Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

विप्लव माओवादीले सार्वजनिक गर्‍यो एकताबारेको धारणा

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आइतबार भएका माओवादी एकतासम्बन्धी घटनाक्रमहरूबारे साे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेकपा माओवादीका स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्गबहादु विश्वकर्मा ‘प्रकाण्ड’ ले उल्लेख गरेका छन्– ‘हाम्रो पार्टी नेकपा माओवादी, एमाओवादी र किरण नेतृत्वको माओवादी पार्टीसँग जोडेर एकताको प्रचारबाजी गराइएको र गरिएकोप्रति हाम्रो पार्टीको ध्यानाकर्षित भएको छ । उक्त प्रचारबाजी वास्तविकताभन्दा टाढा र सुनियोजित भएकाले यसलाई तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्दछौं । २०६३ सालयता नेपालको माओवादी क्रान्तिले एउटा धक्का बेर्होनुपरेको कुरा राष्ट्रिय राजनीति र एक हदसम्म विश्व राजनीतिमा स्पष्ट छ । माओवादी आन्दोलनमा पैदा भएको विचारधारात्मक, राजनीतिक, सच्चा कम्युनिस्ट पार्टी निर्माण, वर्गसंघर्ष र संस्कृतिमा देखापरेको विचलन र भड्कावको परिणमस्वरूप माओवादी क्रान्तिले धक्का खानुपरेको पार्टी निष्कर्ष छ । जसका कारण देशको राष्ट्रिय स्वाधीनता र नेपाली जनवादी क्रान्तिले पूर्णता प्राप्त सकेन, जुन सम्भव थियो । नेपाली क्रान्तिको यही गम्भीर विषयलाई दृष्टिगत गरी हाम्रो पार्टीले नेपालको माओवादी आन्दोलनको समग्र दृष्टिले पुनर्गठन गर्ने ऐतिहासिक पहलकदमी लिएको हो । नेपालको इमानदार माओवादीहरू, नेपाली कम्युनिस्ट आन्दोलनका सच्चा क्रान्तिकारीहरू र राष्ट्रिय मुक्ति एवम् स्वाधिनताका पक्षधर सबै शक्तिहरूको धु्रवीकरण तात्कालिक आवश्कताको विषय बनिसकेको छ । यसका निम्ति मालेमावादी विचार, क्रान्तिकारी कार्यदिशा, सच्चा कम्युनिस्ट पार्टी र आमजनतालाई एकताबद्ध गर्ने क्रान्तिकारी संघर्ष अनिवार्य छ । हाम्रो पार्टीले अहिले यसैको प्रतिनिधित्व र पहल गरिरहेको छ । यस्तो विशिष्ट अवस्थामा यो गोलमटोल गरिएको प्रचारबाजीले क्रान्तिकारी माओवादीहरू, राष्ट्रि स्वाधीनताका पक्षधर शक्तिहरू र आम नेपाली जनसमुदायमा आशंका र भ्रम सिर्जना गर्ने भएकाले उक्त प्रचारबाट सबै पक्ष सचेत रहन हाम्रो पार्टी विशेष अपिल गर्दछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: