Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

ओझेलमा ऐतिहासिक किल्ला ‘उपरदाङगढी’

चितवन, चितवनको पुरानो सदरमुकाम एवम् ऐतिहासिक किल्ला उपरदाङगढी पर्यटकीय दृष्टिले महत्वपूर्ण भएर पनि ओझेलमा परेको छ । वि.सं. २०१३ अघि चितवन जिल्लाकै सदरमुकाम रहेको ऐतिहासिक किल्ला चितवनको विकट क्षेत्र दाहखानीमा रहेको ‘उपरदाङगढी’ संरक्षण र प्रचारप्रसारको अभाव देखिएको छ । \'कसैको संरक्षण नै छैन, सबै क्षेत्र खुला छ । भग्नावशेष भत्काइए पनि कसैले देख्नेवाला छैन\' स्थानीय अम्बरवहादुर गुरुङले भने, –\'त्यसैले अब संरक्षणमा हामी आफैँ जुटेका छौँ ।\' समुद्र सतहबाट एक हजार २७५ मिटर उचाइमा रहेको यो क्षेत्र चितवनको हालको सदरमुकामबाट एक घन्टाको सवारी यात्रापछि शक्तिखोरबाट तीन घन्टाको पैदल हिँडेर पुग्न सकिन्छ । हालै कच्ची सडक पुगेको गढीमा तत्कालीन समयमा अड्डा, अदालत, मालपोत तथा विभिन्न सरकारी कार्यालय र सैनिक पोष्ट रहेको स्थानीयले बताएका छन् । यसको इतिहास मेटिने हो कि भन्ने चिन्ता लागेर अहिले स्थानीयवासी संरक्षण तथा व्यवस्थापन समिति निर्माण गरी पहल गर्न थालेका छन् । पर्यटकीय दृष्टिकोणले यो क्षेत्र अत्यन्तै महत्वपूर्ण छ । गर्मी समयमा पनि जाडोको महसुस हुने यहाँबाट चितवनको सबैभन्दा अग्लो पहाड सिँराइचुली जान सजिलो पर्छ । उपरदाङगढीका स्थानीयवासी गणेश थापा मगर गढीमा नियमित रुपमा पर्यटक आउने गरे पनि पर्यटकले गढी अव्यवस्थित देखेपछि खिन्न भएर फर्कने गरेको बताउछन् । यो किल्ला सन् १८०० मा अङ्ग्रेजसँगको लडाईंका लागि बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गरेको गढीमा राखिएको बोर्डमा उल्लेख छ । अहिले गढीमा ऐतिहासिक किल्ला, तोप हान्न बनाइएका नौ वटा आकर्षक स्थान, कोतघर र विभिन्न मन्दिरको भग्नावशेष रहेको छ । चारैतिर विशाल र ठूला कुँदिएका ढुङ्गाले बनेको पर्खाल आकर्षक देखिन्छ । यहाँबाट विभिन्न हिमाल, प्राकृतिक दृष्यावलोकन र चितवनको समथर फाँट तथा निकुञ्जलाई राम्ररी नियालेर मनोरञ्जन लिन सकिने छ । यस्तो महत्वको क्षेत्रमा अहिले न संरक्षण छ, न त प्रचारप्रसार नै गरिएको छ, । अझ गढीको जग्गा अतिक्रमण हुने चिन्तासमेत बढ्न थालेको स्थानीयवासी बिलबहादुर चेपाङले बताए । अहिले चितवनका व्यापारीहरु गढी आसपासको जग्गा किन्न थालेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending