Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सोनाक्षीलाई सेनाको सलाम नेपाली कलाकारलाई पचेन

\"Capture\"   काठमाडौं । भूकम्पपीडितको सहयोगार्थ सैनिक श्रीमति संघले काठमाडौंको टुँडिखेलमा दुई भारतीय अभिनेत्रीलाई उभ्यायो । सैनिक श्रीमति संघको आयोजनामा भएको कार्यक्रममा सेनाको सहयोग नहुने कुरै भएन । शनिबार टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा उपस्थित हुन भारतीय अभिनेत्री सोनाक्षी सिन्हा र मलाइका अरोरा काठमाडौं आएका थिए । सैनिक परिवारको कार्यक्रमको मञ्चमा कम्मर हल्लाउन आएकी दुई अभिनेत्रीले शनिवार मध्यरातीसम्म टुँडिखेल तताए । बलिउड नायिकाद्वयको डान्स नेपाली सेनाका अफिसरहरुले धित मरुन्जेल हेरे । अन्य सर्बसाधारणले पनि उनीहरुलाई साथ दिए । भारतीय कलाकारको नाच हेर्न पाँच सय रुपैयादेखि ५ हजार रुपैया तय गरिएको थियो । सित्तैमा अरुले हेर्न नपाउन् भनेर टुँडिखेलको चारैदिवारमा जस्तापाताले बेरेर छेकिएको थियो । कार्यक्रम भाग लिन बलिउड अभिनेत्री शुक्रबार नै काठमाडौं आएका थिए । रोचक कुरा त यो छ कि घुँडामा च्यातिएको पाइन्ट लगाएर नेपाल आएकी सोनाक्षीलाई स्वागत गर्न नेपाली सेनाका जर्नेल नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भूकम्पपीडितको सहयोग नेपाली कलाकारहरुले पनि नगरेका होइनन् । नेपाली कलाकारहरु भूकम्प गएलगत्तै राहत र उद्धारमा खटिएका थिए । पीडितको अझै पनि ब्यवस्थापन नभएको भन्दै धुर्मुस–सुन्तली जस्ता कलाकारहरु अहिले पनि सिन्धुपाल्चोक गिरानचौरमा अहिले पनि ढुंगा बोकिरहेका छन् । त्यसैेले होला, भारतीय कलाकारहरुलाई नेपाली सेनाले सलाम ठोक्दै टुँडिखेलमा उभ्याएको नेपाली कलाकारहरुले भने पचाउन सकेका छैनन् । महानायक राजेश हमालले देशकै गौरव मानिने नेपाली सेनाले एउटा भारतीय नायिकालाई यति ठूलो सम्मान दिएको भन्दै हिनताबोध गरे । उनले आफ्नो फेसबुक स्टाटसमै नेपाली सेनाले गरेको त्यो सम्मानले आफ्नो गौरव चकनाचुर भएको लेखे । राजेश हमालजस्तै धेरै कलाकारहरु नेपाली सेनाको यस्तो कार्यको निन्दा गरेका छन् । तर अरु अलाकारले भने औपचारिक रुपमा मुख खोलेका छैनन् । पीडितको सहयोगार्थ गरिएको कार्यक्रमबाट कति सहयोग जुट्यो त्यो सार्वजनिक भइसकेको छैन तर पनि पीडितको सहयोगार्थ कार्यक्रम गरिएकोमा सैनिक श्रीमति संघलाई धन्यवाद दिनैपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: