Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

मनुस्मृतिमा के छ ? जसले हजारौं वर्षदेखि करोडौं माथि अदृष्य शासन गरिरहेछ !

\"e1806422fbb482ec38f09e3fa850a0e6-750\"मनुस्मृति हिन्दु धर्मावलम्बीहरुको एक ग्रन्थ हो । यसलाई प्राचीनतम् ग्रन्थ मध्ये एक मानिन्छ । यस ग्रन्थलाई मनुद्वारा रचना गरिएको हुनाले यसलाई मनुस्मृति भनिएको हो । प्राचीन आर्य समाजलाई व्यवस्थित गर्न त्यसबेलाका धर्म भिरुहरुले यसको रचना गरे भन्ने धारणा पाइन्छ । मनुस्मृतिमा कल्याणकारी राज्य संचालनका नीतिहरू उल्लेख छन् । यसमा राजकीय समृद्धिको आधारका रूपमा कोषको संचालन, सुरक्षा, किफायतपूर्ण उपयोग र सार्वजनिक कल्याणका कामहरूको विवरण प्रस्तुत गरिएको छ । मनु भन्ने व्यक्ति को हुन् ? भन्ने विषयमा हिन्दुधर्मका विद्धानहरुमा एकमत भने पाइदैन । कौटिल्यको अर्थशास्त्रमा मानवाः भनी उल्लेख गरेको र महाभारतमा प्रचेतस मनु भनिएको व्यक्ति एउटै हो भन्ने पनि भनिएको छ । हिन्दू धर्मशास्त्रको रूपमा मनुस्मृतिलाई एक अमूल्य निधि मानिन्छ । दक्षिण एसिया र खास गरि भारत नेपालमा यसको प्रभाव युग युगान्तर रहेको पाइन्छ । मनुस्मृतिमा चार वर्ण, चार आश्रम र सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका कथाहरु सविस्तार वर्णित पाइन्छ । मनुको जीवनकाल र मनुस्मृतिको रचनाकालका विषयमा प्रष्ट उल्लेख भने कतै छैन । यद्धपि उनलाई हिन्दु धर्म परम्परामा आदिपुरुष र उनको शास्त्रलाई आदि शास्त्रका रुपमा लिइन्छ । उनले तत्कालीन समाजलाई व्यवस्थित गर्न शास्त्रको विकास गरेपनि उनैले चौथो श्रेणिमा बर्गिकृत गरेका शुद्रहरु र समाजको एउटा हिस्सा महिलाहरुलाई इतिहासको निकै गहिलो खाडलमा उठ्नै नसक्ने गरि दबाएर राख्यो । हिन्दु धर्म परम्परामा एउटा समुदायलाई यसले न्याय गरेपनि अन्य समुदायमाथि अदृष्य रक्तपातपूर्ण धार्मिक राजनीति गरेको भन्ने भनाई आज पाइन्छ । के छ मनुस्मृतिमा ? जसले खासगरि महिला र शूद्र भनिएकालाई २५ सयदेखि ३ हजार वर्षसम्म मान्छे भएर बाँच्न दिएनन् ? यसको बारेमा छोटकरीमा उल्लेख गर्ने प्रयत्न गरिएको छ । \"puja2-338\" १. मनुस्मृतिको अध्याय ९ श्लोक २ मा निम्नानुसार लेखिएको छः पुत्री, पत्नी, माता या कन्यालाई स्वतन्त्रता दिनु हुन्न । पतिले पत्नीलाई त्याग्न, कंगाल बनाएर राख्न, बेच्न सक्छ । तर, कुनै पनि स्त्रीलाई यो अधिकार दिइएको छैन । २. अध्याय ९, श्लोक ४५ मा निम्नानुसार लेखिएको छः विवाहपछि हर हालतमा पत्नीले पतिकै पत्नी भएर आजीवन रहनुपर्छ । ३. अध्याय ९, श्लोक ४१६ मा निम्नानुसार लेखिएको छः सम्पत्ति र अधिकारका हिसाबले शूद्रको स्त्रीहरू पनि दासी हुन् । कुनै पनि स्त्रीहरूलाई सम्पत्ति राख्ने अधिकार हुँदैन । स्त्रीहरूका सम्पतिको मालिक पनि उनका पति, पूत्र, या पिता मात्र हुन्छन् । ४. अध्याय ८, श्लोक २९९ मा निम्नानुसार लेखिएको छः ढोल, गंवार, शूद्र र नारी – यी सबै बेस्सरी ठोक्न लायकका हुन्छन् । अर्थात ढोललाई जस्तै नारीलाई पनि ठोक्नु उचित हुन्छ । ५. अध्याय २, श्लोक ६६ मा निम्नानुसार लेखिएको छः असत्य जसरी अपवित्र हुन्छ, उसरी नै स्त्रीहरू पनि अपवित्र हुन्छन् । अर्थात, पढ्ने, पढाउने, वेद(मंत्र बोल्ने आदि अधिकार स्त्रीलाई दिनु हुँदैन । ६. अध्याय ९१, श्लोक ३६ र ३७ मा निम्नानुसार लेखिएको छः स्त्रीहरू नर्कगामीनी हुने भएकोले यज्ञकार्य या दैनिक अग्निहोत्र गर्न सक्दैनन् । त्यसैले भनिन्छ ‘नारी नर्कको द्वार।’ ७. अध्याय ४, श्लोक २०५ र २०६ मा निम्नानुसार लेखिएको छः यज्ञकार्य गर्ने या वेद मन्त्र बोल्ने स्त्रीले पकाएको भोजन कुनै पनि ब्राह्मणले खानु हुँदैन । स्त्रीले गरेको यज्ञ कार्य अशुभ हुन्छ र कुनै पनि देवतालाई यो स्वीकार्य हुँदैन । अध्याय २, श्लोक २१४ र २१५ मा निम्नानुसार लेखिएको छः स्त्रीले पुरुषलाई मोहित गर्छे । स्त्रीले पुरुषलाई दास बनाएर पदभ्रष्ट गरिदिन्छे । स्त्रीले एकान्तको दुरुपयोग गर्छे । अध्याय ९, श्लोक ११४ र ११५ मा निम्नानुसार लेखिएको छः स्त्रीले सम्भोगको लागि पुरुषको उमेर या कुरुपता केही पनि हेर्दिन । स्त्री चञ्चल र हृदयहीन तथा पतिप्रति निष्ठारहित हुन्छे । अध्याय ९, श्लोक १७ मा निम्नानुसार लेखिएको छः स्त्रीले केवल ओछ्यान, आभुषण र वस्त्रहरूलाई मात्र प्रेम गर्छे तथा स्त्री वासनायुक्त, बेइमान, इर्ष्याखोर, दुराचारी हुन्छे । अध्याय ५, श्लोक ११५ मा निम्नानुसार लेखिएको छः सुखी संसारको निम्ति स्त्रीले जीवनभर पतिको आज्ञा पालन गर्नुपर्छ । अध्याय ५, श्लोक १५४ मा निम्नानुसार लेखिएको छः पति सदाचारहीन होस् या अरू स्त्रीप्रति आसक्त होस् या दुर्गुणी होस् वा नपुंसक होस् जस्तोसुकै पति भए पनि स्त्रीले पतिव्रता बनेर उसलाई देउताजस्तै पूजा गर्नुपर्छ । \"ILQ8yuYCkUY8i1sV-750\" मनुस्मृतिले निम्न चार वर्णमा समाजलाई विभक्त गरेका थिए ः १. ब्राह्मण ब्राह्मणको काम पढ्नु, पढाउनु, यज्ञ गर्नु वा गराउनु, दान लिनु । २. क्षेत्रीः क्षेत्रीको काम प्रजाको रक्षा गर्नु , दान दिनु, यज्ञ गराउनु ३. वैश्य वैश्यको काम, पशु पालन गर्नु , दान दिने, यज्ञ गराउने, ब्याज लिने । ४. शूद्र शूद्रको काम द्वेष र भावना रहित आनंदित भएर ब्राह्मण, क्षेत्री र वैश्यको निस्स्वार्थ सेवा गर्नु । मुनस्मृतिले अनुसार निम्नानुसारको सामाजिक प्राणीहरुको कल्पना गरेका थिए । १.ब्राह्मणसँग विद्या हुनुपर्छ । २. क्षेत्रीसँग बल हुनुपर्छ । ३. वैश्यसँग धन हुनुपर्छ । ४. शूद्र त जन्मैले सेवक हो । मनुस्मृतिले विवाह संस्कारका लागि निम्नानुसारको नियम बनाएका थिए ः क. ब्राह्मणले चारै वर्णका कन्याहरू छान्न सक्छन् । ख. क्षेत्रीले ब्राह्मण कन्याबाहेक बाँकी तीनै वर्णका कन्याहरू छान्न सक्छन् । ग. वैश्यले वैश्य र शूद्र कन्या छान्न सक्छन् । घ. शूद्रले शूद्र कन्यासँग मात्र विवाह गर्न सक्छ । मनुस्मृतिमा अतिथि प्रणाली यस्तो थियो ः क. ब्राह्मणको घरमा केवल ब्राह्मणलाई मात्र अतिथिको आदर दिन सकिन्छ । ख. क्षेत्रीको घरमा ब्राह्मण र क्षत्रियलाई मात्र अतिथिको दर्जा दिन सकिन्छ । ग. वैश्यको घरमा ब्राह्मण, क्षत्रिय र वैश्य तीनै वर्णका मानिसले अतिथिको दर्जा पाउँछन् । घ. शूद्रको घरमा केवल शूद्रले मात्र अतिथिको दर्जा पाउँछ । अरु वर्णका मानिसले शूद्रको घरमा आउने÷जाने गर्नु हुँदैन । मनुस्मृतिमा खाना सम्बन्धि यस्तो थियो नीति :  क. ब्राह्मणको घरमा पाकेको खाना अमृत समान हुन्छ । ख. क्षत्रियको घरमा पाकेको खाना दूध समान हुन्छ । ग. वैश्यको घरमा पाकेको खाना अन्न समान हुन्छ । घ. शूद्रको घरमा पाकेको खाना रक्त समान हुन्छ । त्यो खाना खान योग्य नै हुँदैन। \"crime-750\" मनुस्मृतिमा बलात्कारीलाई दिइने दण्ड यस्तो थियो :  क. ब्राह्मणले गैरकानुनी सम्भोग गरे केश मुँडेर छोडिदिने । ख. क्षेत्रीले गैरकानुनी सम्भोग गरे एक हजार जरिवाना गर्ने । ग. वैश्यले गैरकानुनी सम्भोग गरे उसको सम्पत्ति खोस्ने, १ वर्ष कैद गर्ने र देश निकाला गरिदिने । घ. शूद्रले गैरकानुनी सम्भोग गरे उसको सम्पत्ति खोस्ने, उसको लिङ्ग काटिदिने साथै, शूद्रले अरु वर्णको महिलासँग गैरकानुनी सम्भोग गरे उसको एउटा अंग काटेर हत्या गरिदिने । \"349-600\" मनुस्मृतिमा मृत्युदण्ड सम्बन्धि व्यवस्था यस्तो थियो : क. ब्राह्मणको हत्या अर्थात् ब्रह्महत्या भनेको महापाप हो । ब्रह्महत्या गर्ने मानिसलाई कहिल्यै पनि पापबाट मुक्ति हुनेछैन । त्यसकारण ब्राह्मणलाई मार्न हुँदैन । ख. क्षेत्रीको हत्या गर्नेलाई ब्रह्महत्याको एक चौथाइ बराबर पाप लाग्छ । ग. वैश्यको हत्या गर्नेलाई ब्रह्महत्याको आठौँ हिस्सा बराबरको पाप लाग्छ । घ. शूद्रको हत्या गर्नेलाई ब्रह्महत्याको सोह्रौं हिस्सा बराबरको मात्र पाप लाग्छ ।               स्रोतः मनुस्मृति सम्बन्धि विभिन्न पुस्तकहरु           विकिपिडिया डटकम,           सेतामगुराली डटकम लगायतका विभिन्न वेवसाइटहरु
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy