Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

युएइ दूतावासद्वारा नेपालमा सेवा सुरुवात

\"Nepal-UAE-Relation--Kamal-Thapa\"काठमाडौँ । संयुक्त अरब इमिरेट्स युएर्इले मंगलबारदेखि काठमाडौँमा विधिवत् रुपमा आफ्नो दूतावास स्थापना गरी सेवाको सुरुवात गरेको छ ।

नेपाल र युएर्इबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सन् २०१० मा नै युएइले नेपालमा दूतावास स्थापना गर्ने निर्णय गरेको थियो ।

दूतावास स्थापनासँगै अब युएर्इको भ्रमण गर्न, रोजगारीका लागि जाने श्रमिक तथा व्यापार गर्न त्यहाँ जाने नेपाली नागरिकलाई निकै सजिलो भएको छ । हाल युएर्इमा दुई लाखको हाराहारीमा नेपाली विविध क्षेत्रमा कार्यरत छन् । युएर्इले यसअघि भारतको नयाँदिल्लीबाट दूतावास नेपालसम्बन्धी काम हेर्ने गर्दथ्यो । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र युएर्इका विदेश तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले आज यहाँ आयोजित विशेष कार्यक्रममा राजदूतावासको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा संयुक्त रुपमा पानीपोखरीमा अवस्थित राजदूतावासको हाताभित्र युएर्इको राष्ट्रिय झन्डाको झन्डोत्तोलनसमेत भएको छ । विदेशमन्त्री नाह्यान युएर्इका प्रथम राष्ट्रपति एवम् अमिरका सुपुत्र हुन् । दूतावास उद्घाटन एवम् सेवा सुरुवात गर्न उनी विशेष विमानद्वारा मंगलबार नेपाल आएका हुन् । उद्घाटन समारोहमा परराष्ट्र मन्त्रालयका सचिव शङ्कर वैरागी, मन्त्रालयका शिष्टाचार अधिकृत चक्र सुवेदी एवम् नेपालका लागि युएइका नवनियुक्त राजदूत सइद हमदान अल नाक्वीलगायतको सहभागिता रहेको थियो । नवनियुक्त राजदूत नाक्वीले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेका छैनन् । नेपाल र युएईका लागि आजको दिन ऐतिहासिकः थापा उद्घाटन समारोहमा सङ्क्षिप्त मन्तव्य राख्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले नेपालमा युएर्इले आफ्नो राजदूतावास स्थापना गरी सेवाको सुरुवात भएसँगै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ हुने विश्वास व्यक्त गरे । उनले नेपाल र युएइबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध भएपछि आजको दिन ऐतिहासिक रहेको चर्चा गर्दै नेपालको आर्थिक एवम् पूर्वाधार विकासमा युएर्इले महत्वपूर्ण सहयोग गरिराखेको चर्चा गरे । गत वर्ष नेपालमा आएको भूकम्पको उद्धार र राहत तथा पुनः निर्माणमा युएईले गरेको सहयोगको स्मरण गर्दै युएईमा कार्यरत नेपाली युवालाई नेपालमा स्थापना भएको राजदूतावासले सहयोग पुर्याउने विश्वास व्यक्त गरे नेपाल युएर्इ दुईपक्षीय सम्बन्ध नयाँ उचाइमा सो अवसरमा युएर्इका विदेशमन्त्री नाह्यानले आफ्नो देशले वर्षौंदेखि अन्तर्राष्ट्रियस्तरमा नेपाललाई नजिकको असल मित्र तथा साझेदारका रुपमा हेरेको बताए । उनले सन् २०१५ को अप्रिल तथा मे महिनामा नेपालमा गएको भूकम्पले पुर्याएको क्षतिप्रति युएइका जनतालाई गहिरो दुःख लागेको चर्चा गर्दै नेपाली जनतालाई थप आवश्यक सहयोग गर्न युएर्इ सरकार तयार रहेको जानकारी गराए । विदेशमन्त्री नाह्यानले नेपाललाई सन् २०१५ मा मात्र युएर्इ सरकार तथा गैरसरकारी संस्थाले ६० लाख अमेरिकी डलरभन्दा बढीको सहयोग दिएको स्मरण गरे । काठमाडौँमा स्थापना भएको युएर्इको राजदूतावासले युएर्इको भ्रमण गर्ने, त्यहाँ व्यापार गर्ने, काम गर्ने नेपाली नागरिकलाई निकै सजिलो बनाउने विश्वास विदेशमन्त्री नाह्यानले व्यक्त गरे । उनले भने, ‘हाम्रो मुलुकको विकासमा नेपाली नागरिकले दिएको योगदानका लागि हामी सदैव मूल्यवान् ठान्छौँ र राजदूतावासको उद्घाटनले नेपाल तथा युएइबीच सम्बन्ध नयाँ तरिकाले विस्तार तथा उँचो गर्नेछ ।’ उनले भने, ‘यस भ्रमणमा मैले नेपाली समकक्षीसँग दुई मुलुकबीच आर्थिक तथा व्यापार सम्बन्ध विस्तार गर्ने सम्भावनाका विषयमा छलफल गरेँ । युएइै नेपालको तेस्रो सबैभन्दा ठूलो व्यापार साझेदार भएकोमा म गौरव गर्छु ।’ सन् २०१४ मा मात्र दुई मुलुकबीच तेलबाहेक दुईपक्षीय व्यापार २३ करोड ५० लाख अमेरिकी डलर बराबर रहेको थियो । त्यो तथ्याङ्क आउँदा वर्षमा अझै बढ्ने सम्भावना भएको उनको विश्वास छ । विदेशमन्त्री नाह्यानले युएइको प्रमुख भौगोलिक अवस्था तथा खुला, प्रगतिउन्मुख व्यापारिक वातावरणले मध्यपूर्व, दक्षिण एसिया तथा अफ्रिकाका क्षेत्रका लागि केन्द्रीय आर्थिक, अन्वेषण तथा व्यापारिक केन्द्र उपलब्ध हुने मार्ग बनाएको चर्चा गर्दै भौगोलिक कठिनाइमा रहेको नेपालजस्तो मुलुकलाई युएर्इसँगको सम्बन्ध विस्तारले आफ्नो सीमाभन्दा पर पनि आर्थिक उपस्थिति विस्तार गर्न पर्याप्त अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । हाल युएर्इका विमान सेवाले काठमाडौँमा प्रतिसाता ५१ वटा सोझै उडान भर्ने गर्दछन् । ‘पर्यटकीय क्षेत्रका रुपमा नेपालको मौलिक वातावरण तथा आकर्षणले नेपालको भ्रमण गर्न तथा यहाँ लगानी गर्न युएइका नागरिकलाई सरल अवसर प्रदान गर्छ’, विदेशमन्त्री नाह्यानले भने । आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझै सुदृढ हुनेमा आफू विश्वस्त रहेको उनले चर्चा गरे । नेपाल र युएर्इबीच द्विपक्षीय वार्ता सम्पन्न दूतावास उद्घाटनअघि नेपाल र युएर्इबीच द्विपक्षीय वार्ता भएको थियो । सो वार्तामा नेपाल पक्षको नेतृत्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापा र युएर्इका विदेशमन्त्री नाह्यानले गरे । वार्तामा परराष्ट्र मन्त्रालयका अतिरिक्त श्रम तथा रोजगार, उद्योग, अर्थ, गृह र पर्यटन मन्त्रालयका उच्चअधिकारी सहभागी भएका बुझिएको छ । मंगलबार उपप्रधानमन्त्री थापाले विदेश मन्त्री नाह्यानको सम्मानमा दिवाभोजको आयोजनासमेत गरेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies