Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

किन चिलाउँछ हल्केला, पैसा आउने भएर हो ? थाहापाईराख्नुहोस ।

\"Hands\"हत्केला शरीरको संवेदनशील अंग मध्ये एक हो । यो मानिसको सवैभन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो । त्यसेले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभाव पार्दछ । हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतासँग पनि जोडिएको पाइन्छ । तर हत्केला चिलाउनुको पैसासँग कुनै साइनो छैन । स्वास्थ्य विज्ञानका अनुसार हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहरुको परिणाम हो वा रोगको संकेत हो । छालाको कोषहरु तीब्र बृद्ध भएमा र छालाको सतहमा जम्मा भएपनि हत्केल चिलाउने गर्दछ । कहिलेकाहीँ छालालाई कन्याँउदा पनि यस्तो समस्या उत्पन्न हुन्छ । झिंगाको संक्रममणले पनि यस्तो समस्या ल्याउँछ । झिंगा हत्केलाको माथिल्लो सतहमा बस्दा यो समस्या आउँछ । बढी भिडभाड भएको ठाँउमा झिंगाको संक्रमण हुने गर्छ । विशेष गरी बालबालिका र बृद्धबृद्धा यस्तो संक्रमणबाट प्रभावित हुन्छन् । मधुमेह र छालाको समस्या पनि एक अर्कासँग सम्बन्धित हुन्छन् । तसर्थ अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि संकेत हो । हत्केल चिलउनुका केही कारण र प्रकार यसप्रकार रहेका छन् । १. प्रइमेरी बिलियरी सिरहोसिस : लिभरसँग सम्बन्धित समस्याले पनि हत्केला चिलाउन सक्छ । कलेजोमा गम्भिर समस्या नआउँँदै हत्केला र पैताला चिलउने गर्दछ । चिलाउने समय र अवस्था फरक फरक हुन्छ । कहिले अकस्मात हुन्छ भने कहिले दिन वा रातमा मात्र चिलाउँछ । रगत प्रवाह गर्ने प्रणालीमा र विशेष गरी लिभरमा एसिड उत्पन्न इल एसिड हुँदा हात हत्केला चिलाउँछ । हात चिलाउने समस्या रोक्न एन्टिहिस्टामाइन दिइन्छ । खानेकुराको एलर्जीः खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ । कसैकसैलाई कुनै खानाले एलर्जी गरिहाल्छ र त्यसको असर हत्केलामा देखिन्छ । अन्डा, बदाम, दूध र समुद्री खानेकुराले पनि कसैकसैलाई एलर्जी बनाउँछ । यी खाना खानेबित्तिकै कोहीकोहीलाई एलर्जी भइहाल्छ । ३. कार्पल टनेल सिन्ड्रोमः नाडीको हड्डीको नसारुमा भएको चोटपछि हात र औलामा हुने पीडा पनि हत्केला चिलाउँछ । शरिरमा मध्यम खालको नसा दबिएमा कार्पेल टनेल सिन्ड्रोम हुन्छ । अध्यधिक लेख्दा, टाइप गर्दा तथा हात र औलाहरुको बढी प्र्रयोग हुदा यस्तो अवस्था आउँछ । असन्तुलित तरिकाले हत्केला चिलाउनु कार्पल टनेल सिन्ड्रोमको संकेत हो । औषधी वा शल्यक्तियाको तरिकाले पनि यो सिन्ड्रोमको उपचार गर्न सकिन्छ । एस्पिरिन, आईबुप्रोफिन, कोर्टिकोस्टेरोइड्सले नसाको दबाबलाई शान्त पारी हत्केला चिलाउन रोक्छ । नशालाई दबाब दिने तन्तुलाई शल्यक्रिया गरेर पनि चिलाउने समस्या रोक्न सकिन्छ । ४. इसेजमाः छालाको समस्याले पनि हत्केला चिलाउँछ । छालासमबन्धि यो रोग लाग्दा औलाहमा प्रभाव पार्छ । गर्मी र जाँडो मौसममा यसले प्रभाव पार्छ । अधिकांश इसेज्माको उचित उपचार छैन । कसरी बच्ने ? हातको राम्रो सरसफाई र विभिन्न प्रकारका लोसन र क्रिमले हत्केला चिल्लो पार्दा धेरै हदसम्म चिलाउने समस्याको समाधान हुन्छ । छालालाई कहिल्यै पनि सुख्खा नराख्ने । चिलायो भन्दै बेस्सरी रगेडेर कन्याउनु हुँदैन् । समस्या गम्भीर भयो भने तत्काल चिकित्सकको सल्लाहमा औषधी प्रयोग गर्नुपर्छ । हत्केला चिलाउने समस्याबाट निको पाउन सबैभन्दा पहिला त हात चिलाउनुको कारण बुझ्नु पर्छ । हत्केला चिलाउनुका विभिन्न कारण हुन्छन् । जाडो याममा हुने सुख्खा छाला वा बेस्सरी हात घोटेर धुदा पनि चिलाउने भएकोले ढुंगा वा जालीले हत्केला रगेड्नु हुँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending