Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बचत फिर्ता गर्न नसक्दा सहकारी बन्द

\"cooperative\"म्याग्दी । सर्वसाधारणबाट सङ्कलन गरेको बचत फिर्ता गर्न नसकेपछि बेनीको एक सहकारी संस्थाको कार्यालय एक सातादेखि बन्द भएको छ । बेनी नगरपालिका–७ कोटभण्डार टोलमा रहेको सम्बृद्ध कृषि सहकारी संस्था कमजोर व्यवस्थापन, सञ्चालकबीच विवाद, सेयर सदस्यको बेवास्ता, सहकारीसम्बन्धी अनुभवको कमीका कारण घाटामा गई बन्द भएको हो । बिना सूचना एक हप्तादेखि सहकारीको कार्यालय बन्द भएपछि सहकारीमा बजार प्रतिनिधिमार्फत दैनिक बचत गरेका सर्वसाधारण बचतकर्ता मर्कामा परेका छन् । सहकारीमा दैनिकजसो बचतकर्ता आफूले राखेको रकम फिर्ता लिन आउने गरे पनि बन्द भएकाले रित्तै फर्कन बाध्य भएका छन् । सहकारीमा रकम बचत गर्नुभएका बेनी न्युरोडका व्यवसायी राजु बानियाँले बिना सूचना सहकारी बन्द भएको, कर्मचारी र सञ्चालक सम्र्पकमा नरहेकाले बचतकर्ता चिन्तित भएका बताउनुभयो । विसं २०७१ मा स्थापना भएको सहकारीको कार्यालय २०७३ को जेठ महिनाको सुरुदेखिनै बन्द भएको हो । सञ्चालक र कर्मचारीले सहकारी बन्द भएकोबारे कसैलाई पनि कुनै सूचना दिएका छैनन् । संस्थाले १० प्रतिशतका दरले ब्याज दिने भनेर बचत सङ्कलन गरेको थियो । गणेशटोलका बचतकर्ता लोकनाथ सुवेदीले सहकारीमा रहेको पैसा फिर्ता लिन जाँदा संस्था बन्द भएकाले रित्तै फर्किएको बताए । सहकारी डिभिजन कार्यालय बागलुङको अभिलेखअनुसार ८६ जना सेयर सदस्यले रु १० हजारका दरले सङ्कलन गरेर संस्था स्थापना गरेका थिए । उक्त सहकारीमा बेनी बजारका १०० जनाभन्दा बढीको रु तीन लाख भन्दा बढी बचत रहेको छ । संस्थाले सहकारी ऐन विपरीत गैर सेयर सदस्यसँग पनि कारोबार गरेको छ । संस्थाको आन्तरिक समस्याका कारण बचतकर्तालाई फिर्ता दिने पैसा नभएकाले व्यवहार मिलाउनका लागि बन्द गरिएको सञ्चालक समितिका कोषाध्यक्ष रेशम रामदामले बताए । “नयाँ थपिएका सेयर सदस्यको रकम कार्यालय व्यवस्थापन गर्दा, घरभाडा तिर्दा र कर्मचारीलाई आठ महिनाको तलब दिँदा सकियो” रामदामले भने, “लगानीमा रहेको पैसा भनेको समयमा उठ्न नसक्दा बचतकर्तालाई फिर्ता दिन सकिएको छैन् ।” धेरैजना बचतकर्ता एकैपटक बचत फिर्ता लिन आएकाले भुक्तानी दिन समस्या भएको दाबी गर्दै उनले पुरानो समितिले रु तीन लाख घाटा गराएको आरोप लगाए । सञ्चालकले सेयर सदस्यबाट पैसा उठाएर भए पनि बचतकर्ताको पैसा फिर्ता दिने प्रतिबद्धता जनाएका छन् । संस्थाको पैसा हिनामिना गरेको आरोप लागेका वर्तमान सञ्चालक समितिको लेखा उपसमितिका संयोजक याम किसानले संस्थाको विधान र कार्ययोजनाअनुसार नचल्दा यस्तो अवस्था आएको जिकिर गरे । सहकारी डिभिजन कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले सर्वसाधारणबाट पैसा उठाएर भनेको समयमा फिर्ता नगर्नु सहकारी ऐनअनुसार अपराध भएको बताउँदै बचत रकम जुनसुकै किसिमले फिर्ता गर्नुपर्ने बताए । जिल्ला सहकारी सङ्घले संस्थाको विवाद समाधान गरी बचत फिर्ता गर्ने वातावरण बनाउन पहल गरेको जनाएको छ । सञ्चालकसँग छलफल गरेर संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न र बचत कर्ताको रकम फिर्ता गराउन पहल गरेको सहकारी सङ्घका अध्यक्ष दीपक कार्कीले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies