Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

विश्वचर्चित कलाकार चार्ली चैप्लिनका मर्मस्पर्शी भनाईहरु

\"charly\" चार्लि चाप्लिन विश्वविख्यात कमेडियन हुन् । भनिन्छ, विश्व सिनेमाको इतिहासमा आजसम्म उनी जस्ता महान कलाकार जन्मिएका छैनन् । उनको खास नाम सर चार्ल्स स्पेन्सर चैप्लिन हो । पछि उनी चार्लि चैप्लिनको नामबाट प्रख्यात भए । चार्लिको सुरुवाती जीवन अत्यन्तै कष्टकर थियो । उनी विभिन्न कठिनाई र अभावसँग जुधेर त्यो स्थानमा पुगेका थिए । आफू रोएर पनि उनले दुनियाँलाई हँसाए । उनी मात्र दर्शकलाई मनोरञ्जन दिने हाँस्यअभिनेता थिएनन् । उनले आफ्नो सिनेमा मार्फत दुनियाँलाई शिक्षा समेत दिएका थिए । तीनै विश्व चर्चित व्यक्तित्वका केही महत्वपूर्ण भनाईहरु यहाँ प्रस्तुत गरिएको छ : १. ऐना मेरो सबैभन्दा असल साथी हो । किनकी जब म रुन्छु त्यो बेला सिसा हाँस्दैन । २. संसारमा केहीपनि चिज स्थायी छैन । हाम्रो दुःख पनि । ३. हाँसो बिना बिताएको दिन बर्बादीपूर्ण दिन हो । ४.म हमेसा पानीमा भिज्दै हिड्न मन पराउँछु । किनकी म रोएको अरुले देख्दैनन् । ५. यदि तपाई हाँस्नु भयो भने मात्र तपाईले थाहा पाउनु हुन्छ की जिन्दगी कति मूल्यवान छ । ६. मेरो दुखाई कसैको हाँसोको कारण बन्न सक्छ । तर मेरो हाँसो कसैको दुखाईको कारण बन्न सक्दैन । ७. तपाईको नाङ्गो शरिर उसैका लागि हुनुपर्छ, जसले तपाईलाई बिना स्वार्थ नाङ्गो आत्माले माया गर्छ । ८. हामी धेरै सोच्छौं तर महसुस असाध्यै कम गछौं । ९. कुनै व्यक्तिको असली चरित्र त्यतिबेला थाहा हुन्छ, जतिबेला उ नसामा हुन्छ । १०.जिन्दगी नजिकबाट हेर्दा एक त्रासदी हो, तर टाढाबाट हेर्दा एक कमेडी । ११.साँचो कुरा हाँस्नका लागि तपाईसँग आफ्नो पीडासँग खेल्ने सामर्थ हुन आवश्यक छ । १२. मानिसको घृणा अन्त्य हुनेछ । तानाशाह मर्नेछन् र जुन शक्ति उनीहरुले मानिसहरुबाट खोसेका थिए त्यो पनि फिर्ता हुनेछ १३.सही समयमा गलत काम गर्नु जीवनको एक विडम्बना हो । १४. एउटा कमेडी फिल्म बनाउन मलाई एउटा पार्क , एकजना पुलिसकर्मी र एउटी सुन्दरी भए काफि हुन्छ । १५. अब मेरोलागि अमेरिका उपयोगहिन स्थान हो । त्यहाँ स्वयम् यीशु मसीह नै राष्ट्रपति बने पनि म त्यहाँ फर्केर जाने छैन । १६. तपाईले तल झुकेर हेरेसम्म कहिल्यैपनि इन्द्रेणी हेर्न पाउनुहुने छैन । १७. तानाशाह आफूलाई आजाद गरि अरुलाई गुलाम बनाउछ । १८. तपाईको शक्तिको त्यतिबेला जरुरत पर्छ जब तपाई अरु कसैको हानी गर्दै हुनुहुन्छ, अन्यथा हरेक काम गर्न माया स्नेह नै काफि हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: