Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

लिबियाली सामुद्रिक तटमा एक सय चार आप्रवासी मृत भेटिए

\"refugee\"त्रिपोली । लिबियाली सामुद्रिक तटीय इलाकामा अवस्थित ज्वारा सहर नजिकैबाट १०४ जना आप्रवासी शरणार्थीको मृत शरीर भेटिएको लिबियाली नौसेनाले शुक्रबार जनाएको छ । सामुद्रिक तटमा मृत शरीर यत्रतत्र छरिएर आएपछि तिनीहरुलाई सङ्कलन गरी व्यवस्थापन गरिएको लिबियाली नौसेनाका प्रवक्ता कोलोनेल अयोब आओसेमले बताए । सामुद्रिक तटमा बिहीबार बेलुकीदेखि मृत शरीर देखिन थालेका र बिहानसम्म त्यस्ता शवको सङ्ख्या १०४ पुगेको उनले बताए । उनले थपे, सामान्यत एउटा डुङ्गाले ११५¬–१२५ मानिस बोक्ने हुँदा मृत शरीरहरु एक डुङ्गा दुर्घटनापछि त्यहाँ आइपुगेको हुनसक्छन् । यसबाट मृतकको सङ्ख्या यो भन्दा बढी पुग्नसक्ने देखिन्छ, प्रवक्ता आओसेमले बताए । आओसेमका अनुसार पश्चिमी लिबियाबाट छुटेका आप्रवासी चढेका डुङ्गाहरु साबराथा र ज्वारा हुँदै इटालीका लागि जाने गर्छन् । मृत शरीरबाट प्राप्त सङ्केतबाट मृतकहरु प्राय अफ्रिकी वा मोरक्कोबाट आएका अरबी नागरिक हुनसक्ने बताइएको छ । लिबियाबाट इटालीका लागि करिब ३०० किलोमिटरको दूरीमा आप्रवासीका रुपमा युरोप तथा अमेरिकी मुलुक हिँडेका मानिस समुद्रियात्राका लागि असुरक्षित मानिने साना डुङ्गाको सहारामा पुग्ने गरेका अध्ययनहरुले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने संस्थाले गएको मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१६ को जनवरी यता दुई लाख चार हजार आप्रवासी भूमध्यसागरिय क्षेत्र हुँदै युरोप छिरेका छन् । उक्त खतरानाक यात्राका क्रममा करिब दुई हजार पाँच सय आप्रवासी शरणार्थीले यस वर्षमात्रै ज्यान गुमाएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । सिरिया, अफगानिस्तान, कतिपय खाडी मुलुक र केही अफ्रिकी देशबाट मानिस द्वन्द्व र गरिबीबाट बच्न लिबिया र इटालीको बीचमा पर्ने सामुद्रिक इलाकामा डुङ्गाको यात्रा गर्दै युरोप छिर्ने क्रममा ज्यान गुमाउने गरेको राष्ट्रसङ्घले बताएको छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending