Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

गर्मीमा युवतिलाई ९ टिप्स

\"samar_feshon\"युवकभन्दा युवती फेसनमा चुजी हुन्छन् । त्यसैले त युवतीका फेसन आइटम हप्ता–हप्तामा बदलिन्छन् । टिनेजरदेखि ३५ वर्षसम्मका युवती फेसनमा बढी नै सोख राख्छन् । गर्मीको यो मौसममा युवतीका छनोटमा पर्छन्– छोटा, हल्का, खुकुला र पातला कपडा । तर, यस्ता कपडा रहर गर्ने युवतीले तलदेखि माथिसम्मको ड्रेसअप म्याच गर्न जरुरी हुन्छ भने कपडा छान्दा रङमा पनि विशेष ध्यान दिनुपर्छ । फेसनडिजाइनर जोस्ना देवानले युवतीहरूलाई गर्मीमा ब्युटिफुल देखिने केही ड्रेसअप टिप्स दिएकी छिन् :
  • उज्याला रङका कपडा छान्नुहोस् । सेतो, गुलाबी, निलो, सुन्तलाजस्ता रङ रोज्नु राम्रो हुन्छ । बुट्टेदार कपडा पनि गर्मीमा राम्रो हुन्छ, तर उज्याला रङमा फुलबुट्टा प्रिन्ट गरिएका रोज्नुहोस् ।
  • बुनेका विभिन्न खाले कपडा पनि बजारमा पाइन्छन् । कटन, सिल्क र रेबनको रोज्नु उत्तम हुन्छ । हल्का हुने भएकाले यस्ता कपडाले शरीरमा सहज महसुस गराउँछ ।
  • जाली (नेट) र बुट्टेदार जाली (नेटभन्दा थोरै बाक्लो), सिफोन, जर्जेट (सिफोनभन्दा हल्का कडा) खालका कपडा पनि अहिले फेसनमा छन् ।
  • गर्मीमा सजिलो र धेरै युवतीले रुचाउने जिन्स पाइन्ट हो । बजारमा विभिन्न किसिमका जिन्स पाइन्ट आएका छन् । ब्वायफ्रेन्ड जिन्स (कमरको माथिसम्म पुग्ने, ग्रन्च भएको, केही खुकुलो र छोटो), स्किनी जिन्स, डेनिम जिन्स, सर्टस् (हाफ पाइन्ट) रोज्न सक्नुहुन्छ । गर्मीका लागि स्कर्ट पनि राम्रो ड्रेसअप हो । स्कर्टमा म्याच गराउन कलरफुल सर्ट नै रोज्नुहोला ।
  • गाउन पनि गर्मीको उत्तम ड्रेसअप हो । गाउन रोज्दा ट्यांक्स सबैभन्दा राम्रो हुन्छ । स्लिभलेस (बाहुला नभएको), अफ सोल्जर्स ड्रेस (कुमको भाग नभएको) फेसनमा छन् ।
  • वान पिस पनि गर्मीका लागि हल्का ड्रेसअप हो । यसले शीतलता पनि दिन्छ । वान पिसमा केही फेसनेबल र एक्स्ट्रा देखिन चाहनुहुन्छ भने टेलहेम डिजाइनको वान पिस (अगाडि छोटो, पछाडि लामो पुच्छरजस्तो निस्किएको) लगाउनुहोस् ।
  • क्याप स्लिभ, पफ स्लिभ, हाफ स्लिभ ड्रेस पनि गर्मीका लागि फरक फेसनेबल ड्रेस हुन् । ड्रेसअपमा क्यापको कम्बिनेसनले एक्स्ट्रा लुक्स दिने भएकाले ह्याट पनि गर्मीको एक फेसनेबल आइटम हो । फ्रिन्ग्स र प्लिट्सयुक्त ड्रेसअप पनि रोज्न सक्नुहुन्छ । स्पोर्टी लुक्स दिने ड्रेसअप टिनेजरलाई बढी म्याच गर्छ ।
  • अफ सोल्जरर्स टप्स अहिले फेसनमा चलेको टप्स हो । ड्रेसअपमा म्याच गर्न डेकोरेटिभ ब्याग, वर्ड प्रिन्ट (अक्षर प्रिन्ट गरिएको) बकेट ब्याग छान्न सक्नुहुन्छ । सिल्क स्कार्फ र चोकर्स लगाउँदा तपाईं थप आकर्षक देखिनुहुन्छ ।
  • ड्रेसअपअनुसार जुत्ता–स्यान्डल म्याच गराउनु आवश्यक हुन्छ । ओपन हिल्स, लोफर्स र हल्का स्यान्डलहरू लगाउँदा राम्रो हुन्छ ।
(नयाँ पत्रिका दैनिकबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: