Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

गणतन्त्रका लागि लड्ने वर्षमान, जनार्दनदेखि गणतान्त्रिक आन्दोलनका दाेषीलार्इ समेत पदक (सूचीसहित)

\"padak-750\"काठमाडौं । गणतन्त्र दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रका महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिएको छ ।

पदक पाउनेमा गणतन्त्रका लागी लड्ने वर्षमान पुन , जनार्दन शर्मा र गणतान्त्रिक आन्दोलन दमन गर्ने दूर्जकुमारलाई समेत पदक दिइएकाे छ । यसैगरी छनौट समितिका सदस्य सचिव तथा गृहमन्त्रालयका सचिव नारायण गोपाल मलेगोले  सुप्रबल जनसेवाश्री पदक आफैलाई सिफारिश गरी लिएका छन् ।

गृह मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा मानपदवी पाउने महानुभावमा जननेता मदनकुमार भण्डारीलाई मरणोपरान्त ‘नेपालरत्न’ मानपदवी दिइएको छ । त्यस्तै सुशील कोइरालालाई मरणोपरान्त र तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ‘राष्ट्रगौरव’ मानपदवी घोषणा गरिएको छ ।

‘महाउज्ज्वल कीर्तिमय राष्ट्रद्वीप’ मानपदवी पाउनेमा सूर्यबहादुर थापा, नरबहादुर कर्माचार्य, निर्मल लामा, र पोष्टबहादुर बोगटी (मरणोपरान्त)  तथा रामहरि जोशी एवं ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ मानपदवी पाउनेमा डा युवराज खतिवडा, वर्षमान पुन, जनार्दन शर्मा, वैद्यनाथ उपाध्याय र भानुप्रसाद आचार्य छन् ।

त्यस्तै ‘सुकीर्तिमय राष्ट्रद्वीप’ मानपदवी पाउनेमा डा सोमलाल सुवेदी, राजेन्द्र क्षेत्री, लोकदर्शन रेग्मी, उपेन्द्रकान्त अर्याल, दुर्जुकुमार राई, दिलीपराज रेग्मीलाई विभूषित गर्ने घोषणा गरिएको छ ।

सुप्रवल जनसेवाश्री मानपदवी ८३, प्रबल जनसेवाश्री मानपदवी १३५ र जनसेवाश्री मानपदवी ५१ जनालाई प्रदान गर्ने घोषणा गरिएको छ ।

प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिको उद्धार एवम् प्रकोपको जोखिम न्यूनीकरण गर्ने कार्यमा प्रशंसनीय रुपमा योगदान गर्ने वा सहयोग गर्ने ५६ हजार दुई सय ७९ जनालाई विभूषण ऐन,२०६४ को दफा ५ अनुरुप ‘प्राकृतिक प्रकोप पीडितोद्धार पदक’, १८ औँ सार्क शिखर सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान दिने २५ हजार एक सय २२ जनालाई प्रशंसास्वरुप कदरपत्र प्रदान गर्ने र विमान चालक क्याप्टेन दिनेश न्यौपाने र सहचालक सन्तोष रानालाई मरणोपरान्त ‘वीरता पदक’ प्रदान गर्ने निर्णय गरिएको छ ।

‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभूषित हुनेमा श्रीकान्त पौडेल, शङ्कर थापा, वीरेन्द्रबाबु श्रेष्ठ, प्रकाश ओझा, गणेशप्रसाद अधिकारी, भेषराज अधिकारी, कृष्णहरि पुस्कर, रामकृष्ण सुवेदी, विजयनारायण मानन्धर, रवि शाह, अच्युत विष्ट, नवराज सिलवाल, सर्वेन्द्र खनाल र स्वामी अरुण आनन्द छन् ।

सो पदकबाट विभूषित हुनेमा मुटुरोग विशेष डा अरुण सायमी, वरिष्ठ चिकित्सक डा अशोक बाँस्कोटा र शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा दिव्यासिंह शाह छन् । समाजसेवी आनी छोइङ डोल्मा र भैरव रिसालले पनि यो पदक पाएका छन् । पत्रकार कृष्ण सेन इच्छुकले (मरणोपरान्त) सो पदक पाएका छन् । चन्द्रप्रसाद बलदेव, आङ्छिरिङ शेर्पा, उद्योगपति पशुपति मुरारका तथा डा राजेशकाजी श्रेष्ठले पनि सो पदक पाएका हुन् ।

‘प्रबल जनसेवाश्री’ पदक पाउनेमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणा, प्रहरी उपरीक्षक किरण वज्राचार्य, सशस्त्र प्रहरी नायब उपरीक्षक अजयकुमार छत्कुली छन् ।

त्यस्तै यो पदक पाउने पत्रकारमा डा महेन्द्र विष्ट, नारायण शर्मा र नरेन्द्रजङ्ग पिटर हुनुहुन्छ । यो पदक पाउने कलाकारमा रेखा थापा, सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाराम दाहाल र विल्सनविक्रम राई छन् । साहित्यकार घनश्याम ढकाल९मरणोपरान्त०, समाजसेवी गोपालनाथ योगी, सामाजिक कार्यकर्ता गणेशमान सैँजु तथा साहित्यकार तीर्थ श्रेष्ठले पनि सो पदक पाएका छन् । त्यस्तै नवयुग श्रेष्ठ, नीता घर्ती मगर, मीरा राई, सुस्मिता मास्के, आशाकुमारी सिंह, शैली बस्नेत र चुनु श्रेष्ठले पनि सो पदक पाएका छन् ।

‘जनसेवाश्री’ पाउनेमा पर्वतारोही सञ्जय पण्डित, पौडी खेलाडी गौरिका सिंह, पत्रकार पन्नालाल गुप्ता, मोहन मानन्धर, दीपेन्द्र वान्तवा, गौतम श्रेष्ठ र टीकाराम राई छन् ।

‘नेपालप्रताप भूषण’ पाउनेमा वरिष्ठ प्रहरी अधिकृत प्रवीण पोखरेल हुनुहुन्छ । यस्तै ‘वीरता’ पदक मरणोपरान्त लक्ष्मण न्यौपानेलाई दिइएको छ । मरणोपरान्त यो पदक पाउने अन्य विदेशी नागरिकमा क्रिस नोरगेन, डस्टिन लुकाजिजियरज, वार्ड जोन्सन, एरिक सिमान, सारा मडिना, ज्याकोब हब तथा सिन बार्टोन छन् ।

क–कसले पाए, सुचि  पढ्रनुहाेस्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy