Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

झाडापखलाका कारण वुवा र दिदी गुमाएका व्यक्तिद्वारा स्वास्थ्य क्लिनिकका लागि जग्गा दान

[caption id=\"attachment_75447\" align=\"alignleft\" width=\"499\"]\"?\" ?[/caption] रुकुम । गाउँमै स्वास्थ्य सेवा नपाउँदा बुवा र दिदी गुमाएका रुकुमका एक व्यक्तिले गाउँ घर स्वास्थ्य क्लिनिकका लागी जग्गा निशुल्क उपलब्ध गराएका छन् । झाडापखलाबाट बुवा र दिदी गुमाएका रुकुम आठविसकोट ३ दाजेंका हस्त वहादुर बुढाले स्वास्थ्य क्लिनिकका लागी ३ लाख ५० हजार बराबरको जग्गा उपलब्ध गराएका हुन । २०५१ सालमा झाडापखलाका कारण बुवा र दिदीको ज्यान गएको बताउँदै आगामी दिनमा सामान्य रोगका कारण गाउँले कसैले ज्यान गुमाउन नपरोस भनेर आफुले जग्गा उपलब्ध गराएको उनले बताए । झाडापखला जस्तो सामान्य रोगको उपचार गाउँमै पाउन नसक्दा धेरैले अकालमै ज्यान गुमाउने समस्या अव कम हुने उनको विश्वास छ । गाउँमा स्वास्थ्य क्लिनिक बन्न लागेको र यसका लागी जग्गाको खाँचो रहेको खवर सुने उनले भने–‘निशुल्क जग्गा उपलब्ध गराउन गाउँले कोही तयार नभएपछि म आफैं अघि सरे ।’ आफ्नो केही सहयोगमा स्वास्थ्य क्लिनिक संचालनमा आउँने भएपछि खुशि लागेको उनको भनाई छ । अहिले स्वास्थ्य क्लिनिकको भवन निर्माण कार्य समेत सम्पन्न भएको छ । गाविसको १ लाख ५० हजार र आठविसकोट ३, ४ र ५ का स्थानियको ४२ हजार लागतमा २ कोठे एउटा भवन निर्माण भएको भवन निर्माण समितिका अध्यक्ष नवराज वुढाले बताए । भवन निर्माणमा कुल ४ लाख २५ हजार खर्च भएकोमा बाँकी सहयोगका लागी जिल्ला विकास समितिमा आग्रह गरिएको र स्थानियले पनि सहयोग गर्ने आश्वासन दिएको बुढाले बताए । वडा नं. ३, ४ र ५ का स्थानियलाई पाईक पर्ने ३ नं. वडाको दाजेँमा स्वास्थ्य क्लिनिक संचालनमा आउँदै छ । अर्को आर्थीक वर्षबाट क्लिनिक संचालनमा आउने आफुहरुले जानकारी पाएको स्थानियले बताएका छन् । उक्त ठाउँमा क्लिनिक संचालन भएमा सामान्य स्वास्थ्य समस्याको उपचारका लागी इलाका स्वास्थ्य चौकी राडी तथा जिल्ला अस्पताल पुग्नुपर्ने समस्या हल हुने स्थानियको विश्वास छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy