जेष्ठ ८ गते, २०७३ शनिवार 21st May, 2016 Sat१०:५७:४६ मा प्रकाशित
भनिन्छ, मानिस कुन पनि लक्ष्यमा पुग्नका लागि सपना देख्नै पर्छ । तर सपना रातमा होइन, दिउँसै अर्थात ननिदाएको बेला मात्र देख्नुपर्छ, तबमात्रै लक्ष्यमा पुग्न सकिन्छ ।
यहाँ लक्ष्यमा पुग्ने सपना होइन, वास्ताविक सपनाको कुरा गर्न खोजिएको हो । सपना के हो त ? सपना मानिस निदाएपछि सपना देख्ने गर्छ ।
सपना किन देखिन्छ भन्नेबारे पनि विभिन्न तर्कहरु होलान् । खासमा सपना आफूले देखेभोगेका कुराहरु देखिने विज्ञहरु बताउँछन् ।
पढ्नुहोस्, सपनाका केही रोचक तथ्यहरु ः
१) एक रातमा ४ देखि ६ सपना
कुनै पनि मानिसले एक रातमा कति सपना देख्छ होला ? तपाईँलाई लाग्न कुनै एउटा अथवा दुई वटा । तर औसत मानिसले एक रातमा चारदेखि ६ वटा सपना देख्ने गर्दछ। ती सपनाहरु मध्ये ९० प्रतिशत जागेर देखिने सपना हुन्छ, त्यो मानिसले १० मिनेटमा बिर्सिने गर्दछ । मान्छेको जीवनको जीवनको ६ वर्ष त सपनामै बित्छ ।
२) सपना देख्ने अवस्थामा दिमाग सक्रिय
दिमागको गतिविधि तपाईँलाई लाग्न सक्छ कि सपना देख्ने समय हाम्रो दिमाग शान्त रहने गर्दछ। तर दिमाग सपना देख्ने अवस्थामा बिउझिँदा भन्दा बढी सक्रिय रहने गर्दछ। यस्तो अवस्थामा रेपिड आई मुभमेन्ट अर्थात आँखाको गतिशिलता अत्यन्त तेज हुने गर्दछ, जुन गम्भीर सपना देख्ने क्रममा हुन्छ। यस्तो सपना देख्ने अवस्थामा शरीर थकित हुने गर्दछ र शरीरलाई सपना अनुसार चल्नबाट रोक्दछ।
३) सपनाबाटै नयाँ सिकाइ
भनिन्छ सपना सपनै हो, त्यो विपना हुन सक्दैन । तर मानिसले सपनाबाट पनि केही नयाँ कुरा सिक्न सक्ने अनुसन्धानबाट देखिएको छ । सपनाले मानिसलाई सिक्ने र समस्याको समाधान गर्न सहयोग गर्ने गर्छ । सपना पनि दिमागकै प्रक्रिया भएकाले नयाँ जानकारीलाई सम्झाउने र सिकाउने गर्दछ। त्यस्ता कतिपय सपना मानिसले दोहोर्याएर देख्न चाहन्छ । मानिसले चाहेजस्तो नै सपना चाहिँ नदेखिन सक्छ । तर मानिसले धेरै चिन्तन गरेको कुरा सपनामा देखिने गर्छ ।
४) सपनामै हिँड्ने र बर्बराउने
कतिपय मानिस सपनामै हिड्ने गर्दछन् । सपना देखेर मानिस साँच्चिकै हिड्ने गर्दा कुनै बेला समस्या पनि हुने गर्छ । चिकित्सकहरुले यसको कुनै उपचार नहुने बताउँछन् । मानिसहरु सपनामै बर्बराउने पनि गर्छन् । उसले सपनामै अभिब्यक्त भएको कुरा चिच्याउने क्रममा बाहिरै सम्म आउने गर्छ । तर सपनामा धेरै कुरा गरिए पनि बाहिर भने थोरै कुरा मात्रै निस्किने गर्छ । निदाएको मान्छेलाई यसले कुनै असर गर्दैन तर उसँग सँगै निदाएको मान्छेलाई भने साथीको बर्बराहटले तनाव सिर्जना गर्छ । जसका कारण उसले ब्युँझाउने प्रयत्न गर्छ ।
५) आफै मरेकोदेखि आँखा नदेख्ने पनि सपना
सपनाले कतिपय सिकाइको काम गर्छ तर कतिपय सपना भने अचम्मै लाग्दा देखिन्छन् । मानिसले आफै मरेको समेत सपना देख्ने गर्छन् । मानिस मरेपछि सबै सिद्धिन्छ । उसले त्यो कुरा न त कहिल्यै देख्न सक्छ न त अनुभव नै गर्न पाउँछ । वास्तविक जीवनमा मर्नुअगाडि कल्पना मात्र गर्न सक्छ । तर सपना यस्तो देखिन्छ, जतिबेला आफू मरेको ब्युँझिएपछि अनुभव गर्छ । आज सपनामा आफै मरेका थिएँ भनेर झल्यास्स हुन्छ । आफू मरेको मात्र होइन, आफैले आँखा नदेखेको पनि सपना देख्छ । आफै दृष्टिविहिन भएको सपना कसरी देखियो, तपाईँ ब्युँझिएपछि आफैलाई प्रश्न गर्नुहुन्छ होला ।
६) अलौकिकदेखि सामान्य सपना ः
मानिसले दैनिक जीवनमा देखेभोगको कुराहरु प्रायः सपनामा देख्ने गर्छ । उसले अनौठो सपना देख्छ, जो दुनियाँमै सम्भव छैन । कतिपय सपनाले भने मानिसलाई दुश्मनी गराउँछ । आफूले सपनामा देखेको कुराले मानिस उप्रति शंका गर्छ । आफ्नै श्रीमति वा श्रीमान अरुकसैसँग लागेको सपना पनि मानिसले देख्छ । अनि उसले आफूले शंकै नगरेको ब्यक्तिसँग आफ्नो श्रीमान वा श्रीमतिको सम्बन्धबारे उसले शंका गर्छ ।
७) कानले सुनेर देखिने सपना
धेरैजसो सपनाहरु आफू निदाइरहेको अवस्थामा कानले सुनेर मात्र पनि देख्ने गर्छ । ऊ निदाइरहेको अवस्थामा कानले सुनेका गतिविधिहरु सपना देखिरहेको अनुभूति गर्छ । रेडियो टेलिभिजन बजिरहेको अवस्थामा निदायो भने भने ती कुराहरु आफ्नो काममा परिरहेको हुन्छ, निद्रामै उसले त्यही सपना देखिरहेको हुन्छ । प्रायः निद्रबाट ब्युँझिने बेलामा कानले सुनेर सपना देखिने विज्ञहरु बताउँछन् ।
तर कतिपय भने बिउझिएर देखिने सपना हुन्छन् । विभिन्न प्रविधिको प्रयोग गर्दै मान्छेहरु आफ्नो सपनालाई नियन्त्रण गर्न सक्ने अवस्थामा पनि पुगेका छन् । जसले आफूलाई कुनै आलौकिक शक्ति प्राप्त भएको विश्वास गर्छ । मान्छेले अनेक रोचक सपनाहरु देख्छ ।
८) सपनामै स्खलन
मानिसले सपना देख्दा कतिपय अवस्थामा सपनामै स्खलन हुन्छ । जसलाई चिकित्सकहरु सपनदोष भन्छन् । मानिसले विभिन्न किसिमका यौन गतिविधिहरु गरेको सपनामा देख्यो भने यस्तो समस्या हुन सक्छ । यस्तो अवस्थामा मान्छेलाई अर्गाजम अर्थात आनन्द महसुस हुने गर्दछ। यस्तो सपना प्रायःजसो किशोरावस्थामा देख्ने गर्छन् । यस्तो समस्या अधिकांश पुरुषहरुमा बढी हुने गर्छ । सबै पुरुष र महिलाद्वारा देखिने सपनामा चार प्रतिशत सपनाको परिणाम अर्गाजम हुने विज्ञहरु बताउँछन् । एक रातमा एक पुरुष ४÷५ पटक सम्म पनि स्खलन हुने सम्भावना हुनुलाई अर्गाजम हुने चिकित्सकहरु बताउँछन् । तर एक रातमा एक पटकको स्खलन भने सामान्य हुने उनीहरुको भनाइ छ ।
९) स्लिप प्यारालाइसिस
विउझिदा यस्तो महसुस हुने अवस्स्था हो जहा मानिस आफुलाई प्यारालाइसिस भएको महसुस गर्दछ र आवाज निकालेर चिच्याउन समेत सक्दैन र तपाई आफ्नो कोठामा कुनै खराब आत्मा भएको महसुस मानिसले गर्छ । अध्ययन अनुसार ८ प्रतिशत भन्दा कम मानिस स्लिप प्यारालाइसिस भएको अनुभव गर्दछन ।
१०) सपनाकै कारण आविष्कारक
विश्वमा कयौं मानिसहरु सपनाकै कारण आविश्कारक बन्न पुगेका छन् । सपनामा देखेको कुरालाई प्रयोग गरेर ठूला आविश्कारक भएका धेरै उदाहरण छन् । जेम्स वाटसन, हेलियस होब, दमित्री मान्डे लगायत सपनाकै कारण आविश्कारक सम्म बन्न पुगे । जेम्स वाटसनले डीएनएको डबल हेलिक्स स्पाइरल संरचनाको सपना देखेका थिए। हेलियस होबले सिलाइ मेशिन देखेर नै त्यसको आविश्कार गरे। दमित्री मान्डेले पिरियाडीक टेबल सपनामा देखेका थिए।
अनेक किसिमको सपनाले मानिसलाई तनाव मात्र दिँदैन, रमाइलो पनि बनाउँछ । मानिसलाई हौसला प्रदान गर्छ । खासगरी मानिस छोटो समय निदाउँदैमा सपना देख्दैन । शरिरले आफूलाई चाहिने निद्रा पूरा गरेपछि दिमाग सक्रिय भएर नै सपना देखिने विज्ञहरु बताउँछन् । मान्छेले डरलाग्दे सिनेमाहरु हेरेर सुतेको छ भने पनि उसले त्यस्तै सपना देख्ने गर्छ ।
तपाईँले पनि विभिन्न खालका सपना देख्नु भएको होला । सपना सपना नै हो, त्यसको पूरा भरोसा गर्नु हुँदैन, विश्वास पनि गर्नु हुँदैन । कतिपय जीवन दर्शनका कुराहरु मनन् गर्न सकियो भने र आफूले जीवनमा राम्रो गर्ने सपना देख्यो भने सफल पनि हुने गर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: