Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

यस्ता गाडीमा सयर गर्छन् विश्वका यि चर्चित नेता : कसको गाडीको के विशेषता ? 

२५ डिसेम्बर २००३ मा तत्कालीन पाकिस्तानी राष्ट्रपति परबेज मुसर्रफ एउटा कार्यक्रमबाट दिउँसो एक बजे राष्ट्रपतिनिवास फर्कंदै थिए । तर, अरू दिनजस्तो उनी सहजै निवास पुग्न पाएनन् । बाटोमा उनको गाडीलक्षित चार विस्फोट भए । आत्मकथा ‘इन द लाइन अव फायर’मा उनले त्यसलाई मृत्युसँगको साक्षात्कारका रूपमा चित्रण गरेका छन् । उनले विशेष गाडी प्रयोग नगरेको भए त्यो दिनको पहिलो विस्फोटमै उनको गाडी ध्वस्त हुने थियो । तर, उनले चार ठुल्ठूला विस्फोटले पनि केही नहुने गाडी प्रयोग गरेका थिए । उनीजस्तै अहिले पनि विभिन्न देशका प्रमुखले विशेष गाडी प्रयोग गर्छन् । उनीहरूले प्रयोग गर्ने गाडी कम्पनीले नै विशेष बनाउँछ । अहिलेका विश्वका चर्चित नेता कुन गाडी प्रयोग गर्छन् र ती गाडीको विशेष फिचर के हो त रु एजेन्सीको सहयोगमा त्यसबारे नयाँ पत्रिकामा प्रकाशित यो सामग्री : बाराक ओबामा (क्याडिलिक वन) \"obama-2\"अमेरिकी राष्ट्रपति बाराक ओबामा जहाँ जाँदा पनि क्याडिलिक वनमा जान्छन् । ओबामाको यो गाडी अन्य अमेरिकी राष्ट्रपतिले प्रयोग गर्नेभन्दा फरक छ । यो गाडीका सबै फिचरहरू सुरक्षाको कारण भन्दै सार्वजनिक गरिएको छैन । टाइटेनियम, केरानिक, स्टिल तथा अल्मुनियमबाट बनाइएको गाडीको तौल बोइंग ७५७ बराबर छ । यो गाडी पनि ‘फ्ल्याट टायर’मा कैयौँ किलोमिटर चल्न सक्छ । अत्यन्त धेरै स्पिड हुँदा यो गाडी विनाटायर पनि चल्न सक्छ । गाडीमा नाइट भिजन क्यामेरा, टियर ग्यास क्याबिन पनि जोडिएको छ । त्यति मात्र होइन, गाडीमा राष्ट्रपति ओबामाको ब्लड ग्रुपको ब्यांक पनि जोडिएको छ । डिजेलबाट चल्ने यो गाडी ओबामाका लागि कम्पनीले १३ करोड रुपैयाँमा बनाएको थियो नरेन्द्र मोदी (बिएमडब्ल्यु ७ सिरिज ७६० एलआई सेक्युरिटी इडिसन)  \"mo-1\"भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिएमडब्ल्यु ७ सिरिज ७६० एलआई सेक्युरिटी इडिसन गाडी प्रयोग गर्छन् । यो गाडीलाई क्षेप्यास्त्र हमलाले पनि नोक्सान पुर्‍याउन सक्दैन । यसको क्याबिन ग्यास आक्रमण हुँदा आफैँ ‘ग्यास–सेफ’ च्याम्बरमा परिवर्तन हुन्छ । यो गाडीमा अक्सिजन ट्यांक पनि लगाइएको हुन्छ । त्यति मात्र होइन, यो गाडीमा आफैँ सिल हुने फ्युल ट्यांक हुन्छ । यो जस्तोसुकै अवस्थामा पनि फुट्ने वा पड्कने हुँदैन । जमिनमुनिको बम विस्फोट हुँदा पनि यो गाडीलाई खासै असर पर्दैन । टायर पन्चर हुँदा पनि यो गाडी कैयौँ किलोमिटर चल्न सक्छ । मोदीले चढ्ने गाडी पेट्रोलबाट चल्छ । यसले लिन सक्ने सबैभन्दा धेरै गति दुई सय १० किलोमिटर प्रतिघन्टा हो । यो गाडी कम्पनीले आठ करोड नेपाली रुपैयाँमा भारतीय प्रधानमन्त्रीका लागि भनेर तयार पारेको हो । सी जिङपिङ  (हाँन्क्वी लिमोजिन) \"xi\"चिनियाँ राष्ट्रपति सी जिङपिङ पनि विश्वकै सबैभन्दा महँगा गाडीमध्ये एक प्रयोग गर्छन् । उनले प्रयोग गर्ने गाडी हाँन्क्वी लिमोजिन हो । यसको नेपाली शाब्दिक अर्थ ‘रातो झन्डा’ हो । यो गाडी एफएडब्ल्यु ग्रुपले बनाएको हो । झन्डै नौ करोड नेपाली रुपैयाँ पर्ने यो गाडीबारे खासै धेरै बाहिर आएको छैन । दुई सय २० किलोमिटर प्रतिघन्टा चल्न सक्ने यो गाडीको इन्जिन टर्बो चाज्र्ड वी–८ हो । प्रणव मुखर्जी (मर्सिडिज बेन्ज एस–६००) \"mu\"भारतीय राष्ट्रपति प्रणव मुखर्जी मर्सिडिज बेन्ज एस–६०० गाडी प्रयोग गर्छन् । प्रणवले प्रयोग गर्ने यस्तो गाडी अरू कुनै पनि देशका राष्ट्रप्रमुखले प्रयोग गर्दैनन् । यो गाडी बनाउन एक वर्ष लागेको थियो । मर्सिडिजले यो गाडी बनाउन विशेष स्टिलको प्रयोग गरेको थियो । यही स्टिलले गाडीलाई ‘बुलेटप्रुफ’ बनायो । बुलेट मात्र होइन, ग्रिनेड तथा बम आक्रमणमा पनि यो गाडीलाई खासै नोक्सान हुँदैन । यो गाडीमा स्याटलाइट सुविधा पनि छ । यसलाई प्रयोग गरेर मुखर्जी जुनसुकै समयमा पनि मन्त्रालयका अधिकारीहरूसँग सम्पर्क गर्न सक्छन् । बाहिरी वातावरणमा विषालु हावा हुँदा पनि यो गाडीको एयर सर्कुलेसनले त्यसलाई शुद्ध बनाइदिन्छ । यो गाडीलाई २० करोड नेपाली रुपैयाँ परेको थियो । महारानी एलिजावेथ (बेन्टलेको स्टेट लिमाजिन) \"rani-1\"बेलायतकी महारानी एलिजावेथ बेन्टलेको स्टेट लिमाजिनमा यात्रा गर्छिन् । यो विश्वकै सबैभन्दा महँगो र सुरक्षित गाडीमा एक हो । एलिजावेथ द्वितीयभन्दा अघि बेलायती राजपरिवारका अन्य सदस्यले यो गाडी प्रयोग गरेका थिएनन् । कम्पनीले ५०औँ वार्षिकोत्सवमा यो स्पेसल इडिसनको गाडी बनाएको थियो । एलिजावेथको उमेरलाई मध्यनजर गर्दै कम्पनीले यो गाडीको ढोका ९० डिग्री एंगलमा खुल्ने बनाएको छ । सुरक्षाका कारण यो गाडीका धेरै फिचरबारे बाहिर भनिएको छैन । यो गाडीका प्रत्येक प्यानल तथा सिसा बुलेट प्रुफ हुन् । त्यति मात्र होइन, यो गाडीका टायर पनि विस्फोट ‘रेसिस्टेन्ट’ छन् । गाडी एउटा बटनका कारण एयर टाइट पनि हुन सक्छ । यो गाडीमा त्यस्तो सिसा प्रयोग गरिएको छ, जसका कारण अन्य मानिसले सहजै भित्र एलिजावेथलाई देख्न सक्छन् । यो गाडी कम्पनीले विशेष मूल्य निर्धारण गर्दै १६ करोड नेपाली रुपैयाँमा बेलायती दरबारलाई दिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: