Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

शान्तिवार्तासँगै भिडन्त पनि जारी

याङ्गोन, म्यानमारमा सरकार र विद्रोहीबीच जारी रहेको शान्ति वार्ताकै क्रममा एक विद्रोही समूहले सरकारी सेनामाथि जाइलाग्दा बुधबार बिहानैदेखि भिडन्त भएको समाचार छ ।

म्यानमारको कोक्याङ् क्षेत्रमा सो विद्रोह भएको समाचारमा जनाइएको छ । जारी रहेको सो वार्ताकै सहभागी एक समूह र सरकारी सैनिकबीच भिडन्त भएको बताइएको छ ।

म्यानमारको लौकाई क्षेत्रनजिकै रहेको सो विद्रोहमा परी तीनजना सैनिक मारिएका छन् । प्राप्त समाचारमा ती सैनिकमाथि विद्रोहीले आक्रमण गरेको जनाइएको छ ।

कोक्याङ् नामको एक जातीय समूहले युद्धविरामको अन्त्यगर्दै सो आक्रमण गरेको बताइएको छ । म्यानमारको उत्तरी क्षेत्रमा सो समूहको प्रभाव रहेको छ ।

उता विद्रोहीहरुले भने सरकारले वार्ता सुरु गरेको समयमा सरकारी सेनाले उक्त क्षेत्रलाई आफ्नो नियन्त्र णमा लिने प्रयास गरेको थियो । उक्त क्षेत्रमा केही हप्तामात्र अघि पनि म्यानमार सैनिकले हवाई आक्रमण गरी त्यहाँबाट विद्रोहीलाई हटाएको थियो ।

विद्रोही हटेपछि सो क्षेत्रमा म्यानमारको सरकारी सेनाले नै नियन्त्रण कायम गरिरहेको छ । लौकाइमा रहेको एक पहाड रणनैतिक हिसाबले पनि महत्वपूर्ण रहेको छ ।

एक अर्कामाथि आक्रमणका लागि सजिलो ठानिएको सो पहाडलाई आफ्नो पक्षमा लिने रणनीतिस्वरुप नै सो क्षेत्रमा बारम्बार भिडन्त हुने गरेको बताइएको छ ।

म्यानमारमा मङ्गलबार यहाँको सरकार र जातीय विद्रोहीबीच शान्तिवार्ता सुरु भएको हो । वार्ता जारी रहेको सरकारी वार्ता टोलीले जानकारी दिएको छ । म्यानमार सरकारले यहाँका विभिन्न जातीय समूहसँग विगतदेखि नै वार्ताको प्रस्ताव गरेकोले मङ्गलबार उक्त वार्ता सुुरु भएको बताइएको छ ।

म्यानमारको शान्ति केन्द्र (पिस सेन्टर) ले सो शान्ति वार्ताको व्यवस्थापन गरिरहको छ । यस वार्ताको समन्वय सो केन्द्रले गरिरहेको र वार्तामा

म्यानमारमा सशस्त्र विद्रोह गरिरहेका समूहहरु सहभागि भएका पनि बताइएको छ ।

सरकारसँग वार्ताका लागि कम्तीमा पनि १६ वटा फरक–फरक विद्रोही समूहका प्रतिनिधि बसेका छन् । ती समूहका तर्फबाट निर्माण भएको राष्ट्रव्यापी युद्धविराम समन्वय टिमको तर्फबाट सामूहिक रुपमा सो वार्ता सुरु भएको हो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy