Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

एफए कप म्यानेचेष्टर युनाईटेडले जित्यो, प्रशिक्षक भानगाल बर्खास्तीमा परेको बिबिसिको दावी !

\"lingarda-750\"काठमाडौं । लगातार तिन सिजन खराब अवस्थाबाट गुजारेको म्यानेचेष्टर युनाईटेडले एफए कपको फाइनलमा क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले पारजित गर्दै ३ वर्षपछि पहिलो उपाधि हात पारेको छ । चर्चित तथा प्रतिष्ठित प्रिमियर लिगबाट च्याम्पियन्स लिगका लागी यो वर्ष समेत गरी दोस्रो पटक छनोट हुन नसकेको युनाईटेडलाई यो उपाधिले राहत दिएको छ । शनिबार राति भएको खेलमा पनि युनाईटेडको डिफेन्स यसअघि झै कमजोर देखियो । सोही कमजोरीको फाइदा उठाउँदै शुरुवाती गोल प्यालेसले गर्दै अग्रता लिएको थियो । तर युनाईटेडका मिडफिल्डर जुआन माटाले बराबरी गोल फर्काए । निर्धारित समयमा बराबरीको स्थिति रहेपछि खेलमा अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयको पहिलो हापको अन्तिम मिनेटमा युनाईटेडका स्मलिङ दोहोरो पहेंलो कार्ड खादैँ बाहिरिएपछि युनाईटेडका समर्थक निराश भए । अतिरिक्त समयको दोस्रो हापमा युनाईटेडका लागी युवा स्ट्राइकर लिंगार्डले १ गोल थपेपछि युनाईटेड एफए कपको उपाधि भित्र्यायो । भानगाल बर्खास्त ! अर्को खबर अनुसार युनाईटेडका प्रशिक्षक लुइस भानगाल बर्खास्त भएका छन् । उनको स्थानमा यसअघि चेल्सीबाट बर्खास्त भएका जासे माउरिन्हो नियुक्त हुने निर्णय युनाईटेडले गरिसकेको बिबिसिले दावी गरेको छ । बिबिसिका अनुसार एफए कपको फाइनल अघि नै यो सहमति भईसकेको थियो । तर क्लबले यो निर्णय सार्वजनिक गरिसकेको छैन र कतैबाट पूष्टी समेत भएको छैन । यदी यो निर्णय भएकै हो भने पनि क्लब व्यावस्थापनले भानगाल बर्खास्त गर्नुपर्ने उचित कारण अब पाउने छैनन् । किनभने भानगालले ३ वर्षपछि युनाईटेडलाई पहिलोे उपाधि र १२ वर्षपछि एफए कपको उपाधि हात लगाएका छन् । युभेन्टसलाई कोपा इटालियन एसी मिलानलाई हराउँदै युभेन्टसले कोपा इटालियाको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा युभेन्टसले एसी मिलानलाई १(० गोल अन्तरले हराएको हो । अतिरिक्त समयको ११० औं मिनेटमा मोराटाले गोल गरेपछि युभेन्टस् विजयी बनेको हो। पिएसजीलाई कोपा डे शनिबार राति भएको फाइनल भिडन्तमा पीएसजीले मार्सेलीलाई ४(२ पराजित गर्दै कोपा डेल रेको उपाधि जितेको छ । आफ्नो अन्तिम खेलमा दुई गोल गर्दै जाल्टन इब्राहिमोभिचले पेरिस सेन्ट जर्मन (पीएसजी) लाई कोपा डे फ्रान्सको उपाधि दिलाएका छन् । उनले ४७ औं र ८२ औं मिनेटमा गोल गरेका थिए । बार्यनलाई जर्मन कपको उपाधि बार्यन म्युनिखले बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै जर्मन कपको उपाधि जितेको छ । बार्यन म्युनिखले बोरुसिया डर्टमुन्डलाई पेनाल्टीमा ४(३ ले हराएको हो । निर्धारित समयको खेल गोलरसहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending