Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

पूर्वमन्त्रीदेखि प्रधानसेनापति कस–कसलाई कति सुविधा ?

\"singadurdar\"काठमाडौं । सुरक्षाको बहानामा राज्यको ढुकुटी नै रित्याउने गरी बाँचुन्जेल सुविधा प्राप्त गर्ने प्रवृत्तिलाई संसदीय समितिले निरुत्साहन गर्ने अठोट व्यक्त गरेको छ । व्यवस्थापिका–संसद्, सुशासन समितिको मंगलबारको बैठकमा पूर्वपदाधिकारीले प्राप्त गरिरहेको सेवा सुविधाको फेहरिस्त सुनेपछि सदस्यहरुले भने – “राजनीतिक सङ्क्रमणको फाइदा उठाउँदै सत्तामा पुगेर सुरक्षाभन्दा पनि सुविधामा ध्यान बढी केन्द्रित गरी राज्यको ढुकुटीको दुरुपयोग गर्ने खेलमा लाग्नु भनेको स्वार्थभन्दा बाहेक अरु केही होइन ।” पूर्वराजा, पूर्वराष्ट्रपति पूर्वप्रधानमन्त्रीका लागि राज्यले उपलब्ध गराएको सुरक्षा र सुविधाको वार्षिक खर्च विवरण विश्लेषण गर्दा प्रतिव्यक्ति रु ४० लाख राज्यको ढुकुटीबाट व्यहोर्नुपर्ने देखिएको छ । रवाफ देखाउन सुरक्षाकर्मी पूर्वपदाधिकारीको सेवासुविधाका बारेमा अध्ययन गर्न गठित उपसमितिका संयोजक जनकराज जोशीले बैठकमा प्रारम्भिक प्रतिवेदन पेस गर्दै सेवासुविधा लिने व्यक्ति सुरक्षाभन्दा पनि समाजमा सधैँ रवाफ देखाउन पाइयोस् भन्ने उद्देश्यबाट बढी प्रेरित भएको देखिएको बताए । मुलुकका विशिष्ट व्यक्तिले गृह मन्त्रालयले निर्माण गरेको सुरक्षासम्बन्धी कार्य्विधिका आधारमा सुरक्षाकर्मी खटाए पनि उनीहरुले अरु जे जतिसुविधा लिएका छन्, त्यससम्बन्धी कुनै कार्यविविधि नै छैन – उपसमितिको प्रतिवेदनमा भनिएको छ । तीन राजपरिवारका लागि गाडीसहित १५५ सुरक्षाकर्मी पूर्वराजपरिवारका सदस्यलाई सशस्त्र प्रहरी बलले तीन गाडीसहित १५५ सुरक्षाकर्मी खटाएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । तदर्थवादको ढङ्गबाट पूर्वपदाधिकारीले सुविधा लिइरहेको तथा सुरक्षाको कुनै धम्की नै नआएका पूर्वपदाधिकारी, सांसद र उद्योगी व्यापारी समेतले समाजमा रवाफ देखाउन अनावश्यक रुपमा सुरक्षाकर्मी लिने गरेको सांसद जोशीको भनाइ थियो । मासिक तीन लाखभन्दा बढी खर्च एउटा पूर्वपदाधिकारीका लागि रु ६० लाख पर्ने गाडी उपलब्ध गराउने हो भने त्यसको मासिक भाडा रु ५० हजार, चालकको तलब रु २० हजार, इन्धन रु २० हजार, मोबिल रु पाँच हजार, मर्मत खर्च रु पाँच हजार, औसत खटिने पाँच सुरक्षाकर्मीको तलब रु एक लाख, घरभाडा रु एक लाख ३० हजार, विद्युत् र पानी महसुल रु पाँच–पाँच हजारसमेत जोड्दा अनुमानित रु तीन लाख ४० हजार राज्यकोषबाट खर्च हुने प्रतिवेदनमा उल्लेख छ । पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई दुई, दुई, सात पूर्वप्रधानमन्त्रीलाई दुईदेखि २३, संविधानसभाका तत्कालीन अध्यक्षलाई दुई , नौ पूर्वउपप्रधानमन्त्री र सात पूर्वगृहमन्त्रीलाई एकदेखि तीन , ३० पूर्वमन्त्रीलाई एकदेखि तीन, ११ पूर्वप्रधानन्यायाधीशलाई एकदेखि तीन तथा अरु सात जनालाई समेत नेपाल प्रहरीले एकदेखि तीन जनासम्म निजी सुरक्षाकर्मी खटाएको छ । सशस्त्र प्रहरी बलले पनि नौ पूर्वप्रधानमन्त्रीका लागि सात गाडीसहित व्यक्तिविशेषलाई हेरेर पाँचदेखि ४१ जनासम्म सुरक्षाकर्मी खटाएको जनाइएको छ । संविधानसभाका अध्यक्षलाई दुई, चार पूर्वउपप्रधानमन्त्री र पाँच पूर्वगृहमन्त्रीको सुरक्षामा सात सात जनाको दरले सशस्त्र बलले सुरक्षाकर्मी परिचालन गरेको बताइएको छ । तीस पूर्वमन्त्रीले पनि एकदेखि दुई जनासम्म सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मी प्राप्त गरेका छन् । पूर्वप्रधानसेनापति र महानिरीक्षकलाई सुरक्षा फौज नेपाल प्रहरीका १३ पूर्वमहानिरीक्षक तथा सशस्त्र प्रहरी बलका सात पूर्वप्रमुखले पनि तीनदेखि पाँच जनासम्म सुरक्षाकर्मी लिइरहेको बताइएको छ । नेपाली सेनाका सात पूर्वप्रधानसेनापतिले छ जनाको दरले सुरक्षा कर्मचाररी प्राप्त गरेको रक्षा मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । नेपाल प्रहरीको हालको संख्याको १० प्रतिशत अर्थात् झन्डै सात हजार जनशक्ति राज्यको तलबभत्ता खाएर व्यक्तिका घरको कामकाजमा खटिरहेको पाइएको छ । बैठकमा सदस्यहरुले भने– “राष्ट्रिय सुरक्षा संयन्त्र र राष्ट्रिय ढुकुटीको गम्भीर रुपमा दुरुपयोग, अतिक्रमण र दोहन अब तत्काल रोक्नुको विकल्प छैैन, संसदीय समिति र सरकारका बीच यस विषयमा गम्भीर छलफल आवश्यक देखियो । “धेरै सुरक्षाकर्मी खटाएकाले घर छाड्न बाध्य भएँ” राज्यले पूर्वपदाधिकारीका लागि गरेको खर्चको विवरण कहालीलाग्दो रहेको टिप्पणी गर्दै सांसद कृपाशुर शेर्पाले भने – “मन्त्रीका लागि पनि १३ जना सेना खटाइन्छ, त्यो आवश्यक होइन, धेरै सुरक्षाकर्मी खटाएकाले आफू घर छोडेर मन्त्री निवासमा बस्न बाध्य भएको थिएँ ।” सांसद नरसिंह चौधरी र हर्कबोल राईले मुलुकको बजेट पूर्वपदाधिकारीलाई दिँदै सकिने भन्दै यसलाई रोक्ने काम गरी जनतालाई पनि यो विषयमा सुसूचित गराउन आवश्यक रहेको बताए । राज्यको साधन, स्रोत र जनशक्तिको दुरुपयोग रोक्न नागरिक समाज, सञ्चारकर्मी र स्वयंसेवकबाट समाजमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने समितिको निष्कर्ष छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies