Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सरलताभित्र हुन्छ मानिसको महानता, पढ्नुहोस एक प्रेरक प्रसंग

  [caption id=\"attachment_73221\" align=\"alignleft\" width=\"768\"]\"thomas thomas jefferson[/caption] अमेरिकाका तृतीय राष्ट्रपति थोमस जेफर्सन अत्यन्तै साधारण जीवन बाँच्ने गर्थे । अमेरिका जस्तो देशको राष्ट्रपति भइसक्दा पनि उनमा तडकभडक पटक्कै थिएन । उनी कहिलेकाही अत्यन्त साधारण भेशभुषामा सामान्य नगरिक झै कसले पनि नचिन्ने गरी हिँड्ने गर्थे । त्यसरी हिँड्दा उनलाई हत्तपत्त कसैले चिन्दैनथ्यो । त्यसगरी उनी एकदिन वासिङटनबाट बाहिर गएका थिए । त्यतिखेर उनी एक अत्यन्त गरिब किसानको भेषमा एउटा पाँचतारे होटलमा पुगे । उनले सो होटलमा पुगेर एउटा कोठाको लागि अनुरोध गरे । तर एक सामान्य गरिब किसानले पाँचतारे होटेलको बिल तिर्ने कल्पनै गर्न नसकिने हुनाले होटलमा मालिकले होटलमा कोठा खाली नभएको बताए र उनलाई कोठा दिएनन् । होटल मालिकले साधारण गरिब किसानलाई आफ्नो होटलमा बस्न दिँदा आफ्नो होटलको इज्जत जाने ठानेर कोठा खाली नभएको बहाना बनाएका थिए । होटल मालिको कुरा सुनिसकेपछि जेफर्सन केही नभनी त्यहाबाट निस्किए । होटलबाट बाहिरिँदै गर्दा ती होटल मालिकका साथी , जो होटल तिरै जाँदै थिए , उनले जोफर्सनलाई चिने । जेफर्सन त्यहाबाट अर्को होटलको खोजिमा लागे भने होटल मालिकका ती मित्रले भित्र पसेर राष्ट्रपति त्यस्तो रुपमा होटलमा आउनुको कारण आफ्ना मित्रलाई सोेधे । आफ्ना मित्रको मुखबाट आफ्नो होटलमा राष्ट्रपति आएको कुुरा थाहा पाएका ती होटल मालिकको सातो गयो । हड्वडाउँदै उनले तत्काल गाडी लिएर जेफर्सनलाई फर्काउन आफ्ना म्यानेजरलाई दौडाए । म्यानेजरले अर्को होटलको खोजी गर्दै गरेका जेफर्सनलाई भेटे र माफी माग्दै आफ्नो होटलमा फर्कन अनुरोध गरे । साथै , आफ्ना मालिकका तर्फबाट अन्जानमा भएको भुलका लागि माफी दिन अनुरोध गर्दै उनका लागि भिआइपी कोठा तयार भएको बताउँदै होटलमा फर्कन अनुनय विनय गरे । ती म्यानेजरको कुरा सुनिसकेपछि जेफर्सनले मुसुक्क हाँस्दै भने , ‘भर्खरै तिम्रा मालिकले होटलमा कोठा खालि नभएको बताएका थिए । अहिले कहाँबाट कोठा खालि भयो ? त्यसैले तिमी फर्केर जाऊ र तिम्रो मालिकलाई भनिदेउ , तिम्रो होटलमा एक गरिब अमेरिकी किसानका लागि त कोठा खालि छैन भने त्यहाँ अमेरिकाको राष्ट्रपति कसरी अटाउला ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: