठूला टिमलाई टक्कर दिंदै आएको स्पेनिस क्लब एथलेटिको  म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा बायर्न म्युनिखसँग २–१ गोल अन्तरले पराजित भए पनि एथलेटिकोले अवे गोलको आधारमा समग्रमा २–२ गोल भए पनि फाइनलमा खेल्ने पक्का गरेको थियो । एथलेटिकोले एक हप्ता अघि आफ्नै मैदानमा जर्मन महारथी बायर्नलाई १–० ले हराएको थिया । तर, बायर्नको मैदानमा अवे एक गोल गरेपछि समग्रमा बराबरी भए पनि यसको फाइदा एथलेटिकोले उठायो । अब एथलेटिकोले इटालीमा हुने फाइनलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीको विजेतासँग खेल्नेछ । यो खेल आज राती हुदैछ । आफ्नै मैदानमा बायर्नले उत्कृष्ट फ्रिकिक गोलमा ३१ औं मिनेटमा अग्रता लियो । टिमका लागि जाबी अलोन्सोले गोल डि एरियाको केही बाहिरको बललाई खेलाडीको बीचबाट फ्रिकिकमा सानदार गोल गरे । ४० औं मिनेटमा बायर्नलाई २–० को अग्रता दिलाउने स्वर्णिम अवसर आयो । केही विवादास्पद मानिएको पेनाल्टी प्रहार गर्न बायर्नका थोमस मुलर अघि सरे । तर, उनको शक्तिशाली प्रहारलाई एथलेटिकोका गोलकिपर ओब्लाकले दाहिनेतिर डाइभ हान्दै सानदार बचाउ गरे । उनले अन्य खतरनाक प्रहार पनि रोक्दा टिमलाई गोल खानबाट बचाए । दोस्रो हाफको ५३ औं मिनेटमा फर्नान्डो टोरेसले निकालेको सुन्दर पासमा फर्ममा रहेका एथलेटिकाका एन्टिनियो ग्रिजम्यानले अफसाइड विट गर्दै सुझबुझपूर्ण गोल गरे । जसले टिमलाइ १–१ काे बराबरीमा लग्याे । लेबान्डोस्कीले ७४ औं मिनेटमा हेडबाट गोल गर्दै खेलमा फर्किने आशा देखाए पनि उनको गोलले २–२ को बराबरी त गर्यो त, अवे गोलले पछि पर्यो । उसले थप अर्को गोल गर्न नसक्दा लिगबाट बाहिरिन पुग्यो । अन्ततः मुलरको त्यही पेनाल्टी बायर्नका लागि पीडादायी बन्न पुग्यो । अन्ततः त्यही अवे गोल नै एथलेटिकोका लागि फाइनल खेल्ने अवे गोल बन्न पुग्यो । आज राती रियलले जिते दुई वर्ष अगाडिको जस्तै ला लिगाका दुई म्याड्रिडले र्नै २८ मेमा मिलानमा खेल्नेछन् । सिटी र रियलले पहिलो खेल गोलरहित बराबरी खेलेका थिए । रियलको मैदानमा रियलले गोलसहितको बराबरी खेल्दा अवे गोलको फाइदा सिटीलाई हुन्छ । त्यसैले रियललाई फाइनल खेल्न स्पष्ट जित चाहिन्छ । घाइते भइ आज रातीको खेलमा क्रिश्चियानो रोनाल्डो पनि मैदानमा फर्कंदा रियल केही उत्साहित भने छ । एथलेटिकोले ला लिगाको उपाधिका समेत बार्सिलोना र रियललाई पनि टक्कर दिइरहेको छ । दुई खेल बाँकी हुँदा बार्सिलोना र एथलेटिकोको समान अंक छ । रियल एक अंकले पछि छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending