Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

यी दुई नायिका जसले उछिन्दैछिन् नायकहरुलाई

\"deepika-priyanka-750\" काठमाडौं । समान काम अनि समान पारिश्रमिकको बहस यतिबेला हलिउडदेखि बलिउडसम्म चलेको छ । एउटै फिल्ममा काम गरे तापनि नायकको दाँजोमा नायिकाले न्यून पारिश्रमिक पाउने गरेको तीतो यथार्थलाई पछिल्लो समयका नायिकाहरूले विरोध गर्न थालेका छन् । कान्तिपुर दैनिकमा खबर छ – यही मेसोमा बलिउडका केही नायिकाहरू पनि नायकहरूको तुलनामा पारिश्रमिक पाउन थालेका छन् । तर त्यो कुनै समानताका लागि नभई स्टार भ्यालुकै बलबुतामा बढी पारिश्रमिक पाउनेमा दीपिका पादुकोण र प्रियंका चोपडा अगाडि देखिएका छन् । अमेरिका पुगेर टीभी सिरियल ‘क्वान्टिको’ की लिडिङ क्यारेक्टरमा एफबीआई एजेन्टको भूमिका निर्वाह गरेपछि प्रियंका सबैतिर वाहवाही भइन् । लगत्तै उनलाई रकसँग खेल्ने गरी हलिउड फिल्मको अफर पनि आउन थाल्यो । ‘वेबाच’ मा खेल्ने भएपछि त प्रियंकाको चकाचक झनै बढ्यो । केही साताअघि मात्रै उनी स्वदेश आउँदा छोटो अवधिमा धेरै विज्ञापन खेलेर मोटो रकम उठाइन् । २४ विज्ञापनका लागि ४० दिन छुट्याएर भारत आएकी उनले उक्त अवधिमा एक सय करोड भारु कमाएको तथ्यांक निकालिएको थियो । हिसाब गर्दा त्यसबेला नायिकाले दैनिक साढे दुई करोड भारु कमाएकी रहिछन् । स्वदेशमै ‘पीकू’, ‘वाजिराव मस्तानी’ र ‘तमाशा’ लगालग हिट भएपछि यसकी नायिका दीपिका पादुकोणको पनि भाग्य बदलियो । उनी सोझै हलिउड छिरिन् र भिन डिजेलसँग ‘एक्सएक्सएक्सः द जेन्डर केज’ मा खेल्न पाइन् । दीपिका पनि के कम ? उनले पनि स्वदेशी विज्ञापनमा खेल्नेदेखि लाइभ पर्फम गर्दा लिने रेटमा काफी वृद्धि गराइन् । हालै उनले तीन दिन सुटिङ गर्न लागिएको एक विज्ञापनका लागि आठ करोड भारु चार्ज गरेकी छन् । अन्तिम सम्झौता हुन बाँकी रहे पनि दीपिकाको उक्त डिमान्डलाई यतिबेला अर्थपूर्ण रूपमा हेरिएको छ । प्रियंकाले एक दिनको सरदर साढे दुई करोड भारु लिने गरी रेट बढाएका बेला दीपिकाको भने प्रतिदिन दुई करोड ६७ लाख भारु हुन आउँछ । जुन पारिश्रमिक बलिउड नायकहरू शाहरूख खान, सलमान खान, आमिर खान, रणवीर कपुरको बराबरी हो । नेपालरभारतजस्ता पितृसत्तात्मक समाजका लागि नायक बराबरी पारिश्रमिक लिने हैसियत बनाउनु चानचुने पक्कै हैन । यसअघि दीपिकाले दैनिक डेढ करोड भारु पारिश्रमिक लिने गर्थिन् । जब कि हालै ४५ दिनको सुटिङ सेडयुअलका लागि अक्षय कुमारले फिल्म ‘जोली एलएलबी २’ का लागि ४५ करोड भारु नै पारिश्रमिक पाएका थिए । बढी पारिश्रमिक चार्ज गर्ने नायिकामा कट्रिना कैफ पनि माथि छिन् । जबकी उनी हलिउडमा समेत पुगिसकेकी छैनन् र फिल्मले पनि उल्लेख्य सफलता पाइरहेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: