चिहानबाट मृत छोराको ‘म जिउँदै छ मलाई निकाल’ भन्ने आवज सुनेपछि ....
बैशाख २५ गते, २०७३ शनिवार 7th May, 2016 Sat१७:४४:२३ मा प्रकाशित
एजेन्सी । चिहानमा गाडिसकेको शव गुन्गुनाएको, कसैलाई बोलाएको कुरा के तपाई पत्याउनु हुन्छ ? तपाईलाई यसमा विश्वास नलाग्न सक्छ , तर यस्तै एउटाघटना भएको छ भारतको उत्तर प्रदेश राज्यको मेरठस्थित जलालपुर गाउँमा । यस्तो अचम्मको एउटा घटना भएपछि गाउँले आश्चर्यचकित भएका छन् ।
दुई महिनाअघि मृत्यु भएर चिहानमा गाडिसकेका एक युवकले आफू जिउँदै भएकोले बाहिर निकाल्न गुहार लगाएपछि गाउँले आश्च र्यसँगै त्रसित भएका हुन् । मृत्यु भएर चिहानमा गाडेको दुई महिनापछि छोराले आफूलाई निकाल्न गुहार लगाएको भन्दै एक दम्पती प्रहरीसम्म नै पुगेका छन् ।
यो कुनै काल्पनिक घटना होइन । यो एक सत्य घटना हो उत्तर प्रदेशको मेरठ गाउँको । जहाँ एक पिताले जिल्ला प्रशासनसँग गुहार माग्दै उसको छोरालाई गाडिएको चिहान उत्खनन गर्न माग गरेका छन् । ती बाबुले आफ्नो छोराले चिहानभित्रबाट आफूलाई आवाज दिँदै बचाउन आग्रह गरेपछि प्रशासनसँग गुहार लगाउनुपरेको बताएका छन् ।
जलालपुर गाउँमा केही सातायता मानिसको अनुहारको खुसी हराएको छ । उनीहरुको आँखामा केबल त्रास मात्रै झल्किरहेको छ । किन कि उनीहरुको गाउँको एक मुर्दा बिहान बेलुका चिहानबाट निरन्तर आवाज दिइरहन्छ । स्थानीयबासिन्दाका अनुसार चिहानबाट गुनगुनाएको आवाज पनि आइरहन्छ ।
समाचार अनुसार यो चिहान स्थानीय युवा इरफानको हो । उनी गाँउका निकै मिजासिला र गाँउलेका निकै प्यारा मानिस थिए । एक दिन उनी अकस्मात विरामी परे । एक्कासी उनीले रगत बान्ता गरेपछि उनलाई अस्पताल लगिएको थियो । तर डक्टरले पनि उनलाई बचाउँन सकेनन् । अन्तत उनको मृत्यु भयो । दुइ महिना अघि नै उनको दाहसंस्कार गरिसकिएको हो । तर इरफानका परिवारका अनुसार अघिल्लो सातादेखि चिहानबाट इरफानको आवाज आइरहेको छ । इरफानको आवाजमा आफू जिउँदै रहेकोले बाहिर निकाल्न आग्रह गरिरहेको उनका परिवारको भनाइ छ ।
उनको परिवारका अनुसार गत २५ फेब्रुअरीमा निधन भएको हो । उनको मृत्यु पश्चात उनलाई दुई गज जमीन मुनी पुरिएको थियो । उनलाई चिहानमा पुरिएको दुई महिना पछि जब इरफानको चिहानभित्रबाट मानिस गुनगुनाउन थाल्यो । चिहानबाट मानिस गुनगुनाउन थालेपछि त्यस गाँउमा मानिसमा अश्चर्यका साथै त्रासदि छाउन थाल्यो ।
उनका पिता पिता सबिरुद्दीनका लागि जवान छोराको निधन दुस्खको कुनै अग्लो पहाड भन्दा कम थिएन। अहिले जब चिहानबाट आफूले जमिनमा गाडेको छोरो गुनगुनाउन थालेपछि त यो परिवार टुटेफुटेको काँचको शिशासरह भएको छ।
चिहानबाट छोराले बाहिर निकाल्न गुहार लगाइरहेपछि यो परिवारले जिल्ला प्रशासनलाई गुहार लगाउँदै सत्य पत्ता लगाउन भनेको छ । प्रशासनले आफूहरुलाई मद्दत दिएर चिहान खोतली आफ्नो छोराको साँचो कुरा बाहिर ल्याउने आशमा यो परिवार लागेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: