Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

थाहा पाईराख्नुहोस सपनाबारे १० रोचक तथ्य

\"dreams\"हामी दुई किसिमले सपना देख्छौ एउटा जागृत अबस्थामा र अर्को निदाएको अवस्थामा । जागृत अवस्थामा देखेका सपनाका बारेमा तथ्य त धेरैलाई थाहा होला तर धेरै कमलाई थाहा होला कि निद्रामा देखिएको सपनाका कारण कति धेरै आविष्कार भएका छन् । यसरी निन्द्रामा देखेको सपनाले कयौं पटक मानिसहरुको ज्यान समेत बचेको छ । जान्नुहोस सपनाका बारेमा हामीले थाहा नपाएका केही तथ्यहरु स् १.हामी कति सपना देख्ने गर्छौं ? औषतमा कुनै पनि मानिस एक रातमा ४ देखि ६ सपना देख्ने गर्दछ । तर यसमा ९० प्रतिशत जागेर देखिने सपना हुन्छ जुन १० मिनेटमा मान्छेले बिर्सिने गर्दछ २। जीवनको ६ बर्ष सपनामै बित्छ सायद तपाई यो बारे यकिन गर्न सक्नुहुन्न तर एक व्यक्ति आफ्नो जीवनकालमा करिब ६ बर्ष सपना देखेर बिताउने गर्दछ। २. सपनामा दिमागको गतिविधि  दिमागको गतिविधि तपाईलाई लाग्न सक्छ कि सपना देख्ने समय हाम्रो दिमाग शान्त रहने गर्दछ । तर दिमाग सपना देख्ने केहि अवस्थामा बिउन्झिदा भन्दा बढी सक्रिय रहने गर्दछ । यस्तो अवस्थामा रेपिड आइ मुभमेन्ट अर्थात आँखाको गतिशिलता अत्यन्त तेज हुने गर्दछ जुन गम्भीर सपना देख्ने क्रममा हुन्छ । यस्तो सपना देख्ने अवस्थामा शरीर शिथिल र थकित हुने गर्दछ र शरीरलाई सपना अनुसार चल्नबाट रोक्दछ । ३. सपनाबाट मान्छेले नयाँ कुरा सिक्ने गर्छ  अनुसन्धानबाट यो कुरा सत्य प्रमाणित भएको छ कि सपनाले मान्छेलाई सिक्ने र समस्याको समाधान गर्न सहयोग गर्दछ । सपना दिमागको एउटा प्रक्रिया जस्तै हो जसले नयाँ जानकारीलाई सम्झाउने र सिकाउने गर्दछ । प्रायजसो मानिसहरु सपनालाई दोहोर्याएर नदेख्ने चाहना राख्ने गर्दछन । जसको सम्बन्ध हामि वरिपरिको वातावरण वा हामीसंग सम्बन्धित ती विषयहरु संग सम्बन्धित हुन्छन जसबारे हामीलाई बुझ्न र सिक्न अत्यन्त आवश्यक हुन्छ। ४. बिउझिएर देखिने सपना ः विभिन्न प्रविधिको प्रयोग गर्दै मान्छेहरु आफ्नो सपनालाई नियन्त्रण गर्न सक्ने भएका छन् । यस प्रकारको सपनामा मानिसहरु उड्ने, भित्तामा हिड्ने, समय भन्दा पछाडी यात्रा गर्ने जस्ता रोचक सपनाहरु हुने गर्दछन। ५.  आखाँ नदेख्नेको पनि सपना यस्तो मान्छे जो जन्मदै अन्धो थिएनन् तर पछि आँखाको रोशनी गुमाएका हुन्छन, यस्ता मानिसहरुले सपनामा छाया देख्ने गर्दछन । तर जन्मदै आँखाको किरण गुमाएका हुन्छन उनीहरुले सपनामा केहि पनि देख्दैनन। तै पनि उनीहरु सपना देख्ने गर्छन तर सपनाबाट छुट्टै अनुभूति हुने गर्दछ। ६.  सामान्य सपना स् जसको बारेमा मानिसहरु प्रायजसो कुरा गरी रहन्छन, त्यसमा आफ्नो पार्टनरलाई कोहि दोस्रो व्यक्तिसंग अफेयर गरेको देखिनु हो । यस प्रकारका सपना कुनै खराब सपना झैँ हुने गर्दछन । कयौ पटक यस प्रकारका सपनाका कारण पार्टनरबीच झगडा समेत हुने गर्दछ। तसर्थ यस्तो सपनालाई खराब सपना सम्झेर व्यक्तिगत नलिनु नै उचित हुने विज्ञहरु बताउदछन। ७. सपनामै स्खलन यसलाई चिसो सपना भनेर पनि व्याख्या गरिन्छ । यो यस्तो प्रक्रिया हो जहा सपना देख्ने क्रममा मान्छेलाई अर्गाजम अर्थात आनन्द महसुस हुने गर्दछ। यस्तो सपना प्रायजसो किशोरावास्थामा बढी आउने गर्दछ। तर पनि यसप्रकारका सपना मान्छेको जीवनमा जहिले पनि आउने गर्दछ। एक अध्ययनका अनुसार सबै पुरुष र महिलाद्वारा देखिने सपनामा ४ प्रतिशत सपनाको परिणाम अर्गाजम हुने गर्दछ । एक रातमा औषतमा एक पुरुष ४।५ पटक स्खलन हुने सम्भावना रहन्छ र यस मध्य प्रत्येकको अवधि २० देखि ३० मिनेट हुन सक्दछ। ८ . आश्चर्यजनक आविष्कार विश्वमा कयौ ठुला आविष्कारहरु सपनाका कारणले भएका छन। जस्तो कि जेम्स वाटसन, जसले डीएनएको डबल हेलिक्स स्पाइरल संरचनाको सपना देखेका थिए। अर्का व्यक्ति हेलियस होब , जसले सिलाइ मशिन देखे। दमित्री मान्डेले, जसले पिरियाडीक टेबल सपनामा देखेका थिए। ९ . भविष्यबारे सपना  यस्ता कयौ हैरान बनाउने घटनाहरु भएका छन्। जहा मानिसहरु यस्तो सपना देखे जो पछि उनीहरुकै जीवनमा सपनामा देखेको घटना भएको छ । तपाइँ भन्न सक्नुहुन्छ कि यी मान्छेहरुले सपनामा नै भविष्यको चित्र देखे । यस्तो रहस्यमयी सपनाले मान्छेलाई धेरै धनि बनाएको छ भने कयौ दुर्घटनाबाट मानिसहरुलाई बचाएको छ। १० . स्लिप प्यारालाइसिस  विउझिदा यस्तो महसुस हुने अवस्स्था हो जहा मानिस आफुलाई प्यारालाइसिस भएको महसुस गर्दछ र आवाज निकालेर चिच्याउन समेत सक्दैन र तपाई आफ्नो कोठामा कुनै खराब आत्मा भएको महसुस गर्नुहुन्छ । अध्ययन अनुसार ८ प्रतिशत भन्दा कम मानिस स्लिप प्यारालाइसिस भएको अनुभव गर्दछन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy