Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

ल्यारक्याललाई सभासद् बनाएकोमा एमाओवादीमा असन्तुष्टी

काठमाडौं, एमाओवादी केन्द्रीय समिति बैठकमा ल्यारक्याल लामालाई समानुपातिकतर्फ सभासद् बनाएकोमा केन्द्रीय सदस्यले विरोध जनाएका छन । राजधानी दैनिकमा खबर छ–लामाको सभासद् प्रकरणलाई केन्द्रीय समिति बैठकको एजेण्डा बनाई छलफल गराउन केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले माग गरेका हुन् । ‘महासचिवज्यू, बैठकमा मेरो एउटा महत्वपूर्ण एजेण्डा छ’ बैठकको एजेण्डा प्रस्तुत गर्नुअघि नै केन्द्रीय सदस्य पराजुलीले लामालाई सभासद् बनाएको विषय छलफलको एजेण्डा बनाउन माग गर्दै महासचिव कृष्णबहादुर महराको ध्यानाकर्षण गराएका थिए । ‘लामालाई पार्टीका तर्फबाट सिफारिस र मनोनयन गर्ने विषय पार्टी पुनर्गठनको मूल्य र मान्यता विपरीत छ, स्वयं नेताले सर्वहारा वर्गसँगको सम्बन्ध टुटेको र धनाढ्य वर्गप्रति हिमचिम रहेका कारण पार्टी बिग्रिएको भनेर गरेको आत्मालोचना विपरीत छ र केन्द्रीय समिति बैठक चल्दाचल्दै बैठकलाई छलेर जाने काम भएको छ’ पराजुलीले भने, ‘उत्पीडितको कोटामा आफ्नो वर्गलाई छाडेर नवधनाढ्यर्ला च्याप्प समातेर सभासद् बनाउने काम भयो, यो गलत छ, नेताहरुले आत्मालोचना गर्दै निर्णय सच्चाउनुपर्छ र उनलाई फिर्ता बोलाउने निर्णय गर्नुपर्छ ।’ पराजुलीको सो मागपछि अध्यक्ष प्रचण्डले यस विषयलाई आगमी बैठकको एजेण्डा बनाउने आश्वासन दिएका थिए । बैठकमा कतिपय नेताले ५ माघमा संविधानसभा भवनमा भएको तोडफोडको विषयमा पनि पार्टीको ध्यानाकर्षण गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: