Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

जब स्यानदाईलाई बन झाँक्रिले लग्यो

‘एउटा हाँगामा बसेर रुखलाई दुबैहातले अँगालिरहेको रहेछु, आफुलाई रुखमाथी पाउँदा झन डर लाग्यो’
पोखरा, बनझाँक्रिको कथा त तपाईले पनि सुन्नु भएकै छ होला । कोही न कोहीले तपाईलाई बनझाँक्रिको कथा सुनाएको हुन सक्छ । बाल्यकालमा तपाई पनि बनको बाटो हिंड््दा बनझाँक्रिसंग पक्कै डराउनुभयो होला । बनझाँक्रिले समातेर लैजाने कुरा आजपनि हाम्रा गाउँघरमा चलिरहन्छन् । झाँक्रिले लगेपछि ठूलो रुख वा ओढारमा लुकाएर राख्छन् र लगिने व्यक्तिलाई लामा विद्या सिकाउँछन् भन्ने किंबदन्तीले गाउँघरमा अहिलेपनि चर्चा पाउने गर्दछ । तर के साँच्चै बनझाँक्रि हुन्छ त ? अनि झाँक्रिले समातेर लान्छ र ? समातेर लगिसकेपछि बनझाँक्रिले के गर्छ, बनझाँक्रि कस्तो हुन्छ ? आदि इत्यादि प्रश्नले जोसुकैका लागिपनि कौतुहलता निम्त्याउने गर्दछ । भर्खरैमात्र कास्कीको एक गाउँमा एक व्यक्तिलाई बन झाँक्रिले लगेर १९ घण्टापछि छाडेको छ । स्याँग्जा आरुखर्क गाविसका हिमलाल सुदेवी ( स्यानदाई ) लाई लेखनाथको देउराली गाविस–२,बेत्यानीबाट बनझाँक्रिले लगेको हो । गएको शुक्रबार राती १२ बजेबाट हराएका सुबेदी शनिबार साँझ ७ बजे १९ घण्टापछि बनमा भेट्टिएका थिए । ‘हामी राति ११ बजे तिर सुतेका थियौं, भर्खरै झकाएको थिएं, अचानक कुनै शक्तिले मलाई तान्यो र म एकाएक त्यसतर्फ गएँ’ उनले सुनाए । कोठाभित्र बत्ति निभाएर सुतेपनि घर बाहिरको बत्ति सधै बलिरहेको हुन्थ्यो । तर स्यानदाई आँफैले त्यो बत्ति निभाए र जंगलतिर दौडिए । उनी आँफै दौडिएका भने थिएनन् । उनलाई कुनै दैवी शक्तिले दौडाएको हो । त्यो शक्ति अरु केहि नभएर बनझाँक्रि थियो । त्यतिबेला उनले आफ्नों चेत गुमाइसकेका थिए । एक्कैचोटी बिहानपख बिउँझिदा उनी कटुसको रुखमाथि थिए । ‘एउटा हाँगामा बसेर रुखलाई दुबैहातले अँगालिरहेको रहेछु, आफुलाई रुखमाथी पाउँदा झन डर लाग्यो’ उनले भने । आफुलाई बन झाँक्रिले रातको १२ बजेदेखि विहान ६ बजेसम्म कडुजको रुखमा राखेको उनले दाबी गरे । बन झाँक्रिले बिहानपख रुखबाट झारेर घरमुनिको गोठमा परालले छोपेर लुकाएको पनि उनले बताए । त्यसपछि अर्को पाँचघण्टा शौचालयमा थुनेर राखेको उनको भनाई छ । रुख चढ्दा, झर्दा र बनबनै दौडदा उनको नाकको डाँडि, दाहिने खुट्टाको गोलिगाँठो र कोखामा चोट लागेको छ । शौचालयमा थुनेपछि झाँक्रिले उनलाई घर नजिकैको बनमा लगेर छोडेको थियो जहाँ बनझाँक्रिको थान छ । राती उनीसंगै सुतेका साथीले उनी हराएको कुरा सार्वजनिक गरेका थिए । पहिला त उनले ‘स्यानदाई स्यानदाई’ भन्दै खोजे । तर नभेटेपछि उनले स्यानदाई हराएको कुरा गाउँलेलाई सुनाए । र गाउँलेको सहयोगमा उनको खोजीकार्य भयो । उनीहरुले १९ घण्टापछि स्यानदाईलाई बनझाँक्रिको थानमा भिजेको कट्टु र गञ्जि लगाएर सुतिरहेको अवस्थामा फेला पारेका थिए । शनिबार रातभर पानी परेकोले उनी निथु्रक्कै भिजेका थिए । लामाझाँक्रि र फु फा गरेपछि अहिले उनलाई सञ्चो भएको छ । ‘तर अझैपनि आँङ जिंग्रिङ्ग हुन्छ’–स्यानदाईले भने । यसअघि सोहि ठाउँमा अन्य दुईजनालाई पनि तर्साएको थियो । ‘राति १२ बजेबाट बिहान पाँचबजे सम्म ड्याँङ ड्याँङ गर्ने एकोहोरो आवाज सुनेर हामी निकै डरायौं, बिहान साथीहरुलाई सुनाउँदा उनीहरुले हाँसोमा उडाए’ सेन थरका एक व्यक्तिले भने । भैसिंहरुले सिङ जुधाएको वा कुनै जनावरहरु आपसमा लडिरहेको हुन सक्ने साथीहरुले अनुमान लगाएका थिए । (आदर्श नेपाल, पोखराबाट साभार)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending