Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

दूध बिक्रीबाट घरखर्च गरी बचाएको पैसा सडक निर्माणमा

\"milk\"सिन्धुली । सिन्धुलीको नेत्रकाली–८ घ्याङलेका स्थानीय कृषकले गाई भैँसीको दूध बिक्रीबाट राम्रो आम्दानी लिँदै आएका छन् । आफूलाई चाहिनेभन्दा बढी दूध बेचेर त्यहाँका कृषकले मासिक पाँच हजारदेखि २५ हजारसम्म आम्दानी लिने गरेका छन् । पहिला आफूलाई दैनिक घर खर्च चलाउन धौ–धौ पर्ने गरेको बताउने कृषक अहिले भैँसीपालनबाट स्वदेशमै रोजगारी मिलेको बताउँछन् । वर्षौदेखि उनीहरुले गाई र भैँसीपालन गर्दै आएका छन् । दूधबाट पहिला घ्यू बनाएर बेच्दा बजारको समस्यादेखि हजार समस्या थपिएको र अहिले दूध बिक्रीबाट आफूले मासिके हुँदा १० हजारदेखि १८ हजारसम्म आम्दानी लिएको कृषक धनराज वाइबाले बताए । पहिला बिहानी समय भैँसीलाई स्याहार–सुसारदेखि भैँसी दुहुने, दूध तताउने, ठेकी मस्काउने र दहीलाई मोही बनाई घ्यू निकाल्दा समय मात्रै बर्बाद भएको र अहिले दूध नै बेच्दा समय बचत भएको वाइबाको भनाइ छ । पहिला घर खर्च धान्नै असजिलो भएकामा केही वर्षदेखि दूध बेचेरै छोरा–छोरीलाई अध्ययन खर्च धान्न सकेको उनी बताउँछन् । यस्तै दूध बेचेरै आफूले दुई वटा भैँसीको दूध बिक्रीबाट मासिक २० देखि २५ हजारसम्म आम्दानी गर्ने गरेको स्थानीय कृषक सानुकेशर वाइबाले बताए । उनको चाखलाग्दो कुरा के छ भने त्यतिकै खेर जाने दूधबाट बनेको मोहीबाट मात्रे हैन अहिले भैँसी दोहिदिएपछि पैसा आइहाल्छ । सिन्धुली जिल्लाको ग्रामीण विकट तथा महाभारत क्षेत्रमा पर्ने यस गाविसमा सडकको पहुँच पुगेपछि बनेपा र काठमाडौं देखिका दुग्ध व्यवसायी गाडी लिएर दूध लिन आउने गरेको कृषक सानुकेशरले बताए । ग्रामीण क्षेत्रमा पोषिलो घाँससँगै व्यवसायिक तवरले पशुपालन गर्दा आम्दानी गर्न बिदेसिनु नपर्ने उदाहरण स्थानीय कृषकले दिएका छन् । भिरालो र वरिपरि जङ्गलै जङ्गल भएको बस्तीमा वस्तु पाल्न घाँसको कहिल्यै अभाव हुँदैन । एक पल्ट बिदेसिएर अहिले पशुपालनमा लागेका युवाले सरकारी जागिरसरह मासिक १० हजारदेखि २५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । स्थानीयवासीले दूध बेचेर आम्दानी गरेको रकम मध्येबाट बचाएको रकमबाट सडक विस्तार गर्न एक लाख रुपैयाँसम्म सहयोग गरेको सिन्धुली क्षेत्र नं ३ का नेपाली काँग्रेसबाट संविधान सभा सदस्यका लागि उम्मेदवारी दिएका खड्गबहादुर वाइबाले बताए । तामाङ जातिको बाहुल्यता रहेको घ्याङलेमा स्थानीयवासीको आर्थिक सहयोग र श्रमदानमा काभ्रेको भीमखोरी तथा सिन्धुलीको बस्तीपुर र मरिण क्षेत्रबाट जान सकिने ग्रामीण सडकको निमार्ण गरेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy