Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

एक हजारको केन्द्रीय समिति दुई सयमा झार्ने माओवादी केन्द्रको तयारी

\"Maoकाठमाडौं । एकताबाट बनेको महाधिवेशन आयोजक समितिमा व्यापक सांगठनिक असन्तुलन आएको भन्दै तल्ला तहका नेता कार्यकर्तामा असन्तुष्टी र निराशा आएपछि माओवादी केन्द्रका उच्च नेताहरु कमिटि घटाउने र सन्तुलन मिलाउने मनस्थितिमा पुगेका छन् । एमाओवादी लगायत १० साना ठुला माओवादी समुहहरुको एकतापश्चात बनेको माओवादी केन्द्रको आयोजक समिति नै १०९९ को थियो । एकता गरेर आएका अन्य समुहका मानिसहरु तल्ला तहबाट एकैचोटी आयोजक समितिमा परेका र एमाओवादीमा रहेका नेताकार्यकर्ताहरु हिजो सँगै काम गर्दा निकै सिनिएर भएरपनि आयोजक समितिमा नपरेपछि सामाजिक संञ्जालहरुमा चर्को असन्तुष्टी व्यक्त भएको थियो । माओवादी केन्द्रमा मुल पार्टी एकता बाहेक अन्य भातृभगिनि संगठनहरुमा एकता आजसम्म पनि हुन सकेको छैन भने एकताका कारण पछिल्लोपटक निकै गतिमा रहेर काम गरिरहेका वाइसीयल, विद्यार्थी, मजदुर लगायतका संगठनात्मक कामहरु सिथिल हुन थालेका छन् । माओवादी केन्द्रले तोकेको ७ वटै प्रदेशको प्रशिक्षण तथा एकता भेलाहरु १ नं को बाहेक अरुको सम्पन्न भएपनि तल जिल्ला तहहरुमा एकता हुन सकेको छैन भने कामकारवाहीहरु पूर्ण रुपमा ठप्प छन् । जिल्लाका संगठनहरु संगठनात्मक असन्तुलनका कारण काम गर्न सक्ने अवस्थामा नरहेको पूर्व एमाओवादीका जिल्ला अध्यक्षहरु बताउँछन् । प्रदेशका भेलाहरु तथा प्रशिक्षणमा एकसाथ पुगेका माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्र्रेष्ठ, राम बहादुर थापा बादल लगायतको मुल नेतृत्व कमिटि नघटाए पार्टी नबने निष्कर्षमा पुगेको केन्द्रका एक नेताले बताए । एकताबाट जनता, समर्थक तथा शहिद तथा बेपत्ता परिवार र एकताप्रक्रियाबाट आएका समुहहरुमा राम्रो सन्देश गएको भएपनि सबैभन्दा ठुलो नेताकार्यकर्ताको संख्या रहेका पूर्व एमाओवादीमा नकारात्मक सन्देश प्रवाह भएकोले सांगठनिक अप्ठ्यारोमा माओवादी केन्द्र फसेको हो । एकताबाट आएका अन्य समुहहरुका नेताकार्यकर्ता केन्द्रीय आयोजक समितिमा मात्रै रहेको र तल्ला कमिटिहरुमा बाँकी नै नरहेको समेत कतिपय जिल्लाको अवस्था छ । स्रोत भन्छ–प्रचण्ड र नारयणकाजी तत्कालै आयोजक समितिलाई परिषदमा बदलेर सानो आयोजक समिति बनाउने मनस्थितिमा छन् भने बादल १,२ महिना यहि आयोजक समितिलाई निरन्तरता दिनपर्ने मनस्थितिमा छन् । अहिले भइरहेको २४२ जनाको पोलिटव्यूरोलाई आयोजक समिति बनाएर अन्यलाई परिषद सदस्य बनाउने विकल्पको बारेमा समेत नेताहरुबिच छलफल भईरहेको छ । ‘जम्बो आयोजक समिति घटाउँ’ भनेर अभियान चलाईरहेका माओवादी केन्द्रका केही युवाहरुले प्चण्ड, नारायणकाजी र बादललाई भेटेर समेत ध्यानाकर्षण गराएका थिए । विद्याथी अध्यक्ष रमेश मल्ल, अन्तराष्ट्रिय विभागका युवराज चौंलागाइ, सिन्धुलीका नेता राजन दाहाल, वाइसीयलका उपाध्यक्षहरु शिखर कडेरिया, युवराज दुलाल, महासचिव दीपशिखा, पूर्वका नेताहरु सचिन, गणेश उप्रेति, वाइसिएलका केन्द्रीय सचिवहरु नरेन्द्र पाण्डे जेम्स, निर्मल जिसी लगायतका झण्डै ३ दर्जन नेताहरुले लिखित रुपमा समेत नेतृत्वलाई सुझाएका छन् । युवाहरुसँगको भेटमा समेत नेताहरुले कमिटि सानो बनाउनेबारे होमवर्क भईरहेको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending