Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

पहिलो पटक ‘मेडिक मोबाइल’मार्फत गर्भवती सेवा

बागलुङबजार, महिलालाई गुणस्तरीय सेवा दिन पहिलो पटक यहाँ ‘मेडिक मोबाइल’मार्फत सेवा दिन थालिएको छ । सरकारले मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर कम र गुणस्तरीय सेवा दिने उद्देश्यका साथ नेपालमा नै नमुनाका रुपमा स्वास्थ्य सेवा सुरु गरेको हो । ‘मेडिक मोबाइल’ लागू गरिएपछि गर्भवती भएदेखि सुत्केरी नहुने समयसम्म स्वास्थ्यसम्बन्धी अवस्था र स्वास्थ्य समस्याको समाधान गर्न स्वास्थ्य स्वयम्सेविकाले मोबाइलमार्फत जानकारी दिनेछन् । सबै क्षेत्रका गर्भवतीको स्वास्थ्य प्रभावकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा रहेका स्वास्थ्य स्वयम्सेविलाई तालिम दिने भएको छ । नेपालमै पहिलो पटक बागलुङ जिल्लामा गर्भवतीको सम्पूर्ण जानकारी ‘मेडिक मोबाइल’ मा राखेर स्वास्थ्य परीक्षण गर्ने गरी सो सेवा लागू गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा जिडी ठाकुरले बताए । उनका अनुसार ग्रामीण क्षेत्रमा महिलाको स्वास्थ्य सेवालाई प्रेरणा दिन, स्वास्थ्य स्वयम्सेविकामार्फत गर्भवती महिलालाई विभिन्न स्वास्थ्य समस्यालाई समाधान गर्न र उपचार गराउन यसले प्रभावकारी भूमिका खेल्ने छ । मातृ मृत्युदर कम गर्नका लागि ग्रामीण क्षेत्रमा रहेका गर्भवतीको सुरक्षित स्वास्थ्य जाँच गरी सुरक्षित सुत्केरी गराउन जिल्लाका ५८ गाविस र एक नगरपालिका सो सेवा लागू गरिएको छ । जिल्लाका चार गाविस हटिया, पैयुँपाटा, बाटाकाचौर र बुर्तिबाङमा लागू गरिएपछि यसलाई जिल्लाभर सुरु गरिएको छ । मन्त्रालयका सहसचिव ठाकुरले जिल्ला स्वास्थ्यकर्मीका जिल्ला अध्यक्ष पुष्पा श्रेष्ठलाई मेडिक मोबाइल हस्तान्तरण गरेर सेवा शुभारम्भ गरेकी हुन् । महिला स्वास्थ्यकर्मीलाई दिइएको मोबाइलमा ग्रामीण क्षेत्रमा गर्भवती भएकाहरुको सुरुदेखिको विवरण राखेर स्वास्थ्य संस्थामा पठाई त्यसकै आधारमा उसको गर्भ परीक्षण गर्दै जाने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठले बताए । गाविस र विभिन्न क्षेत्रका सुत्केरी हुनेको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई विभिन्न समयमा स्वयम्सेविकाले एसएमएसमार्फत जानकारी दिने उनको भनाई छ । बागलुङ जिल्लाबाट ‘पाइलट प्रोजेक्ट’को रुपमा सुरु गरिएको कार्यक्रम प्रभावकारी र लोकप्रिय भएमा आगामी दिनमा देशका सबै जिल्लामा लागू गर्ने गरी तयारी गरिने मन्त्रालयका सहसचिव डा ठाकुरले बताए । जिल्लामा एक वर्षको अवधिमा सात हजार २०० सुत्केरी हुने गरेको तथ्याङ्क छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: