Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

एफए कप म्यानेचेष्टर युनाईटेडले जित्यो, प्रशिक्षक भानगाल बर्खास्तीमा परेको बिबिसिको दावी !

\"lingarda-750\"काठमाडौं । लगातार तिन सिजन खराब अवस्थाबाट गुजारेको म्यानेचेष्टर युनाईटेडले एफए कपको फाइनलमा क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले पारजित गर्दै ३ वर्षपछि पहिलो उपाधि हात पारेको छ । चर्चित तथा प्रतिष्ठित प्रिमियर लिगबाट च्याम्पियन्स लिगका लागी यो वर्ष समेत गरी दोस्रो पटक छनोट हुन नसकेको युनाईटेडलाई यो उपाधिले राहत दिएको छ । शनिबार राति भएको खेलमा पनि युनाईटेडको डिफेन्स यसअघि झै कमजोर देखियो । सोही कमजोरीको फाइदा उठाउँदै शुरुवाती गोल प्यालेसले गर्दै अग्रता लिएको थियो । तर युनाईटेडका मिडफिल्डर जुआन माटाले बराबरी गोल फर्काए । निर्धारित समयमा बराबरीको स्थिति रहेपछि खेलमा अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयको पहिलो हापको अन्तिम मिनेटमा युनाईटेडका स्मलिङ दोहोरो पहेंलो कार्ड खादैँ बाहिरिएपछि युनाईटेडका समर्थक निराश भए । अतिरिक्त समयको दोस्रो हापमा युनाईटेडका लागी युवा स्ट्राइकर लिंगार्डले १ गोल थपेपछि युनाईटेड एफए कपको उपाधि भित्र्यायो । भानगाल बर्खास्त ! अर्को खबर अनुसार युनाईटेडका प्रशिक्षक लुइस भानगाल बर्खास्त भएका छन् । उनको स्थानमा यसअघि चेल्सीबाट बर्खास्त भएका जासे माउरिन्हो नियुक्त हुने निर्णय युनाईटेडले गरिसकेको बिबिसिले दावी गरेको छ । बिबिसिका अनुसार एफए कपको फाइनल अघि नै यो सहमति भईसकेको थियो । तर क्लबले यो निर्णय सार्वजनिक गरिसकेको छैन र कतैबाट पूष्टी समेत भएको छैन । यदी यो निर्णय भएकै हो भने पनि क्लब व्यावस्थापनले भानगाल बर्खास्त गर्नुपर्ने उचित कारण अब पाउने छैनन् । किनभने भानगालले ३ वर्षपछि युनाईटेडलाई पहिलोे उपाधि र १२ वर्षपछि एफए कपको उपाधि हात लगाएका छन् । युभेन्टसलाई कोपा इटालियन एसी मिलानलाई हराउँदै युभेन्टसले कोपा इटालियाको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा युभेन्टसले एसी मिलानलाई १(० गोल अन्तरले हराएको हो । अतिरिक्त समयको ११० औं मिनेटमा मोराटाले गोल गरेपछि युभेन्टस् विजयी बनेको हो। पिएसजीलाई कोपा डे शनिबार राति भएको फाइनल भिडन्तमा पीएसजीले मार्सेलीलाई ४(२ पराजित गर्दै कोपा डेल रेको उपाधि जितेको छ । आफ्नो अन्तिम खेलमा दुई गोल गर्दै जाल्टन इब्राहिमोभिचले पेरिस सेन्ट जर्मन (पीएसजी) लाई कोपा डे फ्रान्सको उपाधि दिलाएका छन् । उनले ४७ औं र ८२ औं मिनेटमा गोल गरेका थिए । बार्यनलाई जर्मन कपको उपाधि बार्यन म्युनिखले बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै जर्मन कपको उपाधि जितेको छ । बार्यन म्युनिखले बोरुसिया डर्टमुन्डलाई पेनाल्टीमा ४(३ ले हराएको हो । निर्धारित समयको खेल गोलरसहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending