हिमाली भेगमा शेर्पा, तामाङ पहाडि भेगमा हायु, किरात, मगर, गुरुङ, सुनुवार, र नेवार, तराई भेगमा दनुवार, धिमाल, गनगाई, मेचे, धिवर, थारुहरु सबै मूलवासी हुन् भनेका छन्मुलबासी आदिबासी होइन र आदिबासी मुलबासी होइन, यदि कसैले हो भन्छ भने त्यो उसको ब्यक्तिगत कुरा मान्न सकिन्छ, अन्यथा हामीले बिश्व मान्यतामा जादा ‘इन्डिजेनियस’ भन्ने बित्तिकै Those who were originally in this country from the genesis भनेर बुझ्नु आवश्यक मात्र नभई यसको बृहद अर्थलाई जान्न जरुरी छ । सयुक्त राष्ट्रसंघको मान्यता अनुसार –इन्डिजेनियस भनेको त्यहाँको मुलबासीहरु हुन् जो बाहिरबाट त्यहाँ पुगेका शासकहरु पुग्न अघि देखिकै त्यस भुमिमा भएकोलाई भनिन्छ । मुलबासी अबधारणाबारे युएनओ को सि.एफ.एच.आर ले मुलबासी समुदायलाई यसरी परिभाषा गरेको छ – -Indigenous or aboriginal peoples are so called because they were living on their lands before settlers came from elsewhere, they are the descendants according to one definition of those who inhabited a country or a geographic region at the time when peoples of different cultures or bearing dominate through conquest, occupation settlement or other means= -act sheet-9.1 बिश्व भरी फैलिएका करोडौं मुलबासी समुदायको अस्तित्व र पहिचानको सन्दर्भमा यसै पुस्तिकाले यसरी स्पष्ट पारेको छ– यसै माथिको परिभाषामा उल्लेखित Indigenous शब्दलाई Oxford Advanced learner Dictionary मा यसरी परिभाषित गरेको छ – Native belonging to a particular place rather than coming to it from somewhere. उदाहरणको लागि कंगारु अस्ट्रेलियाको इन्डिजेनियस जनावर हो । (Kangaroo is indigenous to Australia.) यसको तात्पर्य मुलबासी भनेको त्यहि भूमिमा उत्पति भएको कतैबाटै आएको होइन भन्ने हो । मुलबासीहरुको पहिचान तथा परिभाषाको अतिरिक्त संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय श्रमसंगठनले अध्ययन, अनुसन्धान गर्दै तिनको अवस्थालाई नियाल्दा जातिय बिभेद, लिंगिय बिभेद र एकले अर्कालाई थिचो मिचो, अन्याय र अत्याचार गरेको निष्कर्ष निकाल्दै मानब अधिकार तथा अन्तराष्ट्रिय संगठनहरुले चासोको बिषय ठहर गर्दै ठोस कदमसमेत चालिसकेको अवस्था हो । [caption id=\"attachment_76563\" align=\"aligncenter\" width=\"750\"] थारू महिलाहरू[/caption] नेपालका बाहुन, क्षेत्री शाषकहरुले चुसेर फालेको हड्डी टिप्न झम्टिने जमातहरु मालिक रिझाएर मोटाउने काम गरिरहेका छन् । नेपालमा आफूहरुलाई कथित जनजाती नेता भनेर अदृश्य रुपमा बसेर तिनीहरुलाई संचालन गर्ने जमातहरुले १९९३ जुन १४–२५, मा संयुक्त राष्ट्रसंघको आयोजनामा अस्ट्रियाको भियनामा भएको अधिवेशनमा मानव अधिकार माथिको प्रतिवेदन पत्रमा Country Paper on Gypsies Peoples of Nepal. नेपालका जनजाती फिरंङ्गीहरु माथि लेखिएको मुलुकी पत्र नलेखेर Country Paper on Indigenous Peoples of Nepal. नेपालका मुलबासीहरु माथिको मुलुकी पत्र भनेर किन बुझाए ? यसरी बिद्वानहरुद्वारा यी माथिको अन्तराष्ट्रिय तथ्यलाई सधैं लोप्पा ख्वाउने जुन खालको धुत्याई काम गरिरहेका छन्, यसले ठूलो खाडल तयार पारिरहेको छ । अन्ततः यही खाडलमा जाकिनु पर्दाको पिडा तब बोद्य हुनेछ । मंगोल र मूलवासीहरुः मंगोलोइड भनेको दक्षिण एसियामा उत्पति भएको बंशजलाई भनिन्छ । आधार शब्द ‘मंगोल’ र ‘अइड’ प्रत्येय लागेपछि यसको अर्थ उस्तै–उस्तै भन्ने लाग्छ अर्थात सेमसेम देखिने एसियन भनिन्छ । मंगोलहरुको उत्पत्ति शिवलिंग पर्बतमाला बर्तमान भारत, नेपाल र चीनमा पर्दछ भनेर बैज्ञानिक पुष्टि भइसकेको छ । नेपालमा जम्मा दूई बर्णका मंगोल र आर्यन अर्थात ककसियन रहेका छन् । नेपालका भुमिहार, राजपुत र लगालि–कायस्तथ (कुमाई, बाहुन क्षेत्री) आदि बाहेक सबै नेपालका मंगोल मूलवासी हुन् । भाषा पनि दुइवटा टिवेटो बर्मिज र इन्डो आर्यन मात्र रहेका छन् । नेपालका मूलवासीले प्रयोग गर्ने भाषा भनेको टिबेटो बर्मिज हो भने बाहुन क्षेत्रीहरुले प्रयोग गर्ने खस भाषा युरोपेलीको भाषा अन्तर्गतको शाखा भारोपेली (भारतमा भारोपेली भनिन्छ) को उपशाखा खस भाषा हो । नेपालको कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या मंगोल मुलबासीहरुको भएको डा. गोपाल गुरुङको दावीलाई डा. सुजन हङगेनले समेत पुष्टि गरेका छन् ।
दलित बनाईएकाहरू सबै मंगोल बंशज हुन् । शाषकहरु आफूलाई बहुसंख्यक देखाउन दलितहरु पनि सबै हाम्रै बंशज हुन् भनिरहेका छन् ।नेपालका मुलबासी मंगोलहरुलाई अल्पसंख्यामा बनाउन शाषकहरुले भाई–भाइलाई फुटाएर गुट उपगुट बनाईदिएको छ । एकजुट हुन दिएको छैन । बाल चन्द्र शर्माका अनुसार हिमाली भेगमा शेर्पा, तामाङ पहाडि भेगमा हायु, किरात, मगर, गुरुङ, सुनुवार, र नेवार, तराई भेगमा दनुवार, धिमाल, गनगाई, मेचे, धिवर, थारुहरु सबै मूलवासी हुन् भनेका छन् त्यहाँ आदीवासी भनिएको छैन । त्यस बाहेक तराई बसोबास गर्ने मुलबासीहरुलाई मधेशी भनेर भन्ने गरिएको छ । मधेशीहरु सबै मुलबासी हुन् । मूलवासी भनेको भगौडा, घुमन्तु नभई आफ्नो उत्पत्ति, माटो र संस्कृतिमा रमाउनेलाई भनिन्छ । आर्यहरु बर्तमान रुसको बोल्गा नदी पारी ककसियस भन्ने ठाउँबाट रुस, इरान र अफ्गानिस्तान हँुदै भारत बर्ष प्रबेश गर्दा सिन्धुघाटीमा आर्य र अनार्य बिच भएको संघर्षमा आर्यहरु आफूलाई देवता र त्यहाँका मूलवासीहरुलाई असुर अनार्य भनिएको हो । बोल्गा नदी एसिया युरोपको मध्य भागमा पर्छ । त्यसैले भारतीय भाषामा त्यहाँबाट आउने मानिसलाई मधेसिया भनियो । आर्यहरु कालान्तरमा तिनै मूलवासीहरुको आक्रमणबाट पिडित भएकाले शरणार्थीको रुपमा नेपाल आएपछि आर्यन बाहुनहरुलाई मधेसिया भनेर संबोधन गरे । प. जवाहरलाल नेहरु, राहुल साङ्कृत्यान (केदारनाथ पाण्डे), चन्देश्वर मौर्यका अनुसार त्यसपछि ‘आर्यहरु आफूलाई विदेशीको छाप लाग्छ भन्ने डरले तत्कालिन दक्षिणी भागमा बस्ने मानिसहरुलाई मधेशी नामाकरण गरे । तिनैलाई मधेशी भनि हेला गर्न थालियो वास्तवमा आर्य ब्रह्माण र क्षेत्रीहरु नै वास्तविक मधेसी हुन् ।’ तराईमा बनाईएका दलित र पहाडमा बनाइएका दलित सबै मुलबासी हुन्, मंगोल बंशज हुन् । मूलवासी मंगोलहरु नेपालमै उत्पत्ति भएका हुन् भन्ने तथ्य बुढानिलकण्ठको धोबिखोला, ताप्लेजुङ्को हाङ्देवामा पाइएको पुर्खाले चलाएको हतियार ३५ देखि ४० हजार बर्ष पुरानो भएको त्यस्तै टाडी, बर्दियामा ०३४ सालमा पाइएको ढुङ्गे युगका हतियार दुईलाख बर्ष पुरानो भएको रसियन पुरातत्व विद सेतेन्को यकोब्लेभले बताएका थिए । दक्षिण एसिया पाईएको अहिलेसम्मकै पुरानो रामापिथेकस नेपालको पाल्पाको त्रिवेणीमा फेलापरेको थियो । अमेरिकी पुरातत्वबिद जेम्स मुन्थेले यो १ करोड १० लाख बर्ष पुरानो भएको बताएका थिए । जबकी शिवलिक पर्बतमालाको उत्पति १ करोड ३५ लाख बर्ष भएको बैज्ञानिक निष्कर्ष छ । यसर्थ मंगोलहरुको उत्पति नेपालमै भएको भन्न सकिन्छ । यो जिवाश्महरु इथोपियामा पाइएको जस्तै हो । यसकारण नेपालका मंगोलहरुलाई मुलवासी हुन् भन्ने तथ्य पुष्टि हुन्छ । अहिले दलितहरुलाई बाहुन क्षेत्री दाजुभाईहरुले हाम्रो बंशज दावी गरिरहेको देख्दा कता–कता हाँसो लाग्छ यो मनमा । दलित बनाईएकाहरू सबै मंगोल बंशज हुन् । शाषकहरु आफूलाई बहुसंख्यक देखाउन दलितहरु पनि सबै हाम्रै बंशज हुन् भनिरहेका छन् । दलित छुत–अछुत जन्मिदै हँुदैन यो त पृथ्वी नारायण शाहले आफ्नो स्वार्थका लागि बनाएको हो, दलित बनाइएकाहरु सबै मुलबासी हुन् । अन्त्यमा, बिभिन्न खोज, अनुसन्धान, पुरातत्व अध्ययन , मानवशास्त्री र समाजशास्त्रीहरुको निष्कर्ष अनुरुप नेपालका मंगोलहरु मूलवासी हुन् । यहाँ नेपालका मूलवासीहरुलाई आदीवासी अनि शरणार्थीहरु मूलवासी बन्ने नीति निर्माण गरेर दरवार समर्थित हनुमान मंगोलहरु र दरवारीया शाषकहरुले मूलवासी मंगोलहरुको अस्तित्व माथि ठूलो खेलबाड गरेका छन् । यसको परिणाम स्वरुप कांग्रेसको चुनावी घोषणा पत्रमा बाहुन क्षेत्री पनि मूलवासी हुन् भनेर लेखेको छ भने बाहुन क्षेत्री समुदायहरुले आफूलाई मुलवासी दावी गर्नु तर वास्तबिक मुलबासीहरुले आफूलाई जनजाति आदीवासी दावी गर्नु कति हाँस्यस्पद छ । नयाँ संबिधानमा झन् आर्यलाई संबैधानिक मान्यता दिनुको साथै स्पष्टीकारण समेत दिनुले गम्भीर प्रतिक्रान्ति निम्तिएको छ । त्यसको परिणाम कस्तो हुन्छ । समय छँदै बुझ्न जरुरी छ । अन्तर्राष्ट्रिय मापदण्डसमेत मिच्दै मुलवासीलाई आदीवासी जनजाति बनाउने कुचेष्टा नगर्नु नै बुद्धिमानी ठहर्ने छ । मूलवासीहरुलाई कहिले मतवाली भनेर मानसिक रुपमै जड्हा बनाईदिने त कहिले देशै नहुने आदीवासी जनजाति बनाउने बाहुन क्षेत्रीहरुको दुष्टकारी षड्यन्त्रबाट सावधानी हुनुपर्छ । एउटा भनाई छ ‘आफ्नो संस्कृति, इतिहास र उत्पतिको जानकारी नहुने व्यक्ति, जरा बिनाको रुख जस्तै हो ।’ यस्तै हामी जरा बिनाको रुख जस्तै भएर ढल्ने खतरा देखिँदैछ । यसर्थ हामीले आफ्नो अस्तित्व र इतिहासलाई खोज्नु जरुरी छ ।
प्रतिकृया लेख्नुहोस्: