Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

फोरम लोकतान्त्रिक अध्यक्षमा गच्छदारको उम्मेदवारी दर्ता

\"Rss_Images_1462345121261_PJ_Jhapa_160504_Pictureविराटनगर । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्षमा विजयकुमार गच्छदारले उम्मेदवारी दर्ता गराएका छन् । सो पार्टीको विराटनगरमा जारी अधिवेशनको तेस्रो दिन आज १०ः३० बजे उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन । उनको प्रस्तावक र समर्थकमा पाँच पाँच जना छन् । प्रस्तावकमा सो पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिक, धनुषा अध्यक्ष उमाशङ्कर अरगरिया, काभ्रे अध्यक्ष गोविन्दबहादुर थापा, नवलपरासी अध्यक्ष सुभाष गिरी र केन्द्रीय सदस्य ९काठमाडाँै० बाबुराम पोखरेल रहेका छन् । त्यसैगरी समर्थकमा चितवन जिल्ला अध्यक्ष जोखाप्रसाद चौंधरी, काठमाडौं अध्यक्ष रुद्रप्रसाद श्रेष्ठ, मोरङ अध्यक्ष भक्तिनाथ माझी, सुनसरी अध्यक्ष प्रदीप चौंधरी र केन्द्रीय सदस्य महेशदत्त रहेका छन् । सो अवसरमा पार्टी अध्यक्ष गच्छदारले आपूm सर्वसम्मत अध्यक्षमा निर्वाचित हुने विश्वास व्यक्त गर्दै लोकतान्त्रिक विधिबाट हुने निर्वाचनमा केन्द्रीय सदस्यमा पनि सर्वसम्मतिको प्रयास हुने र नभएको अवस्थामा मतदान हुने जानकारी गराए । सो पार्टीका ४२ केन्द्रीय सदस्य पदको निर्वाचन हुन लागेकामा समावेशीतर्फ २१ र खुलातर्फ २१ पदका लागि मनोनयनपत्र दर्ता भइसकेको छ । तीमध्ये आरक्षित पदमा मधेसीका चार, महिला, दलित ९पहाडी०, दलित ९मधेसी०, आदिवासी जनजाति ९मधेसी० आदिवासी जनजाति ९पहाडी०, पिछडावर्ग र खसआर्यका लागि दुई दुई पद आरिक्षत गरिएको छ । एक पद कर्णाली क्षेत्रका लागि आरक्षित गरिएको सूचना अधिकारी सुनिलरञ्जन सिंहले जानकारी गराए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies